गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानूनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक गाडी बन्दका कारण आज सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका गाडी व्यवसायीले नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । सार्वजनिक यातायात सेवा बन्द भएका कारण टाढाटाढा जानुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
बुर्तिबाङ ढोरपाटन यातायात्र व्यवसायी समितीका सचिब नर बहादुर क्षेत्रीका अनुसार आफूहरुको आन्दोलनका कारण आज बिहानैदेखि गण्डकी प्रदेशभित्र ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा बन्द भएको बताउनुभयो । आन्दोलनका कारण बागलुङको पश्चिम क्षेत्रमा समेत यातायात अबरुद्ध भएको हो ।
आजदेखि गण्डकीभित्र र जेठ १९ गतेदेखि देशभर गाडी अवरुद्ध गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
गण्डकी प्रदेशमा सार्वजनिक गाडी बन्द हुँदा आवतजावतमा कठिनाइ










