Home Blog Page 48

नेपाल छन्त्याल सङ्घको केन्द्रिय अध्यक्षमा ढोरपाटनका हरिचन डाँडामारे छन्त्याल ।

0

जेठ १८ गते ढोरपाटन

नेपाल छन्त्याल सङ्घको काठमाण्डौमा भएको ८ औँ अधिवेशनबाट बागलुङको ढोरपाटन नगरपालिका ६ घैयाखानी का हरिचन डाँडामारे छन्त्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

जेठ १५,१६ र १७ गते काठमाण्डौमा आयोजित कार्यक्रमका अवसरमा निवर्तमान अध्यक्ष मोहन छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रमुख अतिथिको रुपमा उद्धघाटन गर्नुभएको थियो ।

निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष तमानखोलाबोङगाखानी का यमुना छन्त्याल , उपाध्यक्ष महिला थममाया घरब्जा छन्त्याल, उपाध्यक्ष खुल्ला चक्र बहादुर घरब्जा छन्त्याल,उपाध्यक्ष गण्डकी प्रदेश खिम बहादुर झिराजा छन्त्याल, बागमती प्रदेश धन बहादुर तथब्जा छन्त्याल, लुम्बिनी प्रदेशबाट योगेन्द्र घरब्जा छन्त्याल चयन हुनुभएको छ ।

त्यस्तै महासचिवमा समप्रसाद भलञ्जा छन्त्याल, उप महासचिब नविन घरब्जा छन्त्याल सचिवमा चुडामणि भलञ्जा छन्त्याल र महिला आरक्षण कोटाबाट सचिव हिराकुमारी भलञ्जा छन्त्याल निर्वाचित हुनुभएको हो । २ पद रिक्त सहित ३३ सदस्य केन्द्रिय समितिको गठन गरिएको जनाइएको छ ।

तमानखोलाका विभिन्न स्थानमा कल्भर्ट पुल बन्दै : बर्षातमा समेत सहज यात्रा हुने स्थानीय आशाबादी ।

0

 

बागलुङको तमानखोला गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा विभिन्न चार स्थानमा कल्भर्ट पुल बनिरहेका छन ।

बर्षातको समयमा करिब ५ महिना खोलामा पानीको बहाब बद्दा गाउँसम्म सहज रुपमा यातायातका साधन पुग्न नसक्ने अवस्थाबाट बञ्चित रहेका स्थानीय नागरिकको समस्यालाई सम्बोधन गर्दे गाउँपालिकाले कल्भर्ट पुल मार्फत विकास अगाडि बढाएको हो ।

गतबर्ष दुई वटा पुल बनाएपछि सहज यात्रा गर्न पाएर दँग भएका स्थानीय नागरिक यसबर्ष चार ठाउँमा पुल बन्ने देखेपछि अब भने सहज रुपमा गाउँगाउँमा बर्षातको समयमा पनी सवारी चल्नेमा आशाबादी देखिएका छन ।बर्षातको समयमा उर्लने स्थानीय खोलाहरुमा मोटरेवल पुल बनाउन धेरै लगानी लाग्ने र मोटरेवल पुल बन्न धेरै समय लाग्ने अवस्था देखिएपछि साना खोलाहरुमा पनी बर्षातको समयमा नागरिकले पाएको सास्तिलाई म्ध्यनजर राख्दै पालिकाले बजेट विनीयोजन गरेर कल्भर्ट पुल वनाएर सिधा सवारीका साधन चल्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

खोलाको दुरी धेरै भएको ठाउँमा मोटरेवल पुल बनाउन पहल गरेका छौँ सानो दुरी रहेको क्षेत्रमा कल्भर्ट पुल प्रभावकारी देखिएपछि विभिन्न स्थानमा क्लभर्ट निर्माण गरिएको अध्यक्ष बुढाको भनाई छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले बोङगाखानी–बोङगादोभान घाट वडा नम्बर २ मा ७९ लाख ८८ हजार लागतमा पुल बनाइरहेको छ ।

