ढोरपाटनको पर्यावरण जोगाउन सिसा र प्लास्टिक जन्य बस्तुको व्यवस्थापनमा  नगरपालिकाको चासो 


कात्तिक २ गते ढोरपाटन
ढोरपाटन उपत्यकामा मदिराजन्य बस्तुको प्रयोगले सिसा जन्य बस्तु जथाभावी फालिदिएपछि नगरपालिकाले कडाइ गर्दे नियमनमा सक्रियता देखाएको छ ।
पर्यटकीय एवम् धार्मिक स्थल ढोरपाटनमा विभिन्न होटलहरू सञ्चालन हुँदै गर्दा सिसा जन्य बस्तु खुलेयाम फालिएको र त्यहाँ पुग्ने पर्यटकले समेत सिसा र प्लास्टिक जन्य बस्तु खुलेयाम फाले संगै नगरपालिका र वडा नम्बर ९ को कार्यालयले चासो देखाएको हो ।
गत साउन महिनामा सूचना प्रकाशन गर्दे सिसा जन्य बस्तुमा राखिएको मदिरा निशेष गर्न र प्लास्टिक जन्य बस्तुको व्यवस्थापन गर्न आव्हान सँगै सचेत गराएको पालिकाले त्यसलाई स्थानीयबाटै कार्यान्वयन नगरेको भन्दै स्थानीय होटल व्यवसायी संग बिहीबार अन्तरकृया गरेको हो । 

होटलबाट बाहिरी क्षेत्रमा प्लास्टिक र सिसा जन्य बस्तु जथाभावी नफाल्न र सभ्य नागरिकको पहिचान आफबाटै सुरुवात गर्नुपर्ने बताउँदै पालिका र वडाले लिएको अभियानमा सबैले साथ दिएर ढोरपाटनलाई थप पर्यटन प्रर्वद्धनमा अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने वडा नम्बर ९ का अध्यक्ष खिम बहादुर घर्तीले बताउनु भयो ।
अन्र्तक्रृया कार्यक्रममा ढोरपाटन नगरपालिकाको तर्फदेखि वडा अध्यक्ष खिम बहादुर घर्ती, नगरपालिका कर्मचारी, नगर प्रहरीको उपश्थिती रहेको थियो । त्यस्तै स्थानीय होटल व्यवसायी, सिकार आरक्ष संरक्षणार्थ खटिएको आर्मीको टोली , स्थानीय बासिन्दा लगायतको उपश्थितीमा अन्तरकृया गरिएको हो ।
कार्यक्रमबाट आगामी दिनमा ढोरपाटन उपत्यकामा फोहोर व्यवस्थापनमा सबैले हातेमालो गर्ने, आन्तरिक र बाह्रय पर्यटन प्रर्वद्धनमा हातेमालो गर्ने लगायतका विषयमा छलफल भएको हो । सिसाका बोतलमा बिक्री गरिने मदिरा ढोरपाटन उपत्यकामा निशेध गर्न नगरपालिका र वडा कार्यालयले ध्यानाकर्षण गराएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित