Home Blog Page 49

प्रदेश सांसद दोर्ण कुवँर द्धारा निर्वाचन क्षेत्रका तीनवटै तहमा योजनाको छनौट माथि छलफल । 

0


गण्डकी पदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले आफ्नो निर्वाचन क्षेत्रका तीनवटै स्थानीय तहमा पुगेर जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय नागरिक सँग आगामी आर्थिक बर्षको योजना, भावी विकास निर्माण र नागरिकको अपेक्षा बुझ्नु भएको छ ।

प्रदेश सरकारबाट गर्न सकिने योजना र आफ्नो पहलमा संगबाट गर्न सकिने योजनालाई महत्वपूर्ण आवश्यकता र सबैको अपनत्व हुने गरी योजनाको छनौट गर्ने उद्देश्य स्वरुप कार्यक्रम गरिएको सांसद कुवँरले बताउनु भयो । बुधबार निसीखोला गाउँपालिका, बिहिबार ढोरपाटन नगरपालिका र शुक्रबार तमानखोला गाउँपालिकामा पुगेर स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा, सामाजिक अगुवाको बिचमा कार्यक्रम गर्नुभएको हो । 

 


महत्वपूर्ण विकास योजनाको रुपमा सडक स्तरोन्नति, मोटरवेल पुल, झुलुङ्गे पुल, सबै क्षेत्रमा केन्द्रिय विधुतीकरण पुर्‍याउनु पर्ने, विद्यालय भवन निर्माण, खानेपानी, सिँचाई, जस्ता महत्वपूर्ण योजनाको माग गरिएको हो ।
सांसद कुवँरले साना योजना वडा र पालिकाले गर्न सक्ने बताउँदै बढि परिणाम मुखि योजनाको छनौट गर्न आवश्यक रहेको बताउनु भयो । स्थानीय तहबाट प्राप्त भएका योजनालाई प्राथमिकता दिएर आफूहरूले बजेट विनियोजन गरिने बताउनु भयो । 

ढोरपाटन नगरपालिकाको आयोजनामा शनिबार सार्वजनिक सुनुवाइ हुँदै

0

जेठ ९ गते शुक्रबार ढोरपाटन नगरपालिकाको आयोजनामा शनिबार भोलि सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ ।

चालु आर्थिक बर्ष २०८१÷०८२ को दोश्रो चौमासिक सम्म नगरपालिका कार्यालय, वडा कार्यालय र पालिका अन्र्तगत रहेका विषयगत शाखाबाट प्रवाह भएका सेवा, सुविधा, विकास निर्माण र सुशासनको सन्दर्भमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।

भोलि बिहान ११ बजेदेखि सञ्चालन हुने कार्यक्रममा सबै राजनैतिक दल, गैरसरकारी संस्था, सेवा प्राप्त गर्ने नगरवासी , लक्षित वर्ग लगायतलाई कार्यक्रममा सहभागिताका निम्ती आव्हान गरिएको नगरपालिकाले जनाएको छ । दरबार होटलको सभाहलमा हुने कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो ढोरपाटनले गर्ने भएको हो ।

सार्वजनिक सुनुवाईको माध्यमबाट जनताको बिचमा प्रत्यक्ष सुझाब, सल्लाह, गुनासो लिने र नगरपालिका, वडा र विषयगत शाखाबाट भएका कामको सन्दर्भमा जानकारी गराई आगामी दिनमा नगरपालिकालाई थप समृद्ध बनाउन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको घिमिरेले बताउनु भयो । पहिलो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ६ मा सम्पन्न गरिएको थियो ।

वर्तमान सरकार प्रति जनताको वितृष्णा बढ्यो प्रचण्ड । 

0

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसक्दा जनताको बितृष्णा बढेको बताउनु भयो ।
मध्यपहाडी लोकमार्ग अभियान कार्यक्रमको सन्दर्भमा बागलुङ ढोरपाटन १ बुर्तिबाङमा आयोजित सभालाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले देशमा भ्रष्टाचार, अनियमितता बढिरहेको र गरिव, दलित, किसान बर्गको समस्या वर्तमान सरकारले सुन्नै नचाहेका बताउनु भयो ।
सरकारले गरिरहेको घमन्डलाई नेकपा माओवादीले सचेत गराइरहेको तर सरकारले सुन्नै नचाहेका कारण यस्तै अवस्था रहे ठुलो विद्रोह हुन सक्ने बताउँदै सरकारले अझैपनि सच्चिएर देश र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो ।
त्यस्तै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग लगायत देशका महत्वपूर्ण राजमार्ग आफ्नो पहलमा भएको बताउनु भयो ।


मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्ड सहितका नेताहरू बिहिबार साँझ माओवादी उद्गम स्थल बागलुङको ताराखोलामा सहिद परिवार संग भेटघाट गर्ने र शुक्रबार बाग्लुङ हुँदै पोखरामा पुगेर जेठ ११ गते कार्यक्रमको समापन गर्ने जनाइएको छ । 

आयोजित कार्यक्रमका अवसरमा स्थानीय राजनैतिक दलले बुझाएको ज्ञापनपत्रमाथि प्रकाश पार्दे उत्तरगङ्गा जलाशय युक्त आयोजना रुकुम क्षेत्रमा बन्ने की बागलुङमा बन्ने विषय नागरिक स्तरमा अन्यौल रहेको बताउँदै उक्त आयोजना बागलुङ क्षेत्रमै निर्माण हुने गरी आफूले पहल गर्ने बताउनु भयो ।
ढोरपाटन सिकार आरक्षको वफर जोन बनाउने विषय ,सालझण्डी ढोरपाटन सडक, मध्यपहाडी लोकमार्ग, लगायतका विषयमा राजनैतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन । माओवादी नेता दिनानाथ शर्मा, देवेन्द्र पौडेलको मन्तव्य रहेको कार्यक्रम नेकपा माओवादी केन्द्र प्रदेश सदस्य प्रेम घर्तिको अध्यक्षता, चन्द्र बूढा सागरको स्वागत राजिव घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।  कार्यक्रममा नेकपा एमाले गण्डक प्रदेश सदस्य केशर छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढि नेता कार्यक्रता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका हुन ।

 

ढोरपाटन क्षेत्रको वन वातावरण, जैविकता र दिगो विकासमा पहल  ।

0

जेठ ७ गते ढोरपाटन
बिवाइसी बागलुङ अन्र्तगत दिगो पर्यटन प्रर्वद्धन कार्यक्रम आयोजनाले बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई दिगो पर्यटन, वन, वातावरण, जैविक  विविधता सम्बन्धी तीनदिने कार्यक्रम बुर्तिबाङमा सम्पन्न गरेको छ ।
यहाँस्थित विभिन्न विद्यालयका शिक्षक, होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घ संस्थाको बिचमा यस क्षेत्रमा दिगो विकास अवधारणा अनुसार बढ्न सकिने अवस्था, यहाँको चुनाती र विकासमा सम्भावना, वातावरणीय पर्यावरणको जर्गेना र जैविक विविधताको रक्षाको सन्दर्भमा तालिम माफर्त सचेतना कार्यक्रम अगाडी बढाइएको हो ।

यहाँको रहनसहन, संस्कार र संस्कृर्तिको संरक्षण गर्दे आन्तरिक र बाह्य पर्यटनलाई कसरी प्रर्वद्धन गर्न सकिन्छ भन्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

२०२३ देखि २०२६ सम्म सञ्चालन हुने परियोजनाबाट यहाँका पर्यटकीय क्षेत्रको पहिचान गरी होटल, पर्यटन, कृषि, रैथाने उत्पादनको बजारीकरण सँगै युवालाई स्वरोजगार बनाउने उद्देश्य संगै यहाँका भेषभुषा, कला संस्कृति र पर्यटकीय गन्तव्यलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर अगाडि बढिन् सक्ने गरी अभियान अगाडि बढाइएको दिगो विकास परियोजनाका कार्यक्रम निर्देशक उत्तम अर्यालले बताउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधिलाई समेत समावेश गराइएको कार्यक्रममा भावी लक्ष्य बनाएर अगाडि बढ्न सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम वन विज्ञान अध्ययन संस्थान त्रिविका उपप्रध्यापक विकास अधिकारी र सिटिइभिटीका जीवन भण्डारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम जेठ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको हो ।

आगामी बजेट र योजनाको सन्दर्भमा नागरिक संवादमा सांसद कुवँर ।

0


जेठ ८ गते ढोरपाटन
आगामी वर्षको विकासका सन्दर्भमा सांसद कुवँरको निसीखोला गाउँपालिकाका नागरिक सँग संवाद गर्नुभएको छ ।
आर्थिक बर्ष २०८२÷०८३ मा गण्डकी प्रदेशबाट समावेश गर्नुपर्ने योजना, जनताको अपेक्षा र समस्याको विषयमा निसीखोला गाउँपालिका स्थित जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाजिक अगुवा र स्थानीय नागरिकको बिचमा अन्तरक्रिया गरिएको हो ।
आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत पर्ने निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका अन्र्तगत २२ वटै वडाका नागरिकको अपनत्व हुने गरी महत्वपूर्ण विकास आवश्यकताले स्थान पाओस भन्ने उद्देश्य सहित सबै स्थानीय तहमा छलफल कार्यक्रमको आयोजना गरिएको सांसद कुवँरले बताउनु भयो।


