लायन्स क्लबले दियो वडिगाड का १२२ परिवार बाढि पहिरो प्रभावित लाई राहत ।

 

असोज १९ बुर्तिबाङ 

लायन्स क्लबको आयोजनामा शनिबार बागलुङको बडिगाड गाउँपालिका ९ र १० का बाढी पहिरो प्रभावित १२२ परिवारका निम्ती करिब १२ लाख रुपैयाँ बराबरको खाध्यान्ह र त्रिपाल हस्तान्तरण गरिएको छ ।

 लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ नेपालबाट प्राप्त राहत सामाग्री लायन्स डिस्ट्रिक्ट ३२५ एम, डिस्ट्रिक्ट ३२५ के लायन्स क्लब अफ ढोरपाटन, लियो क्लबको संयुक्त सक्रियतामा प्रभावित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

 संस्थाको तर्फदेखि प्रति परिवार एक बोरा जिरा चामल, दुई केजी तेल, दुई केजी नुन, दुई केजी दाल र त्रिपाल उपलब्ध गराइएको हो । बडिगाड गाउँपालिका ९ र १० मा गत साउन २१ र २२ गतेको बाढि पहिरोले १२ जनाको ज्यान जानुका साथै केहि घाइते र सयौँ परिवार विस्थापित भएका छन 

 राहत हस्तान्तरण कार्यक्रम लायन्स क्लब ३२५ एम का डिस्ट्रिक्ट गर्भनर लायन्स चण्डी प्रसाद अर्यालको अध्यक्षता, गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा, बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन,

३२५ एमका चिफ एडभाइजर किशोर बराल, ३२५ के इनटरनेशनल रिलेसन चिफ काजिमान गुरुङ,एमका मिडिया चिफ कोपिला श्रीस, ३२५ के डिस्ट्रिक्ट कोचिफ अनुप रिजाल, डिस्ट्रिक्ट सेक्रेटरी ताल बहादुर कुवँर, रिजन चियर पर्सन नारायण आर्चाय, लायन्स कल्ब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डे, लियो क्लबका लगायत लायन्स क्लबका पदाधिकारी क्लब, जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

 

 कार्यक्रममा प्रमुख अतिथि दोर्ण कुमार कुवँरले बोल्दै लायन्स क्लब नागरिकको सुख ः दुखमा निरन्तर सहयोग गर्ने संस्था भएको बताउँदै समाज रूपान्तरणमा लायन्स क्लबको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । 

वडिगाड का बाढी पीडितका निम्ती राहत उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा नागरिकको शोक, भोक, गरिबी, अशिक्षा जस्ता समस्यामा हातेमालो गरेर अगाडि बढन् आग्रह गर्नुभयो । 

कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै लायन्स क्लबले यसरी पीडितको माझमा आएर राहत उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दे साउन महिनामा आएको बाढी पहिरोका कारण बडिगाड गाउँपालिका ९ र १० का अधिकांश नागरिक घरबाट विस्थापित सँगै  विधुत, खानेपानी, सडक जस्ता महत्वपूर्ण आवश्यकताबाट बञ्चित भइरहेको बताउनु भयो ।

 कार्यक्रम लायन्स ३२५ एमका चिफ एडभाइजर किशोर बरालको स्वागत, कुल प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img