स्थानीय तहमा केन्द्रिकृत नागरिकता सुचना व्यवस्थापन प्रणालीको अनुशिक्षण

असोज ८ गते
जिल्ला प्रशासन बागलुङको आयोजनामा केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीको अनुशिक्षण तथा प्राविधिक तालिम जिल्लाको तीनवटा पालिकामा मङ्गलबार सम्पन्न भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि वडाका सचिब, सहायक कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बरालले प्रविधि मैत्री सेवा, सक्षमता,कामलाई सरल र छिटो तवरबाट अगाडी बढाउने गरी यस्तो कार्यक्रमको आयोजना गरिएको बताउँदै सहभागिले सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्दे स्थानीय सरकारले यसलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यालयलाई सहि तरीकाले व्यवस्थापन गर्न सकेमा मात्रै काम प्रभावकारी हुने बताउँदै कम्युटरमा भएको डाटाबाट केन्द्रिकृत नागरिकता सुचना व्यवस्थापन प्रणालीलाई अगाडी बढाउन सकिने बताउँदै यस्ले छिटो र डाटालाई व्वस्थित राख्न सहयोग पुग्ने बताउनु भयो ।
जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपाकिला र तमानखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो अन्य पालिकामा समेत कार्यक्रम भइसकेको छ । आयोजित कार्यक्रममा कप्युटर इन्जिनीयर बिवस कार्कीले प्रशिक्षण दिनुभएको हो ।
ढोरपाटन नगरपालिकामा वडा अध्यक्ष भेक बहादुर खत्रीको अध्यक्षता, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, वडा अध्यक्ष खिम बहादुर विक लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा सचिव देवेन्द्र वस्यालको सञ्चालनमा सम्पन्न भएको हो ।
तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको अध्यक्षता, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्तया, उपाध्यक्ष हिरा कुमारी छन्त्यालका स्वागत, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, जनप्रतिनिधी, कर्मचारी लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रम कर्मचारी मिना विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित