तमानखोला गाउँपालिका द्धारा बजार अनुगमन सुरु

असोज २० गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाले आइतबार देखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । गतवर्ष समेत विभिन्न बजार क्षेत्रको अनुगमन गरेको पालिकाले सबै वडामा पुग्ने गरि अभियानको सुरुवात गरिएको कृषि शाखा प्रमुख सन्देश पराजुलीले बताउनु भयो ।

आइतबार वडा नम्बर १ को बोङ्गादोभान बजार सँगै वडा नम्बर ३ को तमान र वडा नम्बर ५ खुँखानीमा बजार अनुगमन गरिएको जनाइएको हो ।

अनुगमन टोलीले पसलमा राखिएको खाद्य पदार्थ, व्यवसाय दर्ता भए नभएको, नवीकरण भए नभएको विषयमा अनुगमन गर्दे पसलमा राखिएको म्याद गुज्रिएको अखाद्य वस्तु जफत गरिएको हो ।

त्यस्तै हालसम्म पनि व्यवसाय दर्ता नगरेका र नवीकरण नगरेका व्यवसायीलाई चाँडै दर्ता र नवीकरण प्रकृयामा जान सुझाव दिइएको जनाइएको छ ।

अनुगमनका क्रममा दर्ता बमोजिम व्यवसाय भए नभएको र फलफूल तरकारीको गुणस्तर मापन समेत गर्ने गरिएको पराजुलीले बताउनु भयो । आजदेखि सुरु भएको अनुगमन कार्यक्रम सबै वडामा रहेका पसलहरूमा गरिने जनाइएको छ । अभियानमा कृषिबाट सन्देश पराजुली, लिला बुढाथोकी, पशु शाखाबाट याम कुमारी घर्ति, तुलाराम आर्चाय , प्रशासन शाखाबाट सावित्री शर्मा, स्वास्थ्यबाट तिल बहादुर छन्त्याल,इन्द्र कुमारी बुढा, पत्रकार, प्रहरी सहितको टोलीले अनुगमन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित