ढोरपाटन उद्योग वाणिज्य संघको साधारण सभा: निजी क्षेत्रसँग सहकार्य गछौँ का.वा मेयर कायत 


ढोरपाटन उद्योग वाणिज्य सङ्घको शनिबार चौथो साधारण सभा बुर्तिबाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्‌घाटन गर्नुभएको हो ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मेयर कायत ले निजी क्षेत्र र सरकारबीचको समन्वय भएमा मात्र समृद्धि हासिल हुने बताउनु भयो । ढोरपाटन उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीको हक अधिकार सँगै रोजगार र व्यवसायिक सम्भाब्यता लाई अगाडि बढाउने निकाय भएका कारण उद्योग वाणिज्य संघ ढोरपाटन सँग स्थानीय सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
कायत ले थप बोल्दै व्यवसायीका धेरै समस्या र चुनौती छन यहाँको समृद्धि ल्याउन व्यवसायिक क्षेत्र समेत महत्वपूर्ण आधार भएका कारण उद्योग, लघु उद्यम, व्यवसाय र यहाँको पर्यटन प्रर्वद्धन सँगै उद्योग वाणिज्य संघ सँग रोजगारी सृजना गर्ने विषयमा समेत हातेमालो गरेर अगाडि बढिने बताउनु भयो ।
उद्योगवाणिज्य सङ्घले लिएका लक्ष्यमा समेत साथ दिने प्रतिबद्धता जनाउनु भएको हो । 

 ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ केन्द्रिय सदस्य यूवराज भण्डारी, गण्डकी प्रदेश सदस्य गोपि अधिकारी, बागलुङ उद्योग वाण्ज्यि संघ अध्यक्ष राजन शाक्य, गल्कोट नगर अध्यक्ष ढालिन्द्र गौतम, ढोरपाटन उद्योग वाणिज्य संघका सल्लाहकार हर्क बहादुर गुरुङ, उत्तम बहादुर महत, राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेस प्रदेश सभापति मेषलाल शर्मा, नेकपा एमालेका गुञ्ज बहादुर भण्डारी, नेकपा समाजवादी बालसम कुवँर, बैँकर्स एसोसियसन बुर्तिबाङको तर्फदेखि राम बहादुर कुवँर लगायतको शुभकामना मन्तब्य रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालद्वारा हालसम्म गरिएका प्रगतीभावि लक्ष्य र योजनाका सन्दर्भमा धारणा राख्नु भएको हो ।
अध्यक्ष छन्त्यालका अनुसार हालसम्म संस्थाको बचत १५ लाख रुपैयाँ रहेको, चालु आर्थिक वर्षमा संस्थाको भवन निर्माणका निम्ती जग्गा खरिद प्रकृया अगाडी बढाउने र आगामी आर्थिक वर्षमा भवन बनाउने लक्ष्य रहेको, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशमा दर्ता हुन सफल भएको र चाँडै नेपाल उद्योग महासङ्घमा दर्ता हुने गरी तयारी अगाडि बढाइएको, व्यवसायीको हक हित सँगै यस क्षेत्रको दिगो विकास र पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रमका अवसरमा उत्कृष्ट व्यवसायी, नयाँ व्यवसायी, ज्येष्ठ सेयर सदस्य सम्मान गरिएको हो ।
संस्थाका सल्लाहकार हरि बहादुर कुवँरको स्वागत रहेको कार्यक्रममा महासचिब ज्ञान प्रसाद कँडेलद्धारा संस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष दिपक कुमार अदैद्धारा लेखा प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो । अदैले संस्थाको जग्गा खरिदका निम्ती ७ लाख ७७ हजार ९ सय ९९ रुपैयाँ व्याक्तिगत रुपमा उपलब्ध गराउने उद्धघोष समेत गर्नुभयो ।
कार्यक्रम महासचिब ज्ञान प्रसाद कँडेलको सञ्चालन, उपाध्यक्ष चिन्तामणी सापकोटाको समापन मन्तव्य संगै सकिएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img