Home Blog Page 72

ढोरपाटन नगरपालिकाले भन्यो ढोरपाटन जाँदा नगरवासीलाई शुल्क नलिनु

0

असोज १९ गते बुर्तिबाङ

ढोरपाटन  नगरपालिकाले एक विज्ञप्ति मार्फत ढोरपाटन उपत्यका र सिकार आरक्षभित्र जाँदै गर्दा ढोरपाटन नगरवासीले ढोरपाटन सिकार आरक्षलाई शुल्क तिर्नुपर्ने अवस्था रहेको भन्दै आगामी दिनमा निःशुल्क गरिदिन आग्रह गरेको छ ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले विज्ञप्ति मार्फत हालसम्म सिकार आरक्षले वडा नम्बर ६,७,८र ९ का नागरिकलाई मात्रै शुल्क छुट गरेको र सिकार आरक्ष ढोरपाटन नगरपालिका भित्र समेत पर्ने भएका कारण सबै नगरवासीलाई लागु हुने गरि छुट शुल्क गरिदिन आफुले लिखित र मौखिक रुपमा सिकार आरक्ष कार्यालयलाई जानकारी गराएको कायतले बताउनु भयो ।

ढोरपाटन सिकार आरक्ष प्रवेश गर्दे गर्दा सिकार आरक्षले देउराली क्षेत्रबाट प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क उठाउँदै आएको छ ।

त्यस्तै ढोरपाटन सिकार आरक्षको अनुमतिमा आर्मीले ढोरपाटन नगरपालिका भित्र पर्ने रुद्धताल क्षेत्रमा ढोरपाटन नगरपालिकाको अनुमति विना फाईरिङ अभ्यास सञ्चालन गर्दे आइरहेको बताउँदै रुद्धताल ढोरपाटन सिकार आरक्षभित्र नपर्ने भएका कारण नगरपालिकाको अनुमति विना फाईरिङ अभ्यास नगर्न नगराउन आग्रह गरिएको जनाइएको छ ।

स्थानीय सामुदायिक वनमा आर्मीले ६÷६ महिनामा फाईरिङ अभ्यास गर्दे आइरहेको र सामुदायिक वन स्थानीय निकायभित्र पर्ने भएका कारण त्यसलाई पनि रोक्न आग्रह गरिएको कार्यवाहक मेयर धन बहादुर कायतको भनाई छ ।

प्रशासन, मालपोत र नापी कार्यालयको जग्गा खरिद अभियानमा १ करोड १० लाख सङ्कलन

0

 असोज १८ गते बुर्तिबाङ

बुर्तिबाङ बजारमा प्रशासनिक कार्यालयहरू इलाका प्रशासन, मालपोत र नापी कार्यालयको आफ्नै भवन निर्माणका निम्ती जग्गा व्यवस्थापनमा जुटेको आर्थिक सङ्कलन समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेको छ ।

जग्गा व्यवस्थापन समिति संयोजक एवम् आर्थिक समिति सदस्य धन बहादुर कुवँरको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा समितिले हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे कुल १६० जना नागरिकबाट एक करोड १० लाख २० हजार रुपैयाँ रकम सङ्कलन भइसकेको बताइएको छ ।

कुल दुई करोड ९९ लाख २५ हजार रकम सङ्कलन गर्ने र दुई फरक स्थानमा जग्गा खरिदका निम्ती जुटेको समितिले आगामी मंसिर महिना भित्रै रकम सङ्कलन गरेर जग्गा खरिद प्रकृयामा जाने र अर्का बर्ष भवन निर्माणका निम्ती सरकार सँग माग गर्ने अभियानमा जुटेको कुवँरले बताउनु भयो ।

जग्गा व्यवस्थापनमा सक्रिय पूर्वक लागिरहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले बोल्दै राज्यबाट यहाँको चलन चल्ती अनुसारको आर्थिक व्यवस्थापन हुन नसक्ने अवस्था भएपछि नागरिक अभियान मार्फत आर्थिक सङ्कलन भइरहेको बताउँदै नयाँ शहर आयोजना मार्फत यसै बर्ष सरकारी दररेट न्युनतम रेट अनुसारको करिब ६० लाख बजेट विनियोजन हुने बताउँदै नागरिकको सक्रियतामा अभियान सञ्चालन भइरहेको बताउनु भयो ।

पत्रकारले राखेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै जग्गा व्यवस्थापन समितिका संयोजक धन बहादुर कुवँरले बोल्दै गतबर्ष देखि धेरै स्थानमा सम्भावित जग्गाको खोजी गर्दा उपयुक्त जग्गा दुई थाउँमा भएको र नागरिकको सहमति बमोजिम अभियानमा अगाडि बढिएको बताउनु भयो ।

बजार बाहेक अन्य स्थानमा केही विकल्प भएपनि बजार क्षेत्रमा भएका कार्यालयहरू बाहिर जाँदै गर्दा बजारको अस्तित्व समेत सङ्कटमा पर्ने र सेवा ग्राही नागरिकलाई बजारमै कार्यालय रहँदा सहजता हुने हुँदा बजारमै अभियान सुरु गरिएको कुवँरको भनाई छ ।

हाल कभर्डहल भएको जग्गा र कर्वहल सहित २२ आनाको एक करोड ६४ लाख ५० हजार हाल ढोरपाटन नगरपालिका कार्यालय नजिकै रहेको १२ आना जग्गाको एक करोड ३४ लाख  रकम भुक्तान गर्ने गरि जग्गा खरिदको सहमति भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर, वडा अध्यक्ष वान बहादुर छन्त्याल, आर्थिक व्यवस्थापन समिति पदाधिकारी, स्थानीय बासिन्दा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम ज्ञान प्रसाद कँडेलले सहजिकरण गर्नुभएको हो ।

चाडपर्व नजिकिएसँगै प्रहरीको सक्रियतामा बुर्तिबाङमा यात्रु साहयता कक्ष

0

 असोज १८ गते

चाडपर्व नजिकिएसँगै बुर्तिबाङमा यात्रु साहयता कक्ष स्थापना गरिएको छ । विभिन्न स्थानबाट आएका नागरिकलाई उनीहरूको पिरमर्का बुझन् र उनिहरु लाई सहजता प्रदान गर्ने उद्देश्य सहित यात्रु साहयता कक्ष स्थापना गरिएको बुर्तिबाङ अस्थाई ट्राफिक कार्यालयले जनाएको छ ।

चाडपर्वको समयमा यात्रुहरू ठगिने, सवारीका साधनमा क्षमता भन्दा बढि यात्रु राख्ने र चोरी डकैती जस्ता घटना हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै बुर्तिबाङ बसपार्क र खप्तरी बाङमा साहयता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी सुमन पोखरेलले बताउनु भयो ।

बिहीबार घटस्थापनाको दिन इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको अध्यक्षता ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालको प्रमुख आतिथ्यता औपचारिक कार्यक्रम गर्दे यात्रु साहयता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।

तमानखोला गाउँपालिका सदरमुकाम जोड्ने गरी सडक कालोपत्रे हुँदै 

0


असोज १७ बुर्तिबाङ
बागलुङको दुर्गम मानिँदै आएको तमानखोला गाउँपालिकाको सदरमुकाम बोङगादोभान सम्म सडक कालोपत्रे गर्ने गरि बिहीबार सडक आयोजनाको गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले सिल्यान्स गर्नुभएको छ ।
पूर्वाधार विकास कार्यालय अन्र्तगत १२ करोड ७४ लाख लागतमा आगामी २०८३ साउन १९ गते सम्म निर्माण सम्पन्न गर्ने गरि ए.सी. कन्ट्रक्सन प्रा.ली.ले निर्माणको जिम्मा पाएसँगै अब सडक निर्माणको कामले गति लिने भएको हो । 

