ढोरपाटन नगरपालिका वडा नम्बर १ ले मङ्गलबार एक कार्यक्रमका बिच सामुदायिक विद्यालयबाट कक्षा ८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
वडा नम्बर १ अन्र्तगत सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रा र एक छात्रलाई सम्मान गर्ने कार्यक्रम अनुरूप कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने उत्तरगङ्गा माध्यमिक विद्यालयका छात्रा निशा खनाल र सोही विद्यालयका छात्र सँगम घर्तिलाई सम्मान गरिएको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताउनु भयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले गरेको मिहिनेतलाई सम्मान गर्दे यस्तो कार्यक्रम अगाडि बढाइएको जनाईएको छ । वडाका जनप्रतिनिधि , सम्बन्धित विद्यालयका प्रधानाध्यापक र कर्मचारीको उपश्थिती मा कार्यक्रम आयोजना गरिएको थियो । उत्कृष्ट अङ्क ल्याउने खनालले ३.६० जिपिए र घर्तिले ३.२६ जिपिए प्राप्त गरेका थिए ।