हालसम्म ८५ प्रतिशत काम सकिएको हो ।  त्यस्तै वडा नम्बर ६ को नर्जा नुन्थला घाटमा ५७ लाख ३५ हजार लागतमा काम भइरहेको छ । वडा नम्बर ३ तमानको धोङखोलाघाटमा कल्भर्ट निर्माण सम्पन्न भएको छ । उपभोक्ता समिती मार्फत १० लाख लागतमा उक्त कल्भर्ट बनेको हो । त्यस्तै गण्डकी प्रदेश सरकार मार्फत सेर्माघाटमा कल्भर्ट निर्माण भइरहेको तमानखोला गाउँपालिका प्राविधिक प्रमुख राजन जिसीले बताउनु भयो ।

आगामी आर्थिक वर्षमा खुँखानी –थास्पुरी  सहित दुई स्थानमा कल्भर्ट र बोङगादोभान –तमान जाने तमानखोला  र वडा नम्बर ५ खुँखानी नर्जाखानी जाने खोलामा मोटरेवल पुल निर्माण भएमा तमानखोला गाउँपालिका सबै नागरिक सहज रुपमा बर्षातको समयमा समेत यात्रा गर्न सक्ने भएका हुन ।

आफुहरुको समस्या बर्षातको समयमा सिधा सडक सञ्जाल नहुँदा सास्ति भएको बताउँदै मोटरेवल पुल र कल्र्भट बनेमा निकै सहजता हुने तमानखोला ६ भित्रिवनका तम बहादुर छन्त्यालले बताउनु भयो । गाउँपालिकाले नागरिकको समस्यालाई मध्यनजर राख्दै यसबर्ष करिब डेढ करोड रुपैयाँ कल्भर्ट पुल निर्माणमा लगानी गरेको हो ।

ढोरपाटन उद्योग वाणिज्य संघको साधारण सभा: निजी क्षेत्रसँग सहकार्य गछौँ का.वा मेयर कायत 

0


ढोरपाटन उद्योग वाणिज्य सङ्घको शनिबार चौथो साधारण सभा बुर्तिबाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्‌घाटन गर्नुभएको हो ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मेयर कायत ले निजी क्षेत्र र सरकारबीचको समन्वय भएमा मात्र समृद्धि हासिल हुने बताउनु भयो । ढोरपाटन उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीको हक अधिकार सँगै रोजगार र व्यवसायिक सम्भाब्यता लाई अगाडि बढाउने निकाय भएका कारण उद्योग वाणिज्य संघ ढोरपाटन सँग स्थानीय सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
कायत ले थप बोल्दै व्यवसायीका धेरै समस्या र चुनौती छन यहाँको समृद्धि ल्याउन व्यवसायिक क्षेत्र समेत महत्वपूर्ण आधार भएका कारण उद्योग, लघु उद्यम, व्यवसाय र यहाँको पर्यटन प्रर्वद्धन सँगै उद्योग वाणिज्य संघ सँग रोजगारी सृजना गर्ने विषयमा समेत हातेमालो गरेर अगाडि बढिने बताउनु भयो ।
उद्योगवाणिज्य सङ्घले लिएका लक्ष्यमा समेत साथ दिने प्रतिबद्धता जनाउनु भएको हो । 

 ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ केन्द्रिय सदस्य यूवराज भण्डारी, गण्डकी प्रदेश सदस्य गोपि अधिकारी, बागलुङ उद्योग वाण्ज्यि संघ अध्यक्ष राजन शाक्य, गल्कोट नगर अध्यक्ष ढालिन्द्र गौतम, ढोरपाटन उद्योग वाणिज्य संघका सल्लाहकार हर्क बहादुर गुरुङ, उत्तम बहादुर महत, राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेस प्रदेश सभापति मेषलाल शर्मा, नेकपा एमालेका गुञ्ज बहादुर भण्डारी, नेकपा समाजवादी बालसम कुवँर, बैँकर्स एसोसियसन बुर्तिबाङको तर्फदेखि राम बहादुर कुवँर लगायतको शुभकामना मन्तब्य रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालद्वारा हालसम्म गरिएका प्रगतीभावि लक्ष्य र योजनाका सन्दर्भमा धारणा राख्नु भएको हो ।
अध्यक्ष छन्त्यालका अनुसार हालसम्म संस्थाको बचत १५ लाख रुपैयाँ रहेको, चालु आर्थिक वर्षमा संस्थाको भवन निर्माणका निम्ती जग्गा खरिद प्रकृया अगाडी बढाउने र आगामी आर्थिक वर्षमा भवन बनाउने लक्ष्य रहेको, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशमा दर्ता हुन सफल भएको र चाँडै नेपाल उद्योग महासङ्घमा दर्ता हुने गरी तयारी अगाडि बढाइएको, व्यवसायीको हक हित सँगै यस क्षेत्रको दिगो विकास र पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रमका अवसरमा उत्कृष्ट व्यवसायी, नयाँ व्यवसायी, ज्येष्ठ सेयर सदस्य सम्मान गरिएको हो ।
संस्थाका सल्लाहकार हरि बहादुर कुवँरको स्वागत रहेको कार्यक्रममा महासचिब ज्ञान प्रसाद कँडेलद्धारा संस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष दिपक कुमार अदैद्धारा लेखा प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो । अदैले संस्थाको जग्गा खरिदका निम्ती ७ लाख ७७ हजार ९ सय ९९ रुपैयाँ व्याक्तिगत रुपमा उपलब्ध गराउने उद्धघोष समेत गर्नुभयो ।
कार्यक्रम महासचिब ज्ञान प्रसाद कँडेलको सञ्चालन, उपाध्यक्ष चिन्तामणी सापकोटाको समापन मन्तव्य संगै सकिएको हो । 

हिरामणि पौडेलद्वारा लिखित  दुई पुस्तक लोकार्पण । 

0

ढोरपाटन जेठ १८

निसीभुजी जनता क्याम्पसका प्राध्यापक हिरामणि पौडेलद्वारा लिखित दुई पुस्तकको शनिबार एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । पौडेलद्वारा लिखित प्रयास कथासङ्ग्रह र वर्णविन्यास हाते पुस्तिका २०८१ को विधिवत रुपमा लोकार्पण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घको चौथो साधारण सभाका अवसरमा हिरामणि पौडेल (हिरा सर)द्धारा लेखिएको दुई पुस्तकको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले लोकार्पण गर्नुभएको हो । प्रयास, विधवा आमा र म , नाता, पछुतो, मणि खोसिएको दोभान, धनी को , यौनतृष्णा, धनको तुजुक, प्रेम पुनर्मिलन, नेतृत्व, निवृत्त जीवन सङ्ग्रह सहितको कथासङ्ग्रह पुस्तकमा समेटिएको छ ।

त्यस्तै वर्णविन्यास हाते पुस्तिकामा नेपाली शब्दकोश, परिवर्तित नेपाली भाषा शुद्ध लेखन प्रयोजनका निम्ती पुस्तक महत्वपूर्ण रहेको हो । ३२ वर्षदेखि शिक्षण पेशामा रहनु भएका पौडेल नेपाली विषयका उत्तरगङ्गा माविका शिक्षक समेत हुनुहुन्छ । विभिन्न समयमा पुस्तक, उपन्यास लेख्दै आउनु भएको उहाँले लामो मिहिनेत पछि दुई पुस्तक लोकार्पण गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।

लोकार्पण समारोहमा शिक्षक निम बहादुर जिसीले यहाँको जीवनी, पुस्तक लेखनका अवस्था, पुस्तकमा लेखिएका विषयमा प्रस्ट पर्नुभएको थियो । लेखक पौडेललाई उद्योग वाणिज्य सङ्घले सम्मान समेत गरेको छ ।