ढोरपाटन नगरपालिका वडा नं. ३ र ४ सिङ्गो तमानखोला गाउँपालिका हुँदै म्याग्दी जोडिने उक्त सडक आयोजना बुर्तिबाङ बजार खाराखेत देखि पालिका सदरमुकाम सम्म १० किलोमिटर सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको बहुवर्षीय सडक आयोजनाको रुपमा रहेको छ ।

म्याग्दी क्षेत्र हुँदै तमान जोड्ने गरि माननीय रेशम जुग्जालीको सक्रियतामा म्याग्दी खण्डमा सडक निर्माणको काम हुने भएको हो ।
सडक आयोजनाको सिलन्यास गर्दे गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले नागरिकको माग र आवश्यकतालाई मध्यनजर राख्दै बहुवर्षीय आयोजनाको रुपमा रहेको बुर्तिबाङ तमान सडक आयोजना ठेक्का सम्झौता भई निर्माणको चरणमा अगाडि बढेको बताउँदै सडक सञ्जालकै कारण नागरिकले पाइरहेको दुःख लाई सडक निर्माणले चाँडै खुसीमा परिणत गराउने बताउँदै उक्त सडक आयोजना निर्माण पश्चात दुर्गम गाउँका नागरिक सहज सडक सञ्जाल सँगै कृषि, पर्यटन र रोजगारीमा समेत जोडिने बताउनु भयो ।

सडक आयोजना बहुबर्षिय रुपमा अगाडी बढ्छ म्याग्दी जोड्ने आयोजना भएका कारण १० किलोमिटर कालोपत्रे भएसंगै अन्य क्षेत्रमा समेत क्रमिक रुपमा कालोपत्रे अगाडी बढ्ने बताउनु भयो ।  आफूहरूले विकासकै कारण पछि परिरहेका नागरिकको हितलाई ध्यान दिएर आवश्यकता र समस्यालाई सँधै हातेमालो गरेर अगाडि बढिने बताउनु भयो ।

बुर्तिबाङ स्वास्थ्य चौकीलाई प्रादेशिक अस्पताल निर्माण गर्ने काममा आफूहरू निरन्तर लागिरहेको बताउँदै कर्मचारीको बदमासीका कारण केही ढिलाई भइरहेको बताउँदै त्यसको विषमया मुख्य मन्त्री लगायत मनित्रहरु र कर्मचारी सँग बसेर निरन्तर छलफल भइरहेका कारण तिहार लगत्तै उद्‌घाटन गरेर ५० शैया अस्पताल सेवाको सुरुवात गरिने बताउनु भयो ।
सालझण्डी ढोरपाटन सडक, चाँचलघाट मोटरवेल पुल, ढोरपाटन उपत्यकामा मोटरेवल पुल लगायत धेरै विकास निर्माणका कामलाई मुख्य प्राथमिकता दिएर आफूहरू लागिपरेको बताउँदै क्रमिक रुपमा जनताका आवश्यकता र समस्या सम्बोधन हुने बताउनु भयो ।
कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले बाल्दै दुई वर्षमा सम्पन्न गर्ने गरी सडक आयोजनाको सम्झौता भएको बताउँदै निर्माण कम्पनीले सक्रिय पूर्वक काम गर्न र राज्य पक्षबाट हुने रकम भुक्तानीमा आफूहरूले समेत साथ दिने बताउनु भयो ।
सडक निर्माणका जिम्मा पाएको ए.सी. कन्ट्रक्सन प्रा.ली.का प्रमुख दीपक कुमार अदै ले बोल्दै आफूले सम्झौता बमोजिम निर्धारित समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै अब तत्काल काम सुरु गर्ने बताउनु भयो । निर्माण कम्पनीले काम गर्दे गर्दा राज्य पक्षबाट बजेट व्यवस्थापनमा दुख दिइरहेका कारण सरकारले समयमै बजेट व्यवस्थापन गरिदिएमा निर्माणमा कुनै समस्या नहुने बताउनु भयो । 

कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै दुई पालिका सँगै अन्तर जिल्ला जोडिने यस सडक आयोजना तमानखोला गाउँपालिकाको विकासको महत्वपूर्ण आधार भएको बताउँदै सडक सञ्जाल राम्रो भएसंगै तमानखोला गाउँपालिकाको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै ढोरपाटन देखि तमान जोडिने उक्त सडक आयोजनाबाट ढोरपाटन नगरपालिका ३ र ४ सँगै समग्र तमानखोला गाउँपालिकालाई सहज हुने बताउँदै निर्माण कम्पनीले समयमै काम गर्नुपर्ने र सरकारले भुक्तान गर्नुपर्ने दायित्वमा ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । 


कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, माननीय दिलमाया पौवीका सचिवालय सदस्य सोम बहादुर पौवी ,नेपाली कांग्रेस प्रदेश सभापती मेशलाल सर्मा, नेकपा एमाले जिल्ला सदस्य ज्ञान प्रसाद कँडेल, राजमा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, ढोरपाटन उद्योग बाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल लगाएतको सुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, प्रहरी, पत्रकार, स्थानीय संघसंस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो ।
ढोरपाटन नगरपालिका ४ का अध्यक्ष तिलक बहादुर पुनको स्वागत रहेको कार्यक्रम पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेको अध्यक्षता, तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढाको सञ्चालनमा सम्पन्न भएको हो ।

स्थानीय तहमा केन्द्रिकृत नागरिकता सुचना व्यवस्थापन प्रणालीको अनुशिक्षण

0

असोज ८ गते
जिल्ला प्रशासन बागलुङको आयोजनामा केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीको अनुशिक्षण तथा प्राविधिक तालिम जिल्लाको तीनवटा पालिकामा मङ्गलबार सम्पन्न भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि वडाका सचिब, सहायक कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बरालले प्रविधि मैत्री सेवा, सक्षमता,कामलाई सरल र छिटो तवरबाट अगाडी बढाउने गरी यस्तो कार्यक्रमको आयोजना गरिएको बताउँदै सहभागिले सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्दे स्थानीय सरकारले यसलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यालयलाई सहि तरीकाले व्यवस्थापन गर्न सकेमा मात्रै काम प्रभावकारी हुने बताउँदै कम्युटरमा भएको डाटाबाट केन्द्रिकृत नागरिकता सुचना व्यवस्थापन प्रणालीलाई अगाडी बढाउन सकिने बताउँदै यस्ले छिटो र डाटालाई व्वस्थित राख्न सहयोग पुग्ने बताउनु भयो ।
जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपाकिला र तमानखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो अन्य पालिकामा समेत कार्यक्रम भइसकेको छ । आयोजित कार्यक्रममा कप्युटर इन्जिनीयर बिवस कार्कीले प्रशिक्षण दिनुभएको हो ।
ढोरपाटन नगरपालिकामा वडा अध्यक्ष भेक बहादुर खत्रीको अध्यक्षता, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, वडा अध्यक्ष खिम बहादुर विक लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा सचिव देवेन्द्र वस्यालको सञ्चालनमा सम्पन्न भएको हो ।
तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको अध्यक्षता, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्तया, उपाध्यक्ष हिरा कुमारी छन्त्यालका स्वागत, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, जनप्रतिनिधी, कर्मचारी लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रम कर्मचारी मिना विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

बागलुङको वडिगाडमा फेला परेको शवको पहिचान खुल्यो

0

 असोज ८ गते

जिल्लाको बडिगाड गाउँपालिका ५ खौलार बजार नजिकै मङ्गलबार बिहान फेला परेको युवतीको शव पहिचान भएको छ । मृतक ढोरपाटन नगरपालिका ३ घर भई हाल ढोरपाटन नगरपालिका १ छरछरे बस्दै आएकी १६ बर्षिय झरना भन्ने पवित्रा गिरी रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान करिब ८ बजेतिर स्थानीयले बडिगाड खोलामा ढुँगाको विच भागमा अडकिएको अवस्थामा शव फेला पारेका थिए । कक्षा १० को एसइई परीक्षाको ग्रेड बृद्धि दिएर बसेकी गिरी गएराति देखि घरबाट सम्पर्क बिहिन रहेको स्थानीयले बताएका छन ।

