बुर्तिबाङमा आर्चरी क्लबले धनुषवाण ताराखेल प्रतियोगिता सञ्चालन गर्ने

असोज २२ बुर्तिबाङ

बुर्तिबाङ आर्चरी क्लबको आयोजनामा कोजाग्रत पूर्णिमाको अवसरमा धनुषवाण ताराखेल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

धनुषवाण खेल तर्फ रुचि भएका युवाहरूलाई लक्षित गर्दे प्रत्यक बर्स खेल सञ्चालन गर्दे आएको क्लबले यसवर्ष १ लाख प्रथम पुरस्कार राशि सहितको खेल सञ्चालन गर्न लागेको क्लबका सचिव हिक्मत जक्तपुरीले बताउनु भयो ।

आगामी कात्तिक ३ गतेदेखि सुरु हुने प्रतियोगितामा दिर्तिय हुने समुहले ५५,००० तिर्तियले ४०,०००चौठो हुनेले २५,००० र पाचौँ हुनेले १०,००० हजार पुरस्कार प्राप्त गर्ने भएका हुन ।

खेललाई जोगाई राख्न र युवाहरूको सक्रियता कायम राख्न प्रत्यक बर्ष प्रतियोगिता हुँदै आएको र यसवर्षको प्रतियोगिताको आवश्यक तयारी पुरा भइरहेको सचिव हिक्मत जक्तपुरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित