असोज ३० गते बुर्तिबाङ
बाराही युवा क्लब निसीखोला गाउँपालिका २ खाडुले वडा दशैँको अवसरमा आयोजना गरेको मेलाको बुधबार गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले उद्घाटन गर्नुभएको छ । गत आइतबार देखि सुरु भएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको सांसद कुवँरले बुधबार उद्घाटन गर्नुभएको हो ।
साविक वडा स्तरीय पुरुष भलिवल, भेट्रान्स भलिवल, रस्साकस्सी, छेलो लगायतका प्रतियोगिता भइरहेका छन । उद्घाटन सत्रको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कुवँरले निसीखोला गाउँपालिका कला संस्कृति, खेलकुदमा अब्बल रहेको बताउँदै क्लब, सङ्घसंस्थाले यस्ता प्रतिभा, संस्कृतिको जर्गेना गर्नू दायित्व भएपनि क्लबहरू भलिबल खेलाउने र मेला लगाउने कार्यमा मात्र सीमित हुन नहुनेमा जोड दिनुभयो ।
सांसद कुवँरले बोल्दै खाडु मोटरेवल पुल निर्माणका निम्ती यसबर्ष कार्यक्रम राखेर यसबर्ष सर्वे भएको र माटो परिक्षण सँगै डिपिआर भएसँगै यहाँका नागरिकको हितका निम्ती मोटरेवल पुल बन्ने बताउनु भयो । पालिका कार्यालय देखि काल्नेचौर जोड्ने गरी आकाशे पुल बन्ने बताउँदै चाँडै उक्त पुलको सिल्यान्स गरिने बताउनु भयो । पाखुते निसी जोड्ने वैकल्पिक कृषि सडक अलपत्र परिरहेको बताउँदै उक्त सडक आयोजना सम्पन्न गर्नका निम्ती निरन्तर पहल भइरहेका कारण यसवर्ष एक करोड बजेट विनियोजन भएका कारण चाँडै काम सुरु हुने बताउनु भयो ।
दुर्गम ठाउँको विकासका निम्ती आफ्नो मानसपटलमा विकास र समृद्धिका सपना घुमिरहेको बताउँदै अर्नाकोट, घम्पु, देउराली, खल्बाङ लगायतका नागरिक खानेपानीको चरम समस्यामा रहेको बताउँदै त्यहाँका नागरिकको सहज खानेपानी प्राप्त गर्ने अधिकारका निम्ती आफूले जसरी पनी काम गरेर छोड्ने बताउँदै यहाँका यावत विकास र समृद्धिमा नागरिक संग हातेमालो गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्माले बोल्दै विकास, र समृद्धिमा सबैको साथ आवश्यक रहने बताउँदै स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै स्थानीय सरकारले जनताको नजिक रहेर सेवा प्रवाह गर्दे आइरहेका कारण यहाँका ठुला समस्यामा स्थानीय सरकार संगै तीनवटै तहका सरकार बिच सम्मोन्य आवस्यक रहेको बताउनु भयो ।
क्लब अध्यक्ष टेक बहादुर कार्कीको अध्यक्षता रहेको आयोजीत कार्यक्रममा वडा सदस्य राम बहादुर क्षेत्री, तम बहादुर कुवँर, समाजसेवी भविन्द्र कुवँर लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कलाकारहरु तारा थापा र किरण विसीको सांगितीक प्रस्तुती रहेको थियो ।
क्लब कोषाध्यक्ष सिता कार्की खत्रीको स्वागत पत्रकार छविलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । क्लबले आयोजना गरेको खेलकुदका कार्यक्रम भोली पनि जारी रहने भएका हुन ।