परीक्षामा अनुर्तिण भएका कारण यस्तो घटना भएको हुन सक्ने भनिएपनि थप अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेतले बताउनु भयो ।

ढोरपाटन ३ पुर्कोट घर भएपनि ठुलाबुबा महलाल गिरीको घरमा पवित्रा बस्दै आएकी थिइन ।  

बुर्तिबाङमा सरकारी जग्गा खरिदको अभियानलाई तिव्रता दिइने समितीको निर्णय

0

असोज ८ गते 

बागलुङको बुर्तिबाङ बजारमा इलाका प्रशासन , मालपोत र नापी कार्यालयको जग्गा खरिदका निम्ती आर्थिक सङ्कलन अभियानलाई निरन्तरता दिएको समितिले थप सक्रिय पूर्वक अगाडि बढ्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको समितिको बैठकले हालसम्म करिब एक करोड रकम सङ्कलन भइसकेको बताउँदै बुर्तिबाङ बजारमै हाल भाडामा सञ्चालन हुँदै आइरहेका मालपोत कार्यालय, इलाका प्रशासन र नापी कार्यालयको जग्गा व्यवस्थापनका निम्ती गत बर्ष २०८० असार महिनादेखि जग्गा छनौटको अभियान थालेर पछिल्लो समय चाँडै जग्गा खरिद गर्नका निम्ती आर्थिक सङ्कलन अभियानमा जुटेको हो ।

गुञ्ज बहादुर भण्डारी संयोजक रहेको आर्थिक सङ्कलन अभियान समितिको गठन गरिएको छ । समितिको मङ्गलबार बसेको बैठकले बजारमा करिब एक करोड संलकन भइसकेको बताउँदै दुई स्थानमा जग्गा व्यवस्थापन गर्नका निम्ती कुल तिन करोड सङ्कलन गर्ने लक्ष्य लिइएको समितिका संयोजक गुञ्ज बहादुर भण्डारीले बताउनु भयो ।

बुर्तिबाङ कभर्डहल भएको स्थानमा १ रोपनी ७ आना र हाल ढोरपाटन नगरपालिका कार्यालय रहेको घरको आडमा करिब १२ आना जग्गा खरिदका निम्ती समितिले आर्थिक संकलनलाई तिव्रता दिइरहेको छ । यसै सन्दर्भमा गत असोज ६ गते इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट प्रकाशन भएको एक सूचना अनुसार जग्गा खरिद आर्थिक समितिले नागरिकबाट रकम उठाएको र त्यसलाई रोक्ने भन्ने भ्रम सृजना भएको भन्दै त्यस्तो हल्लाको पछाडी नलाग्न समितिले बैठक मार्फत अपिल समेत गरेको छ ।

यो हल्ला फैलिएको छ तर यस विषयमा नभएको भन्दै अभियानमा सक्रिय पूर्वक लाग्नुपर्ने र यसमा नागरिक संग हातेमालो गरेर अगाडि बढ्ने समितिका सदस्य धन बहादुर कुवँरको भनाई छ । उता इलाका प्रशासन कार्यालय बुर्तिबाङले समेत मङ्गलबार पुनह अर्का सूचना प्रकाशन गरि मालपोत कार्यालयले नापी कार्यालयको नाममा रकम उठाउने गरेको र उपरान्त रकम नउठाउन भनी सूचना जारी गरिएको भन्ने सन्दर्भमा सूचना प्रकाशन गर्दे अन्य भ्रममा नपर्न अनुरोध समेत गरेको हो ।

सूचना अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँको चलानी नम्बर १२३०७ को गत भाद्र २४ गतेको पत्रमाथि उल्लेखित विवरण सहितको पत्र पठाएको तर सरकारी जग्गा खरिदको विषयमा उक्त पत्रको आशय नरहेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरको भनाई छ ।

आर्थिक सङ्कलन अभियान समितिका सदस्य गङ्गा बहादुर सेरबुजाका अनुसार बजारमा फैलाइएको भ्रम जग्गा खरिद अभियान सँग नजोडिएको बताउँदै बजारका नागरिक र आसपासका नागरिकको हितका निम्ती थालिएको अभियानमा आफूहरूको समेत कुनै स्वार्थ नभएका कारण अभियानलाई निरन्तरता दिइने बताउनु भयो ।

आर्थिक सङ्कलन अभियान सुरु भइरहँदा कतिपय नागरिकले यसको विरोध समेत गरेका छन । राज्यले गर्नुपर्ने काम नागरिक माथि थुपार्ने काम भइरहेको भन्दै विरोध भइरहेको हो । तर समितिले राज्यले बजारको चलन चल्ति अनुसारको दररेटमा जग्गा खरिदमा लागत बेहोर्न नसक्ने भएपछि नागरिकको दायित्य अन्र्तगत राखेर अगाडि बढिएको समितिको ठहर छ । गत दुई बर्षदेखि इलाका प्रशासन, मालपोत र नापी कार्यालयको भवन निर्माणका निम्ती राज्य पक्षबाट जग्गा व्यवस्थापन गर्न ताकेता आइरहेको थियो ।

स्थानीयले जग्गा व्यवस्थापन गरेसंगै सरकारले भौतिक संरचना निर्माण गर्ने समितिका सदस्य ज्ञान प्रसाद कँडेलले बताउनु भयो ।

समिती एक्लै हिँडेको छैन गतबर्ष असार महिनामा बैठक राखेर १५० बढि नागरिकको हस्ताक्षर सहित अभियानको सुरुवात गरिएको बताउँदै यसलाई टुँगोमा पुर्याउने गरि काम भइरहेको बताउनु भयो ।

गर्भवती सुनिलाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागी  काठमान्डौ लगियो

0

 असोज ६ गते

बागलुङको तमानखोला गाउँपालिका १ कि २० बर्षिय सुनिला सिर्पालीलाई  सुत्केरी ब्यथा संगै स्वास्थ्यमा समस्या देखिएपछि हेलि मार्फत थप उपचारका निम्ती आइतबार बिहान काठमान्डौ लगिएको छ ।

४० हप्ता कटिसकेको गर्भवति सुनिला लाई शनिबार राती बुर्तिबाङ स्वास्थ्य केन्द्रमा प्रसुतीको लागी भर्ना गरिएको थियो । राती ३ः३० बजे उच्च रक्तचाप संगै एक्लेम्पसियाको समस्या देखिएपछि आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा थप समस्या देखिन थालेपछी आर्मीको हेली मार्फत थप उपचारका निम्ती काठमान्डौ स्थित प्रसुती गृह पठाइएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकालले बताउनु भयो ।

उपचार हुँदै गर्दापनि अचानक रक्तश्राव हुने, शरिर काप्ने, बेहोस हुने समस्या देखिएपछि आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्ने सम्भावना देखेर समयमै थप उपचारका लागी हेलिकप्टर रिफर गरेर काठमान्डौ पठाइएको डा. ढकालको भनाई छ ।

आमा र बच्चा दुवैको मुटुको धड्कन कम हुन थालेपछी प्रारम्भिक उपचार पछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन, ढोरपाटन नगरपालिका, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, गण्डकी प्रदेशका माननीय लगायतको पहल र सम्मोन्यमा उद्धार गरि थप उपचारका निम्ती काठमान्डौ पठाइएको डा. नविन्द्र ढकालले बताउनु भयो ।

चट्याङ लागेर बागलुङको निसीखोलामा एक जनाको ज्यान गयो

0

बुर्तिबाङ असोज ५ गते
शुक्रबार साँझ ८ बजेतिर परेको चट्याङका कारण बागलुङको निसीखोला गाउँपालिका ३ मा एक जनाको ज्यान गएको छ । चट्याङका कारण निसीखोला गाउँपालिका ३ किटेनी स्थित सुजन बुढाको श्रीमती २४ बर्षिय रजना बुढाको ज्यान गएको हो ।
आफनै घरभित्र बसिरहेको अवस्थामा परेको चट्याङका कारण घटना स्थलमै रजना बुढाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घरको मिटर बक्स लगाएत विधुतीय सामाग्रि पूर्ण रुपमा जलेर नस्ट भएको छ । मृतकका १ छोरी र सासु घरमै रहेपनी उहाँहरु सकुशल रहेको निसीखोला गाउँपालिका ३ का अध्यक्ष रमेश विक्रम शाहीले बताउनु भयो । चट्याङका कारण स्थानीय छापाखानी गाउँमा विधुत आयोजना अवरुद्ध भएको छ ।

राष्ट्रिय शिक्षा दिवशका अवसरमा ढोरपाटन नगरपालिका द्धारा विभिन्न कार्यक्रम

0

असोज २ गते बुर्तिबाङ
राष्ट्रिय शिक्षा दिवशका अवसरमा ढोरपाटन नगरपालिका द्धारा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । दिवशका अवसरमा साविक गाविस स्तरीय र श्रोत केन्द्र स्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।

जसअन्र्तगत कक्षा ९ देखि १२ सम्मको बक्तित्वकला प्रतियोगिता, कक्षा ६ देखि ८ सम्मको हाजिरी जवाफ , कक्षा १ देखि ५ सम्मको चित्रकला प्रतियोगिता राखिएको हो । साविक बुर्तिबाङ गाविस स्तरीय कार्यक्रममा विभिन्न सामुदायिक र निजी विद्यालयको सहभागिता रहेको थियो । जसअन्र्तगत बक्तित्वकला प्रतियोगिता तर्फ सरस्वती मावि ढोरपाटन ९ का अन्जु पुनमगर प्रथम, दिर्तिय उत्तर गंगा माध्यमिक व्द्यिालयका पूर्ण बहाुदर घर्ति मगर, र तिर्तिय शिवालय माविका नमुना घर्ति मगर रहनु भएको छ । कक्षा १ देखि ५ सम्मको चित्रकला प्रतियोगिता तर्फ न्यू मोर्डन ऐकेडेमी प्रथम, दिर्तिय जनता सेकेन्डरी इङलिस बोर्डिङ र तेश्रो रिभरहेड बोर्डिङका विद्यार्थी भएका छन ।
कक्षा ६ देखि ८ सम्म हाजिरीजवाफ तर्फ प्रथम रिभरहेड, दिर्तिय जनता सेकेन्डरी, तिर्तिय न्यू मोर्डन ऐकेडेरी भएका हुन ।
४ वटा विभिन्न श्रोत केन्द्र अन्र्तगत साविका गाविस स्तरीय खुँगा गाविसको छोरेगाउँ माध्यमिक विद्यालय, अधिकारीचौर गाविसको शिवालय माध्यमिक विद्यालय र बोबाङ गाविसको सरस्वती माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो ।

बुर्तिबाङ बजारमा र्याली सहित बजार परिक्रमा गरेर जनता बोर्डिङ रुकुलमा सुरु भएको कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक युवराज महतको अध्यक्षता, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेको प्रमुख आतिथ्यता, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेत, वडा अध्यक्ष भेक बहादुर खत्री, खिम बहादुर बिक, उमेर बुढा मगर लगाएतको आतिथ्यता रहेको कार्यक्रम शिक्षा शाखा प्रमुख गणेश बहादुर रावलको स्वागत, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरे इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेत, वडा अध्यक्ष उमेश बुढाको मन्तव्य रहेको थियो । कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको हो । कार्यक्रम ज्ञानेन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।