गण्डकी प्रदेशमा सार्वजनिक गाडी बन्द हुँदा आवतजावतमा कठिनाइ

0

गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानूनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक गाडी बन्दका कारण आज सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका गाडी व्यवसायीले नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । सार्वजनिक यातायात सेवा बन्द भएका कारण टाढाटाढा जानुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
बुर्तिबाङ ढोरपाटन यातायात्र व्यवसायी समितीका सचिब नर बहादुर क्षेत्रीका अनुसार आफूहरुको आन्दोलनका कारण आज बिहानैदेखि गण्डकी प्रदेशभित्र ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा बन्द भएको बताउनुभयो । आन्दोलनका कारण बागलुङको पश्चिम क्षेत्रमा समेत यातायात अबरुद्ध भएको हो ।
आजदेखि गण्डकीभित्र र जेठ १९ गतेदेखि देशभर गाडी अवरुद्ध गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

बुर्तिबाङमा ५ औँ गण्डकी प्रदेश स्तरीय आईटीएफ तेक्वान्डो प्रतियोगिता ।

0

 जेठ १६ गते ढोरपाटन

बागलुङको बुर्तिबाङमा ५ औँ गण्डकी प्रदेश स्तरीय आईटीएफ तेक्वान्डो प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार देखि बुर्तिबाङमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न ६ जिल्ला र आयोजक टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा १५ गोल्ड, ३ सिल्भर र ७ ब्रोन्ज सहित स्याङजा टिम च्यापियन बन्न सफल भएको छ । त्यस्तै ७ गोल्ड, ४ सिल्भर र ९ ब्रोन्ज सहित तनहुँ टिम दोश्रो र ४ गोल्ड ५ सिल्भर, ११ व्रोन्ज सहित आयोजक समुह तिर्तिय हुन सफल भएको हो । महिला वेस्ट प्लेयरमा स्याङजाका अहोम गुरुङ र पुरुष तर्फ सालाका श्रेष्ठ तनहुँ उत्कृष्ट बन्नु भएको हो ।

आयोजित समापन समारोहमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले प्रमुख अतिथिको रुपमा बोल्दै खेल क्षेत्रले व्यक्तिमा अनुशासन, क्षमताको वृद्धि सँगै खेलक्षेत्रबाट समाज र देशलाई चिनाउन सक्ने बताउँदै खेलाडी राष्ट्रका गहना रहेको बताउनु भयो । ढोरपाटन नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताउँदै यस क्षेत्रबाट धेरै खेलाडीहरूले उत्कृष्ट प्रगति गर्न सफल भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो खेलमा हारजित स्वभाविक रहेपनि क्षमतालाई निखारिदै आगामी दिनमा थप मिहिनेतका साथ अगाडि बढ्न खेलाडीलाई आग्रह गर्दे उत्कृष्ट खेलाडीलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै खेल क्षेत्रको विकास भएमा मात्र देशको विकास हुने बताउनु भयो ।

आफु पनी खेलप्रेमी रहेका कारण जुनसुकै खेलको पनि आफ्नै महत्व छ । खेलाडीले कुशलता र अनुशासन पूर्वक अगाडी बढेमा सफल हुन सकिने बताउनु भयो ।

आईटीएफ तेक्वान्डो सङ्घ बागलुङका अध्यक्ष प्रतीक घर्ती मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा आईटीएफ तेक्वान्डो केन्द्रिय महासचिव एवम् गण्डकी प्रदेश अध्यक्ष घम बहादुर थापा, वडा अध्यक्ष भेक बहादुर खत्री, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष अन्जु वि.क., जिल्ला खेलकुद विकास समिती सदस्य सरोज घर्ती लगायत पत्रकार, प्रहरी, प्रशिक्षक, रेफ्री लगायतको आतिथ्यता रहेको थियो । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्र द्धारा सम्मान गरिएको हो ।

वडिगाडमा निःशुल्क आँखा शिविर तथा मोतिविन्दुको सल्यक्रिया

0

बागलुङको वडिगाड गाउँपालिका ५ मा निःशुल्क रुपमा आँखाका विरामीको चेकजाँच तथा मोतिविन्दुको सल्यक्रिया गरिएको छ । वडिगाड गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरमा ३६० जनाको आँखाको चेकजाँच संगै १९ जनाको मोतिविन्दुको सल्यक्रिया गरिएको लायन्स क्लब अफ धौलागिरीका अध्यक्ष गणेश महतोले बताउनु भयो ।

नेपाल नेत्र ज्वती संघ धौलागिरी आँखा अस्पत्ताल बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोग, लायन्स क्लब अफ धौलागिरीको सहआयोजनामा शिविर सम्पन्न भएको हो । शिविरले आखाका समस्या भएका विरामीलाई राहत पुगेको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।

ग्वालिचौर स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो ।

सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ कराेडकाे बजेट (पूर्णपाठ)

0

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।

आउँदाे आर्थिक वर्षको बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापमा ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन भएको छ ।

आउँदाे आर्थिक वर्षको व्ययको अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ५ दशमलव ६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र पालिकाका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आउँदाे आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ उठाइने अनुमान गरिएको छ । बाँकी ५ खर्ब ९५ अर्ब ६६ अर्ब रुपैयाँ बराबर न्यून हुनेछ । त्यसका लागि आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब र बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ व्यहोरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।Bajet Dhorpatan Times

https://giwmscdnone.gov.np/media/pdf_upload/Webside%20Final%20budget%20Speech%202_15_qbn3jyt.pdf

इमेज सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर कारागार चलान

0

पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।

सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो।

बयान सकिएपछि सोमबार इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।

नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जिबी राइसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए। ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि नेपाली दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए।

सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

दिल्लीबाट ल्याएर बागलुङ पठाइएका मेयर नेपाली जिल्ला अदालत बागलुङको आदेशले कारागारमा छन्। कास्की जिल्ला अदालतले नेपालीलाई बागलुङ कारागारमै थुनामा राख्ने गरी आदेश भएको सूचना अधिकारी आचार्यले बताए।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ। इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो।

नेपालीलाई सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा पनि ठगी अभियोग छ। सुर्यदर्शनको उपाध्यक्ष रहेका बेला नेपालीको खातामा सहकारीबाट ७७ लाख ५० हजार रुपैयाँ अनधिकृत रुपमा गएको र उक्त रकम अहिलेसम्म फिर्ता नगरेको सरकारी वकिलले पेश गरेको जाहेरीमा उल्लेख छ।

सुर्यदर्शन सहकारीको मुद्धामा गत विहिबार जिल्ला अदालतका न्यायाधीश कृष्णजङ्ग शाहले २० लाख रुपैयाँ धरौटीमा छाड्न अदेश दिएका थिए। अदालतका सूचना अधिकारी आचार्यका अनुसार नेपालीले सुर्यदर्शन सहकारी ठगी अभियोगमा अदालतले मागेको धरौटी रकम नेपालीले बुझाएका छैनन्।

साभार सेतोपाटी अनलाईन

ढोरपाटन नगरपालिकामा सार्वजनिक सुनवाई : हालसम्म ६१ प्रतिशत बजेट खर्च ।

0

जेठ १० गते शनिबार ढोरपाटन नगरपालिकाको आयोजनामा चालु आथिर्क बर्ष २०८१÷०८२ को दोश्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम शनिबार वडा नम्बर १ बुर्तिबाङमा सम्पन्न भएको छ ।

नगरपालिका, वडा कार्यालय र विषयगत शाखाबाट प्रवाह सेवा सुविधा र विकास निर्माणको सन्दर्भमा नागरिकको बिचमा सार्वजनिक सुनवाई गरिएको हो । ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि नागरिकले उठाएका प्रश्न, जिज्ञासा र गुनासोको सन्दर्भमा पालिकाको तर्फदेखि प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, विषयगत शाखाका प्रमुख र जनप्रतिनिधिले प्रस्ट पार्नुभएको हो ।

कार्यक्रममा टँक प्रसाद पौडेल, ज्ञान प्रसाद कँडेल, दुर्गादेवी घर्ती, पदम छन्त्याल, थमनाथ पौडेल,जलन कुवँर लगाएत सहभागि नागरिकले प्रश्न जिज्ञासा र गुनासो व्यक्त गरेका हुन ।

