असोज १९ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाले एक विज्ञप्ति मार्फत ढोरपाटन उपत्यका र सिकार आरक्षभित्र जाँदै गर्दा ढोरपाटन नगरवासीले ढोरपाटन सिकार आरक्षलाई शुल्क तिर्नुपर्ने अवस्था रहेको भन्दै आगामी दिनमा निःशुल्क गरिदिन आग्रह गरेको छ ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले विज्ञप्ति मार्फत हालसम्म सिकार आरक्षले वडा नम्बर ६,७,८र ९ का नागरिकलाई मात्रै शुल्क छुट गरेको र सिकार आरक्ष ढोरपाटन नगरपालिका भित्र समेत पर्ने भएका कारण सबै नगरवासीलाई लागु हुने गरि छुट शुल्क गरिदिन आफुले लिखित र मौखिक रुपमा सिकार आरक्ष कार्यालयलाई जानकारी गराएको कायतले बताउनु भयो ।
ढोरपाटन सिकार आरक्ष प्रवेश गर्दे गर्दा सिकार आरक्षले देउराली क्षेत्रबाट प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क उठाउँदै आएको छ ।
त्यस्तै ढोरपाटन सिकार आरक्षको अनुमतिमा आर्मीले ढोरपाटन नगरपालिका भित्र पर्ने रुद्धताल क्षेत्रमा ढोरपाटन नगरपालिकाको अनुमति विना फाईरिङ अभ्यास सञ्चालन गर्दे आइरहेको बताउँदै रुद्धताल ढोरपाटन सिकार आरक्षभित्र नपर्ने भएका कारण नगरपालिकाको अनुमति विना फाईरिङ अभ्यास नगर्न नगराउन आग्रह गरिएको जनाइएको छ ।
स्थानीय सामुदायिक वनमा आर्मीले ६÷६ महिनामा फाईरिङ अभ्यास गर्दे आइरहेको र सामुदायिक वन स्थानीय निकायभित्र पर्ने भएका कारण त्यसलाई पनि रोक्न आग्रह गरिएको कार्यवाहक मेयर धन बहादुर कायतको भनाई छ ।