जेठ १६ गते ढोरपाटन
बागलुङको बुर्तिबाङमा ५ औँ गण्डकी प्रदेश स्तरीय आईटीएफ तेक्वान्डो प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार देखि बुर्तिबाङमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न ६ जिल्ला र आयोजक टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा १५ गोल्ड, ३ सिल्भर र ७ ब्रोन्ज सहित स्याङजा टिम च्यापियन बन्न सफल भएको छ । त्यस्तै ७ गोल्ड, ४ सिल्भर र ९ ब्रोन्ज सहित तनहुँ टिम दोश्रो र ४ गोल्ड ५ सिल्भर, ११ व्रोन्ज सहित आयोजक समुह तिर्तिय हुन सफल भएको हो । महिला वेस्ट प्लेयरमा स्याङजाका अहोम गुरुङ र पुरुष तर्फ सालाका श्रेष्ठ तनहुँ उत्कृष्ट बन्नु भएको हो ।
आयोजित समापन समारोहमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले प्रमुख अतिथिको रुपमा बोल्दै खेल क्षेत्रले व्यक्तिमा अनुशासन, क्षमताको वृद्धि सँगै खेलक्षेत्रबाट समाज र देशलाई चिनाउन सक्ने बताउँदै खेलाडी राष्ट्रका गहना रहेको बताउनु भयो । ढोरपाटन नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताउँदै यस क्षेत्रबाट धेरै खेलाडीहरूले उत्कृष्ट प्रगति गर्न सफल भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो खेलमा हारजित स्वभाविक रहेपनि क्षमतालाई निखारिदै आगामी दिनमा थप मिहिनेतका साथ अगाडि बढ्न खेलाडीलाई आग्रह गर्दे उत्कृष्ट खेलाडीलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै खेल क्षेत्रको विकास भएमा मात्र देशको विकास हुने बताउनु भयो ।
आफु पनी खेलप्रेमी रहेका कारण जुनसुकै खेलको पनि आफ्नै महत्व छ । खेलाडीले कुशलता र अनुशासन पूर्वक अगाडी बढेमा सफल हुन सकिने बताउनु भयो ।
आईटीएफ तेक्वान्डो सङ्घ बागलुङका अध्यक्ष प्रतीक घर्ती मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा आईटीएफ तेक्वान्डो केन्द्रिय महासचिव एवम् गण्डकी प्रदेश अध्यक्ष घम बहादुर थापा, वडा अध्यक्ष भेक बहादुर खत्री, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष अन्जु वि.क., जिल्ला खेलकुद विकास समिती सदस्य सरोज घर्ती लगायत पत्रकार, प्रहरी, प्रशिक्षक, रेफ्री लगायतको आतिथ्यता रहेको थियो । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्र द्धारा सम्मान गरिएको हो ।










