नेपाल छन्त्याल सङ्घको केन्द्रिय अध्यक्षमा ढोरपाटनका हरिचन डाँडामारे छन्त्याल ।

जेठ १८ गते ढोरपाटन

नेपाल छन्त्याल सङ्घको काठमाण्डौमा भएको ८ औँ अधिवेशनबाट बागलुङको ढोरपाटन नगरपालिका ६ घैयाखानी का हरिचन डाँडामारे छन्त्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

जेठ १५,१६ र १७ गते काठमाण्डौमा आयोजित कार्यक्रमका अवसरमा निवर्तमान अध्यक्ष मोहन छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रमुख अतिथिको रुपमा उद्धघाटन गर्नुभएको थियो ।

निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष तमानखोलाबोङगाखानी का यमुना छन्त्याल , उपाध्यक्ष महिला थममाया घरब्जा छन्त्याल, उपाध्यक्ष खुल्ला चक्र बहादुर घरब्जा छन्त्याल,उपाध्यक्ष गण्डकी प्रदेश खिम बहादुर झिराजा छन्त्याल, बागमती प्रदेश धन बहादुर तथब्जा छन्त्याल, लुम्बिनी प्रदेशबाट योगेन्द्र घरब्जा छन्त्याल चयन हुनुभएको छ ।

त्यस्तै महासचिवमा समप्रसाद भलञ्जा छन्त्याल, उप महासचिब नविन घरब्जा छन्त्याल सचिवमा चुडामणि भलञ्जा छन्त्याल र महिला आरक्षण कोटाबाट सचिव हिराकुमारी भलञ्जा छन्त्याल निर्वाचित हुनुभएको हो । २ पद रिक्त सहित ३३ सदस्य केन्द्रिय समितिको गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img