बृहस्पति युवा क्लबको तिज मेलामा भएको आम्दानी खर्चको विवरण सार्वजनिक

 असोज २१ बुर्तिबाङ

बृहस्पति युवा क्लब निसीखोला गाउँपालिका ४ कानावगर बागलुङले सोमबार गत तिज मेलामा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ ।

क्लब अध्यक्ष मन बहादुर आर्चाय को अध्यक्षतामा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा क्लबले तिज मेलाको अवसरमा भएको आम्दानी र खर्चको विवरण प्रस्तुत गरेको हो ।

समितिको विवरण अनुसार कुल ६ लाख ५१ हजार ३ सय ४० रुपैयाँ विभिन्न निकायबाट सहयोग प्राप्त भएको बताउँदै कुल पाँचलाख ३६ हजार ६ सय १५ रुपैयाँ खर्च भएको क्लब सचिव भुवन खत्रीले बताउनु भयो ।

कार्यक्रमका अवसरमा विभिन्न निकायबाट चन्दा बोल भएको मध्ये १ लाख १ हजार १ सय रुपैयाँ सङ्कलन हुन बाँकी रहेको बताउँदै क्लबले एक लाख ७९ हजार दुई सय ३५ रुपैयाँ भुक्तान गर्नुपर्ने दायित्वमा रहेको जनाउँदै निसीखोला गाउँपालिका वडा नम्बर ४ र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुन बाँकी अनुदान १÷१ लाख समेत क्लबलाई प्राप्त हुन बाँकी रहेको सचिब भुवन खत्रीले बताउनु भयो ।

कार्यक्रममा क्लब अध्यक्ष आर्चायले बोल्दै यहाँको शिक्षा, खेलकुद, पर्यटन प्रर्वद्धन सँगै कला र संस्कृतिको जर्गेनाको निम्ती क्लबले काम गर्दे आइरहेको बताउँदै मेला सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउनु भयो ।

मेलालाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै आगामी दिनमा क्लबले थप समाज रूपान्तरण मुखी कार्यक्रम गर्दे जाने बताउनु भयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष नवराज आर्चायले बोल्दै क्लबले समाज रूपान्तरण मुखि र कला संस्कृर्ती, खेलकुदको विकासमा महत्वपूर्ण टेवा पुग्ने गरी काम गर्दे आएको बताउनु भयो ।

त्यस्तै पूर्व अध्यक्ष भुमिराज आर्चायले बोल्दै क्लबले सार्वजनिक सुनवाई मार्फत देखाएको पारदर्शिता र सक्रियता आफैमा राम्रो पक्ष रहेको बताउँदै आगामी दिनमा समाज रूपान्तरण मुखी कार्यक्रम गर्दे अगाडि बढ्न सुझाब दिनुभयो । कार्यक्रम क्लब सचिव भुवन खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित