ढोरपाटन नगरपालिकामा सार्वजनिक सुनवाई : हालसम्म ६१ प्रतिशत बजेट खर्च ।

जेठ १० गते शनिबार ढोरपाटन नगरपालिकाको आयोजनामा चालु आथिर्क बर्ष २०८१÷०८२ को दोश्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम शनिबार वडा नम्बर १ बुर्तिबाङमा सम्पन्न भएको छ ।

नगरपालिका, वडा कार्यालय र विषयगत शाखाबाट प्रवाह सेवा सुविधा र विकास निर्माणको सन्दर्भमा नागरिकको बिचमा सार्वजनिक सुनवाई गरिएको हो । ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि नागरिकले उठाएका प्रश्न, जिज्ञासा र गुनासोको सन्दर्भमा पालिकाको तर्फदेखि प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, विषयगत शाखाका प्रमुख र जनप्रतिनिधिले प्रस्ट पार्नुभएको हो ।

कार्यक्रममा टँक प्रसाद पौडेल, ज्ञान प्रसाद कँडेल, दुर्गादेवी घर्ती, पदम छन्त्याल, थमनाथ पौडेल,जलन कुवँर लगाएत सहभागि नागरिकले प्रश्न जिज्ञासा र गुनासो व्यक्त गरेका हुन ।

सहभगिबाट बढि मात्रामा बजार र सवारी व्यवस्थापन नभएको, पाठ्यक्रम परिमार्जन हुँदै जाँदा पुराना शिक्षकलाई समेत तालिमको व्यवस्थापन हुनुपर्ने, बजारमा सौर्य बत्ती विस्तार र पुराना बत्ती मर्मत गरिनुपर्ने, विषादि मुक्त पालिका बनाउनुपर्ने र स्थानीय कृषि उपजलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडी बढाउनु पर्ने, बसपार्कमा सार्वजनिक शौचालय बनाउनु पर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने, भु वर्गीकरण कार्यक्रम भएपनि वडाबाटै अनविज्ञ रहेका कारण आवश्यक कार्यक्रम आवश्यक रहेको लगायतका सुझाब व्यक्त गरिएको थियो ।

प्रश्न भन्दा बढि सुझाब राखिएको कार्यक्रममा नगरपालिकाले श्रोत र साधनले भ्याएसम्म कार्यक्रम अगाडी बढाइरहेकोमा आगामी दिनमा महिला लक्षित , रोजगार मूलक कार्यक्रम, बुर्तिबाङ अस्पतालमा पर्याप्त औषधि नपाइने समस्या, बजार क्षेत्रमा भुस्याहा कुकुर र सडक मानव व्यवस्थापनमा ध्यान दिनुपर्ने, सवारी साधनलाई रुट बनाएर आवत जावत बनाउनु पर्ने, जनप्रतिनिधि महत्वपूर्ण कार्यक्रममा समेत उपस्थित नुहने परिपाटी बृद्धि भएका कारण त्यसमा ध्यान दिनुपर्ने लगायतका विषयमा जिज्ञासा र गुनासो व्यक्त गरिएको हो ।

कार्यक्रममा सहभागि बाट उठेका प्रश्न, विज्ञासा र गुनासोको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, शिक्षा शाखा प्रमुख गणेश बहादुर रावल, स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा लगायतले प्रष्ट पार्नुभएको हो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, स्थानीय नागरिक पत्रकार ,प्रहरी लगायतको उपश्थिती रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत घिमिरेद्धारा प्रस्तुत प्रगती विवरण अनुसार कुल ६० करोड ९६ लाख बजेट मध्ये ४३ करोड ३८ लाख बजेट खर्च भएको बताइएको हो ।जसमा चालु तर्फ ६४.२० प्रतिशत र पुँजीगत तर्फ ५७.९२ प्रतिशत बजेट खर्च भएको पाइएको हो ।

कुल बजेट मध्ये ६१.८४ प्रतिशत बजेट खर्च गरेको पालिकाले अधिकांस विकास निर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाइएको हो । कुल १७६ योजना मध्ये १७२ योजना सम्झौता भई १२२ योजना निर्माण सम्पन्न भएको पाइएको हो । फरफारक हुन ५० योजना रहेको र हालसम्म ४ वटा योजना सम्झौता हुन बाँकी हरेको विवरणमा उल्लेख छ ।

पालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृर्षि, पशु, पोषणमैत्री कार्यक्रम, सिपविकास तालिम लगायतका मह्तवपूर्ण कार्यक्रम गरिएको जनाउँदै नगरपालिका भर चालु आर्थिक बर्षमा १२१ व्यवसाय नयाँ दर्ता, १०२० व्यवशाय नविकरण भई विभिन्न व्यवसाय र कर मार्फत पालिकाले १ करोड १८ लाख राजश्व संकलन गर्न सफल भएको पाइएको छ । ढोरपाटन नगरपालिका विभिन्न सुचक पुरा गरी जिल्लामै दोश्रो स्थानमा पर्न सफल भएको र शुसाजन, जनताप्रति उत्रदायी बनाउने गरी आफुहरुले कार्यक्रम र कार्यसम्पादन अगाडि बढिरहेको बताइएको हो ।

कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष उमेश बुढाको स्वागत, पत्रकार कमल पौडेलद्धारा नागरिक अभिमत ,बर्हिगमन विवरण , कार्यक्रमको विषयमा टिप्पणी विवरण प्रस्तुत गर्नुभएको हो । पत्रकार छविलाल पाण्डेको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img