निसीखोला गाउँपालिकामा बुधबार आयोजित कार्यक्रममा सहभागि ले सडक, खानेपानी, मोटरपुल पुल, झोलुङ्गे पुल, पर्यटन लगायतका विकास निर्माणमा महत्वपूर्ण आवश्यकता रहेको बताएका हुन । 


सांसद कुवँरले जनअपेक्षा बमोजिम आफूले काम गर्ने बताउँदै अति महत्वपूर्ण आवश्यकतालाई पहिलो प्राथमिकता दिएर आगामी वर्षको बजेटमा योजनालाई प्राथमिकता दिने बताउनु भयो । बिहिबार दिँउसो १ बजे ढोरपाटन नगरपालिका अन्र्तगतका नागरिक, जनप्रतिनिधी र राजनैतिक दलका प्रतिनधिी संग कार्यक्रम राखिएको जनाइएको छ । ​​​​​​​

ढोरपाटनमा आत्महत्या र दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतना ।

0

 

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार आत्महत्या न्यूनिकरण र दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार देशमै बागलुङ जिल्ला आत्महत्या गर्ने सङ्ख्याको दृष्टिकोणले दोश्रो स्थानमा रहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न र बढि मात्रामा युवा पिँडीमा देखिएको लागूऔषध दुर्व्यसनीलाई न्यूनिकरणका निम्ती यस्तो प्रकारको कार्यक्रम आयोजना गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरीक्षक देव प्रकाश घिमिरेले बताउनु भयो । उहाँका अनुसार बागलुङ जिल्लामा चालु आर्थिक बर्षको चैत्र मसान्त सम्म ४३ जनाले विभिन्न तरिकाले आत्महत्या गरेको पाइएको छ ।

जिल्लामा आर्थिक बर्ष २०७८÷०७९ मा ४४ जना २०७९÷०८० मा ५३ जना, २०८०÷०८१ मा ६२ जना रहेको पाइएको हो । आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि हुँदै जान थालेपछी जनचेतना मूलक कार्यक्रम अगाडि बढाउन थालिएको जनाइएको हो ।

आत्महत्याको कारण अन्र्तगत मानसिक तनाब बढि रहेको पाइएको छ त्यस्तै लागूऔषध दुव्र्यसनीले गर्दा समेत आत्महत्याको संख्या वृद्धि भएको पाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द वस्नेतले बताउनु भयो । मानसिक स्वास्थ्यका सुचक, दृव्र्यसनीको पहिचान र रोकथाम, आत्महत्या बढ्नुका कारण र त्यसको न्यूनिकरणका सन्दर्भमा बुर्तिबाङ अस्पतालका मेडिकल अधिकृत डा. रचना सुवेदी र प्रहरी निरीक्षक आनन्द वस्नेतले सहजिकरण गर्नुभएको हो ।

यस्तो सचेतनामुलक कार्यक्रम विभिन्न संघसंस्था, समाज, आमा समुह लगाएतका क्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा स्वास्थ्य कर्मी प्रहरी, पत्रकार, महिला स्वास्थ्य स्वयमसेवीका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम देव प्रकाश घिमिरेको सञ्चालन , ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक भुमिश्वर शर्माको समापनमा सम्पन्न भएको थियो ।

 

ढोरपाटन बन्यो पूर्ण खोप सुनिश्चितता घोषणा भएको पालिका ।

0

छविलाल पाण्डे जेठ ७ गते

बागलुङको ढोरपाटन नगरपालिकालाई बुधबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम सम्पन्न गरिएको छ ।

पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा शून्य देखि १५ महिना उमेर समुहका खोप लगाइरहेका ६०८ जना , १६ देखि २३ महिना उमेर समुहका पूर्ण खोप प्राप्त गरेका ४५४ जना घरधुरी सर्वेक्षणको क्रममा खोपको मात्रा पुरा नगरेका १० जना बालबालिकालाई समेत खोपको दायरामा ल्याउ सफल भएपछि बुधबार औपचारिक रुपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गत २०८१ माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत्र र बैशाख महिनामा ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि आज पालिका घोषणा गरिएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताउनु भयो ।

ढोरपाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सँगै यसलाई दिगो बनाउन सबैको सहयोग र अपनत्व आवश्यक रहेको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा बुर्तिबाङ अस्पतालका मेडिकल अधिकृत डा. रचना सुवेदी, ढोरपाटन नगरपालिका लेखा अधिकृत सूर्य बहादुर बिक., प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरीक्षक देव प्रकाश घिमिरे, वडा अध्यक्षको तर्फदेखि वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, अस्पताल नर्सिङ निरीक्षक पार्वती अर्याल, महिला स्वास्थ्य स्वयम् सेवीका खगीसरा पाण्डेले बोल्दै सबैको सक्रियताका कारण पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको बताउँदै यसलाई दिगो बनाउन सबै जुट्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रम बेली कुमारी भुजेलको स्वागत केशव थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

 

ढोरपाटन नगरपालिका वडा नम्बर १ द्धारा उत्कृष्ट विद्यार्थी सम्मान ।

0

 ढोरपाटन नगरपालिका वडा नम्बर १ ले मङ्गलबार एक कार्यक्रमका बिच सामुदायिक विद्यालयबाट कक्षा ८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

वडा नम्बर १ अन्र्तगत सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रा र एक छात्रलाई सम्मान गर्ने कार्यक्रम अनुरूप कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने उत्तरगङ्गा माध्यमिक विद्यालयका छात्रा निशा खनाल र सोही विद्यालयका छात्र सँगम घर्तिलाई सम्मान गरिएको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताउनु भयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले गरेको मिहिनेतलाई सम्मान गर्दे यस्तो कार्यक्रम अगाडि बढाइएको जनाईएको छ । वडाका जनप्रतिनिधि , सम्बन्धित विद्यालयका प्रधानाध्यापक र कर्मचारीको उपश्थिती मा कार्यक्रम आयोजना गरिएको थियो । उत्कृष्ट अङ्क ल्याउने खनालले ३.६० जिपिए र घर्तिले ३.२६ जिपिए प्राप्त गरेका थिए ।

प्रि–मनसुनी वर्षाले यसवर्षको मनसुनलाई जोड्ने सम्भावना

0

प्रि–मनसुनी गतिविधिका कारण केही दिनयता देशका धेरैजसो ठाउँमा पानी परेको छ । हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुँदै आएको छ ।

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।

अझै केही दिन प्रि–मनसुनी वर्षा कायमै रहने मौसमविद्को अनुमान छ । यो वर्षाले मनसुनलाई जोड्ने सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलको भनाइ छ ।

औसतमा नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिन्छ भने अक्टोबर २ तारिखमा बाहिरिन्छ । मनसुन भित्रिने अवधि जेठ अन्तिमलाई आधारमान्दा अब २२/२३ दिन बाँकी छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका थोरै ठाउँमा र देशका बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली एक-दुई ठाउँमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ । आज राति पनि सबै प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

नर्जा –भित्रीवन जोड्ने झोलुङ्गे पुलको सांसद कुवँर द्धारा शिल्यान्स ।

0

जेठ ६ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ६ स्थित नर्जाखानी र भित्री वनका नागरिकलाई जोड्ने गरी दुई सय ८७ मिटर लामो झुलुङ्गे पुल निर्माण सुरु भएको हो ।

भौगोलिक रूपले टाढा रहेका दुई गाउँका नागरिकलाई वडा सम्म जोड्न र टाढा रहेको दूरीलाई नजिक बनाउने उद्देश्य स्वरुप पुल बन्न लागेको हो । गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको पहलमा कुल दुई करोड २० लाख लागतमा बन्ने उक्त पुल आगामी मंसिर महिना सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गत चैत्र महिनामा निर्माणको जिम्मा पाएको गोर्खा कन्ट्रक्सनले अब लगत्तै काम सुरु गर्ने गरी अगाडी बढेको आयोजना प्रमुख हिरामान तामाङ्ग ले बताउनु भयो । पुल निर्माण भएसंगै बर्सातमा ठाडो खोलामा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता र करिब आधा घण्टाको दुरी छोटिने स्थानीय  तम बहादुर छन्त्यालले बताउनु भयो ।

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा, वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्याल जनप्रतिनिधि, स्थानीय नागरिकको विचमा पुलको शिल्यान्स गरिएको हो ।

 त्यस्तै सांसद कुवँर र गाउँपालिका अध्यक्ष सहितको टोलीले सोही वडाको पात्ले गाउँका नागरिकको समस्या र त्यहाँको विकास निर्माणको सन्दर्भमा नागरिक संग अन्र्तक्रिया गरिएको थियो ।