प्रशासन, मालपोत र नापी कार्यालयको जग्गा खरिद अभियानमा १ करोड १० लाख सङ्कलन

 असोज १८ गते बुर्तिबाङ

बुर्तिबाङ बजारमा प्रशासनिक कार्यालयहरू इलाका प्रशासन, मालपोत र नापी कार्यालयको आफ्नै भवन निर्माणका निम्ती जग्गा व्यवस्थापनमा जुटेको आर्थिक सङ्कलन समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेको छ ।

जग्गा व्यवस्थापन समिति संयोजक एवम् आर्थिक समिति सदस्य धन बहादुर कुवँरको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा समितिले हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे कुल १६० जना नागरिकबाट एक करोड १० लाख २० हजार रुपैयाँ रकम सङ्कलन भइसकेको बताइएको छ ।

कुल दुई करोड ९९ लाख २५ हजार रकम सङ्कलन गर्ने र दुई फरक स्थानमा जग्गा खरिदका निम्ती जुटेको समितिले आगामी मंसिर महिना भित्रै रकम सङ्कलन गरेर जग्गा खरिद प्रकृयामा जाने र अर्का बर्ष भवन निर्माणका निम्ती सरकार सँग माग गर्ने अभियानमा जुटेको कुवँरले बताउनु भयो ।

जग्गा व्यवस्थापनमा सक्रिय पूर्वक लागिरहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले बोल्दै राज्यबाट यहाँको चलन चल्ती अनुसारको आर्थिक व्यवस्थापन हुन नसक्ने अवस्था भएपछि नागरिक अभियान मार्फत आर्थिक सङ्कलन भइरहेको बताउँदै नयाँ शहर आयोजना मार्फत यसै बर्ष सरकारी दररेट न्युनतम रेट अनुसारको करिब ६० लाख बजेट विनियोजन हुने बताउँदै नागरिकको सक्रियतामा अभियान सञ्चालन भइरहेको बताउनु भयो ।

पत्रकारले राखेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै जग्गा व्यवस्थापन समितिका संयोजक धन बहादुर कुवँरले बोल्दै गतबर्ष देखि धेरै स्थानमा सम्भावित जग्गाको खोजी गर्दा उपयुक्त जग्गा दुई थाउँमा भएको र नागरिकको सहमति बमोजिम अभियानमा अगाडि बढिएको बताउनु भयो ।

बजार बाहेक अन्य स्थानमा केही विकल्प भएपनि बजार क्षेत्रमा भएका कार्यालयहरू बाहिर जाँदै गर्दा बजारको अस्तित्व समेत सङ्कटमा पर्ने र सेवा ग्राही नागरिकलाई बजारमै कार्यालय रहँदा सहजता हुने हुँदा बजारमै अभियान सुरु गरिएको कुवँरको भनाई छ ।

हाल कभर्डहल भएको जग्गा र कर्वहल सहित २२ आनाको एक करोड ६४ लाख ५० हजार हाल ढोरपाटन नगरपालिका कार्यालय नजिकै रहेको १२ आना जग्गाको एक करोड ३४ लाख  रकम भुक्तान गर्ने गरि जग्गा खरिदको सहमति भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर, वडा अध्यक्ष वान बहादुर छन्त्याल, आर्थिक व्यवस्थापन समिति पदाधिकारी, स्थानीय बासिन्दा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम ज्ञान प्रसाद कँडेलले सहजिकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित