बागलुङको वडिगाडमा फेला परेको शवको पहिचान खुल्यो

 असोज ८ गते

जिल्लाको बडिगाड गाउँपालिका ५ खौलार बजार नजिकै मङ्गलबार बिहान फेला परेको युवतीको शव पहिचान भएको छ । मृतक ढोरपाटन नगरपालिका ३ घर भई हाल ढोरपाटन नगरपालिका १ छरछरे बस्दै आएकी १६ बर्षिय झरना भन्ने पवित्रा गिरी रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान करिब ८ बजेतिर स्थानीयले बडिगाड खोलामा ढुँगाको विच भागमा अडकिएको अवस्थामा शव फेला पारेका थिए । कक्षा १० को एसइई परीक्षाको ग्रेड बृद्धि दिएर बसेकी गिरी गएराति देखि घरबाट सम्पर्क बिहिन रहेको स्थानीयले बताएका छन ।

परीक्षामा अनुर्तिण भएका कारण यस्तो घटना भएको हुन सक्ने भनिएपनि थप अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेतले बताउनु भयो ।

ढोरपाटन ३ पुर्कोट घर भएपनि ठुलाबुबा महलाल गिरीको घरमा पवित्रा बस्दै आएकी थिइन ।  

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित