असोज १८ गते
चाडपर्व नजिकिएसँगै बुर्तिबाङमा यात्रु साहयता कक्ष स्थापना गरिएको छ । विभिन्न स्थानबाट आएका नागरिकलाई उनीहरूको पिरमर्का बुझन् र उनिहरु लाई सहजता प्रदान गर्ने उद्देश्य सहित यात्रु साहयता कक्ष स्थापना गरिएको बुर्तिबाङ अस्थाई ट्राफिक कार्यालयले जनाएको छ ।


चाडपर्वको समयमा यात्रुहरू ठगिने, सवारीका साधनमा क्षमता भन्दा बढि यात्रु राख्ने र चोरी डकैती जस्ता घटना हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै बुर्तिबाङ बसपार्क र खप्तरी बाङमा साहयता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी सुमन पोखरेलले बताउनु भयो ।

बिहीबार घटस्थापनाको दिन इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको अध्यक्षता ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालको प्रमुख आतिथ्यता औपचारिक कार्यक्रम गर्दे यात्रु साहयता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।