सहभगिबाट बढि मात्रामा बजार र सवारी व्यवस्थापन नभएको, पाठ्यक्रम परिमार्जन हुँदै जाँदा पुराना शिक्षकलाई समेत तालिमको व्यवस्थापन हुनुपर्ने, बजारमा सौर्य बत्ती विस्तार र पुराना बत्ती मर्मत गरिनुपर्ने, विषादि मुक्त पालिका बनाउनुपर्ने र स्थानीय कृषि उपजलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडी बढाउनु पर्ने, बसपार्कमा सार्वजनिक शौचालय बनाउनु पर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने, भु वर्गीकरण कार्यक्रम भएपनि वडाबाटै अनविज्ञ रहेका कारण आवश्यक कार्यक्रम आवश्यक रहेको लगायतका सुझाब व्यक्त गरिएको थियो ।

प्रश्न भन्दा बढि सुझाब राखिएको कार्यक्रममा नगरपालिकाले श्रोत र साधनले भ्याएसम्म कार्यक्रम अगाडी बढाइरहेकोमा आगामी दिनमा महिला लक्षित , रोजगार मूलक कार्यक्रम, बुर्तिबाङ अस्पतालमा पर्याप्त औषधि नपाइने समस्या, बजार क्षेत्रमा भुस्याहा कुकुर र सडक मानव व्यवस्थापनमा ध्यान दिनुपर्ने, सवारी साधनलाई रुट बनाएर आवत जावत बनाउनु पर्ने, जनप्रतिनिधि महत्वपूर्ण कार्यक्रममा समेत उपस्थित नुहने परिपाटी बृद्धि भएका कारण त्यसमा ध्यान दिनुपर्ने लगायतका विषयमा जिज्ञासा र गुनासो व्यक्त गरिएको हो ।

कार्यक्रममा सहभागि बाट उठेका प्रश्न, विज्ञासा र गुनासोको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, शिक्षा शाखा प्रमुख गणेश बहादुर रावल, स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा लगायतले प्रष्ट पार्नुभएको हो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, स्थानीय नागरिक पत्रकार ,प्रहरी लगायतको उपश्थिती रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत घिमिरेद्धारा प्रस्तुत प्रगती विवरण अनुसार कुल ६० करोड ९६ लाख बजेट मध्ये ४३ करोड ३८ लाख बजेट खर्च भएको बताइएको हो ।जसमा चालु तर्फ ६४.२० प्रतिशत र पुँजीगत तर्फ ५७.९२ प्रतिशत बजेट खर्च भएको पाइएको हो ।

कुल बजेट मध्ये ६१.८४ प्रतिशत बजेट खर्च गरेको पालिकाले अधिकांस विकास निर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाइएको हो । कुल १७६ योजना मध्ये १७२ योजना सम्झौता भई १२२ योजना निर्माण सम्पन्न भएको पाइएको हो । फरफारक हुन ५० योजना रहेको र हालसम्म ४ वटा योजना सम्झौता हुन बाँकी हरेको विवरणमा उल्लेख छ ।

पालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृर्षि, पशु, पोषणमैत्री कार्यक्रम, सिपविकास तालिम लगायतका मह्तवपूर्ण कार्यक्रम गरिएको जनाउँदै नगरपालिका भर चालु आर्थिक बर्षमा १२१ व्यवसाय नयाँ दर्ता, १०२० व्यवशाय नविकरण भई विभिन्न व्यवसाय र कर मार्फत पालिकाले १ करोड १८ लाख राजश्व संकलन गर्न सफल भएको पाइएको छ । ढोरपाटन नगरपालिका विभिन्न सुचक पुरा गरी जिल्लामै दोश्रो स्थानमा पर्न सफल भएको र शुसाजन, जनताप्रति उत्रदायी बनाउने गरी आफुहरुले कार्यक्रम र कार्यसम्पादन अगाडि बढिरहेको बताइएको हो ।

कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष उमेश बुढाको स्वागत, पत्रकार कमल पौडेलद्धारा नागरिक अभिमत ,बर्हिगमन विवरण , कार्यक्रमको विषयमा टिप्पणी विवरण प्रस्तुत गर्नुभएको हो । पत्रकार छविलाल पाण्डेको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।