चाडपर्व नजिकीय सँगै बुर्तिबाङ बजारमा चहलपहल : विगतको जस्तो छैन कारोबार

 असोज २२ गते

दशैँ तिहार लगायत नेपालीहरूको महान चाड नजिकिय संगै बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारमा यतिबेला चहलपहल बढेको छ । असोज २६ गते परेको वडा दशैँको पावन अवसरमा विभिन्न क्षेत्रबाट आउने ग्राहकले खाध्यान्ह, लत्ता कपडा लगायतका सामाग्री खरिद गर्ने गरेका हुन ।

विगतको तुलनामा व्यापारमा कमी देखिएपनि बजारमा चहल पहल भने राम्रो देखिने गरेको छ । देशका विभिन्न ठाउँबाट घर आउने र विदेशबाट घर आउनेको सँखयामा वृद्धि भएसँगै बुर्तिबाङ बजारमा चहलपहल वृद्धि देखिएको हो । व्यवसायिका अनुसार विगतका वर्षहरू जस्तो कारोबार नभएपनि बजारमा चहलपहल भने देखिने गरेको पाइएको हो ।

जिल्लाको दोश्रो व्यापारिक केन्द्र र दोश्रो ठुलो शहर भएका कारण पनि बागलुङको ढोरपाटन नगरपालिका सहित निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, वडिगाड गाउँपालिका, रुकुम सम्मका नागरिकको चहल पहल हुने गरेको पाइन्छ । उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालका अनुसार पछिल्ला वर्षहरूमा विगतको चाडपर्वमा जस्तो कारोबार कम हुने गरेको बताउनु भयो । आर्थिक मन्दीको प्रभाव अझै छ ।

नागरिक संग पर्याप्त खर्च गर्न सक्ने पैसा कम हुँदा बजारमा कारोबार समेत कम हुने गरेको बताउनु भयो । त्यस्तै बजारकै फेन्सी व्यवसायी सवर अलिका अनुसार विगतको तुलनामा बजारमा पचास प्रतिशत हाराहारीमा व्यापारमा गिरावट आएको बताउनु भयो । व्यापारमा असर पर्नुको कारण युवा जति सबै विदेश पलायन हुनु, तिव्र बसाइँसराई रहेको औँल्याउनु भयो ।

अझ पछिल्लो समय कतिपयले रेडिमेट सामान अनलाइनबाटै मगाउने र गाउँ केन्द्रित सवारीका साधन मार्फत सामान घर घरमै पुग्ने गरेका कराण पनि बजारमा सबै प्रकृतिको व्यापार कम हुँदै गएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित