Home Blog Page 47

तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम ।।

0

बागलुङको बोङगादोभानमा तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ  ।
सबै महिलाका लागि समान अवसर , समान अधिकार ,समानुपातिक तथा अर्थपूर्ण  प्रतिनिधित्व र, न्याय , सुरक्षामा सहज पहुँचलाई सुनिश्चित गर्दै सबै सरकारी तथा गैरसरकारी निकायहरु, निजी क्षेत्र लगायत समाजका सबै क्षेत्रका नीति नियम निर्माण, सांगठनिक संरचना तथा कार्यक्रमहरूमा लैंङ्गिक समता र समानता, संस्कृतिको प्रवर्द्धन तथा सुदृढीकरण गर्ने , स्थानीय आमा समुहका प्रतिनिधि, महिला जनप्रतिनिधिहरूका लागि नीति नियम निर्माण , स्थानीय सरकारको बजेट विनियोजन ,कानुन निर्माण लगायतका कुरामा प्रोत्साहित गर्ने उद्देश्यले महिला अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
तमानखोला गाँउपालिकाको महिला तथा बालबालिका संयोजक भिम कुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाँउपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको मन्तव्य ,आमा समुहका प्रतिनिधि ,महिला जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा उपाध्यक्ष हिरा कुमारी छन्तयालले बोल्दै परिवार ,समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर बितरण हुने परिवेशको निर्माण गर्नुपर्ने औंल्याउदै उनले लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएकोले दुवै पक्षको समान र सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
समाजका सीमान्तीकृत समुदायको हित र कल्याणका लागि सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बदाउनुपर्ने र युवा जनशक्तिको परिचालन मार्फत स्वदेशी उत्पादन तथा उत्पादकत्व बदाएर स्थानीय सरकार ,वडा स्तर देखी नै अर्थतन्त्रको विकास गर्नुपर्ने सुझाव दिईन
स्थानीय महिला आमा समूह ,महिला जनप्रतिनिधि , लगायत स्थानीय महिलाहरूलाई अधिवक्ता सुस्मिता पौडेले महिलाहरूको काम कर्तव्य , हक अधिकार ,कानुनी प्रावधान लगायतका विषयवस्तुमा  प्रशिक्षण दिनुभएको हो ।  महिला विरुद्ध धार्मिक ,सामाजिक, सांस्कृतिक ,परम्परा, प्रचलन वा अन्य कुनै आधारमा  शारीरिक ,मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य ,शोषण गर्न पाइने  छै
न ।
त्यस्तो कार्य  प्रचलित कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति पाउने हक रहेको जस्ता विषयमा प्रशिक्षण दिइएको हो ।
कार्यक्रम बसन्त बुदा मगरको सञ्चालनमा सम्पन्न भएको हो ।     

 

तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम ।।

0

बागलुङको बोङगादोभानमा तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ  ।
सबै महिलाका लागि समान अवसर , समान अधिकार ,समानुपातिक तथा अर्थपूर्ण  प्रतिनिधित्व र, न्याय , सुरक्षामा सहज पहुँचलाई सुनिश्चित गर्दै सबै सरकारी तथा गैरसरकारी निकायहरु, निजी क्षेत्र लगायत समाजका सबै क्षेत्रका नीति नियम निर्माण, सांगठनिक संरचना तथा कार्यक्रमहरूमा लैङ्गिक समता र समानता, संस्कृतिको प्रवर्द्धन तथा सुदृढीकरण गर्ने , स्थानीय आमा समुहका प्रतिनिधि, महिला जनप्रतिनिधिहरूका लागि नीति नियम निर्माण , स्थानीय सरकारको बजेट विनियोजन ,कानुन निर्माण लगायतका कुरामा प्रोत्साहित गर्ने उद्देश्यले महिला अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
तमानखोला गाँउपालिकाको महिला तथा बालबालिका संयोजक भिम कुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाँउपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको मन्तव्य ,आमा समुहका प्रतिनिधि ,महिला जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा उपाध्यक्ष हिरा कुमारी छन्तयालले बोल्दै परिवार ,समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर बितरण हुने परिवेशको निर्माण गर्नुपर्ने औंल्याउदै उनले लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएकोले दुवै पक्षको समान र सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
समाजका सीमान्तीकृत समुदायको हित र कल्याणका लागि सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बदाउनु पर्ने र युवा जनशक्तिको परिचालन मार्फत स्वदेशी उत्पादन तथा उत्पादकत्व बुढाऐर स्थानीय सरकार ,वडा स्तर देखी नै अर्थतन्त्रको विकास गर्नुपर्ने सुझाव दिइन
स्थानीय महिला आमा समूह ,महिला जनप्रतिनिधि , लगायत स्थानीय महिलाहरूलाई अधिवक्ता सुस्मिता पौडेले महिलाहरूको काम कर्तव्य , हक अधिकार ,कानुनी प्रावधान लगायतका विषयवस्तुमा  प्रशिक्षण दिनुभएको हो ।  महिला विरुद्ध धार्मिक ,सामाजिक, सांस्कृतिक ,परम्परा, प्रचलन वा अन्य कुनै आधारमा  शारीरिक ,मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य ,शोषण गर्न पाइने  छैन ।
त्यस्तो कार्य  प्रचलित कानून बमोजिम दण्दनीय हुनेछ र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति पाउने हक रहेको जस्ता विषयमा प्रशिक्षण दुईएकको हो ।
कार्यक्रम बसन्त बुदा मगरको सञ्चालनमा सम्पन्न भएको हो ।     

 

तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम ।।

0

 बागलुङको बोङगादोभानमा तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ  ।
सबै महिलाका लागि समान अवसर , समान अधिकार ,समानुपातिक तथा अर्थपूर्ण  प्रतिनिधित्व र, न्याय , सुरक्षामा सहज पहुँचलाई सुनिश्चित गर्दै सबै सरकारी तथा गैरसरकारी निकायहरु, निजी क्षेत्र लगायत समाजका सबै क्षेत्रका नीति नियम निर्माण, सांगठनिक संरचना तथा कार्यक्रमहरूमा लैङ्गिक समता र समानता, संस्कृतिको प्रवर्द्धन तथा सुदृढीकरण गर्ने , स्थानीय आमा समुहका प्रतिनिधि, महिला जनप्रतिनिधिहरूका लागि नीति नियम निर्माण , स्थानीय सरकारको बजेट विनियोजन ,कानुन निर्माण लगायतका कुरामा प्रोत्साहित गर्ने उद्देश्यले महिला अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
तमानखोला गाँउपालिकाको महिला तथा बालबालिका संयोजक भिम कुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाँउपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको मन्तव्य ,आमा समुहका प्रतिनिधि ,महिला जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा उपाध्यक्ष हिरा कुमारी छन्तयालले बोल्दै परिवार ,समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर बितरण हुने परिवेशको निर्माण गर्नुपर्ने औंल्याउदै उनले लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएकोले दुवै पक्षको समान र सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
समाजका सीमान्तीकृत समुदायको हित र कल्याणका लागि सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बदाउनु पर्ने र युवा जनशक्तिको परिचालन मार्फत स्वदेशी उत्पादन तथा उत्पादकत्व बुढाऐर स्थानीय सरकार ,वडा स्तर देखी नै अर्थतन्त्रको विकास गर्नुपर्ने सुझाव दिइन
स्थानीय महिला आमा समूह ,महिला जनप्रतिनिधि , लगायत स्थानीय महिलाहरूलाई अधिवक्ता सुस्मिता पौडेले महिलाहरूको काम कर्तव्य , हक अधिकार ,कानुनी प्रावधान लगायतका विषयवस्तुमा  प्रशिक्षण दिनुभएको हो ।  महिला विरुद्ध धार्मिक ,सामाजिक, सांस्कृतिक ,परम्परा, प्रचलन वा अन्य कुनै आधारमा  शारीरिक ,मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य ,शोषण गर्न पाइने  छैन ।
त्यस्तो कार्य  प्रचलित कानून बमोजिम दण्दनीय हुनेछ र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति पाउने हक रहेको जस्ता विषयमा प्रशिक्षण दुईएकको हो ।
कार्यक्रम बसन्त बुदा मगरको सञ्चालनमा सम्पन्न भएको हो ।     

 

आगलागीबाट घरगोठ र चौपाया गुमेपछि आर्थिक सहयोगको अपिल ।

0

बागलुङको ढोरपाटन नगरपालिका ६ गाडीखोला ढोरका पदम विकको आगलागीबाट घर गोठ र गोठमा बाँधेर राखिएका बाख्रा घोडाको क्षति भएपछि विकको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

साँझको समयमा खाना पकाउनका निम्ती बालिएको आगो अचानक घर गोठमा सल्किए पछि गत चैत्र १४ गते पदम बिकको परिवार बस्दै आएको घर, गोठ र गोठमा बाँधिराखेको घोडा र बाख्रा जलेर नस्ट भएको थियो ।

आगलागीबाट ७ लाख रुपैयाँ बढिको क्षति भएको बताउँदै पीडामा रहेको परिवारलाई सहयोग गरिदिन बिकका छोरा ज्ञान बहादुर विकले सबैसँग अपिल गर्नुभयो । स्थानीय, नेपाली सेनाको सक्रियतामा आगो नियन्त्रणमा लिएपनि घरगोठ जलेर नस्ट भएको बताइएको हो ।

ढोरपाटन नगरपालिकामा ३९ मध्ये १४ सहकारी मात्रै सञ्चालनमा 

0


चैत्र २० गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका भर रहेका ३९ सहकारी संस्था मध्ये पछिल्लो समय १४ वटा मात्रै नियमित सञ्चालनमा रहेको पाइएको छ ।
नगरपालिकामा रहेको तथ्याङ्क अनुसार विभिन्न उद्देश्यका निम्ती खोलिएका सहकारी मध्ये जम्मा १४ सहकारी सञ्चालनमा रहेको ढोरपाटन नगरपालिकाले जनाएको हो ।
६८ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेका अनुसार हालसम्म ढोरपाटन नगरपालिकालाई कार्यक्षेत्र बनाएका २०  र अन्य जिल्ला सहित कार्यक्षेत्र बनाएका १९ गरी कुल ३९ सहकारी संस्था दर्तामा रहेको भेटिएकोमा १४ वटा मात्र भेटिएको जनाउँदै बाँकी झोलामा राखेर चलाउने, सेयर सदस्यको रकम झ्वाम पारेर बन्द गरेका सहकारीको खोजी गरि कानुनी दायरामा ल्याउने बताउनु भयो ।
हाल सञ्चालित १४ सहकारी संस्था मध्ये बचत तथा ऋण, कृर्षि, विधुत, संचार,महिला विकास बचत तथा ऋण सहकारी सञ्चालनमा रहेको पाइएको हो । बन्द पनि नभएका तर लामो समयदेखि साधारण सभा नगरेका , नियमित कार्यालय स्थापना गरेर चलायमान नभएका सहकारी संस्थाको संख्या करिब ६५ प्रतिशत रहेको पाइएको कर्मचारी जीवन कँडेलले बताउनु भयो । 

ढोरपाटन नगरपालिकामा मनाइयो ६८ औँ राष्ट्रिय सहकारी दिवस ।

0

चैत्र २० गते ढोरपाटन

“मर्यादित सहकारी ः समुन्नत समाज” भन्ने मूल नाराका साथ बुधबार ढोरपाटन नगरपालिका स्थित विभिन्न सहकारी संस्थाको सहभागितामा ढोरपाटन नगरपालिकाको आयोजनामा ६८ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

ढोरपाटन नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न ११ वटा सहकारी संस्थाको सक्रिय सहभागितामा सञ्चालन भएको कार्यक्रममा र्‍याली सहित बुर्तिबाङ बजार परिक्रमा सहित अन्तरकृया गरेर कार्यक्रम सम्पन्न गरिएको हो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारी सञ्चालक तथा व्यवस्थापकले आफ्नो धारणा राख्दै सहकारी आफ्नो सिद्धान्त अनुसार चल्नुपर्नेमा धेरै सहकारी संस्था झोलामा मात्र सीमित रहेको र निती र विधी अनुसार नचलेका कारण स्थानीय सरकारले त्यसको नियमन र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

व्यक्तिगत रुपमा चलाएका सहकारी बढि धराशायी भइरहेका कारण यो समुहमा समुहले व्यवस्थापन गर्ने संस्था भएका कारण त्यसको व्यवस्थापन, विधि प्रकृयागतभावी दिनमा उत्पादन, स्वरोजगार, सँगै दिगो बनाउने अभियानमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा सहभागीको जोड थियो । कतिपय खराब प्रबृतिमा चलेका सहकारीका कारण समग्र सहकारी क्षेत्रको बदनाम भइरहेको बताउँदै राजनैतिक दलको आवरणमा रहेका व्यक्तिबाट सहकारीको ऋण नतिर्ने, अटेर गर्ने परिपाटी बढिरहेको सहभागिले बताएका हुन ।

कार्यक्रमका अध्यक्ष एवम् ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बोल्दै सहकारीका समस्या धेरै देखिएको र त्यसलाई नियमन गर्न, व्यवस्थित गर्न र राम्रो संग सेवा प्रवाह गरिरहेको सहकारीलाई थप अगाडि बढाउन नगरपालिकाले पूर्ण रुपमा साथ दिने प्रतिबद्धता जनाउनु भएको छ ।

हालसम्म सहकारी क्षेत्र हेर्ने विभाग नहुँदा सहकारी क्षेत्र व्यवस्थित हुन नसकिरहेको अवस्थामा पछिल्लो समय शाखा स्थापना गरिएको र सहकारी अभियन्ता संग हातेमालो गर्दे सहकारी क्षेत्रको विकासमा नगरपालिका लाग्ने बताउनु भयो । उहाँले थप बोल्दै सहकारीमा डुबेको ऋण असुलका निम्ती नगरपालिकाले सक्रिय कदम चाल्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा सिवाइसी सकोस्, त्रिवेणी वचत तथा ऋण सहकारी, जनसञ्चार सहकारी, रुद्रावती कृषि सहकारी, खुँगा ढोरपाटन सहकारी, मखमली बचत तथा ऋण सहकारी, ढोरपाटन उत्तरगंगा बचत तथा ऋण सहकारी, बुर्तिबाङ बचत तथा ऋण सहकारी, परिवर्तन बचत तथा ऋण सहकारी, बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी, सेराबाङ कृषि सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सेवा केन्द्र प्रमुखको धारणा रहेको थियो । कार्यक्रम  जीवन कँडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

 

ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षय रोगीको संख्या बढ्दो

0

बागलुङ । पछिल्ला वर्ष बागलुङमा क्षय रोगीहरुको संख्या बढीरहेको छ । वर्षेनी भेटिने क्षय रोगीलाई उपचारको दायरामा ल्याएपनि संक्रमणको दर भने घट्न सकेको छैन ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार चालु वर्षको ८ महिनामा मात्रै बागलुङमा १७९ क्षयरोगी भेटिएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षय रोगी सबैभन्दा बढी भेटिएका हुन् । भेटिएका मध्ये १ सय १४ पुरुष र ६७ जना महिला छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले उक्त तथ्यांक सार्वजनिक गरेको हो । क्षय रोगको स्क्रीनिङ र कन्टयाकट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

आगामी २०३५ साल भित्र क्षय रोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीब्रता दिएको छ । अझैपनि संभावित संक्रमित मध्ये ६८ प्रतिशत मात्रै भेटिएकोले खोजपड्तालबाट मात्र निवारण संभव भएको उनले जानकारी दिए ।

क्षयरोगीले पहाडमा भए १० जना र सहरी क्षेत्रमा भए २५ जना सम्मलाई संक्रमण सार्न सक्ने भएकोले खोजी गरेर संक्रमित पत्ता लगाइ उपचारमा ल्याउन नसके रोग फैलने संभावना बढी हुन्छ ।

विभिन्न शिविर र शंकास्पद व्यक्ति तथा क्षयरोगीको संसर्गमा आएका मानिसको परीक्षणबाट उक्त संख्या भेटिएको हो । पहिलो चरणमा जिल्लाका चार स्थानीय तहलाई क्षयरोग मुक्त बनाउने अभियान समेत चलेको छ ।

गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले यो अभियान थालेका हुन् । उक्त अभियानका लागि खोजपड्ताललाई पनि तीब्रता दिइएको हो ।

क्षय रोग मुक्त क्षेत्र बनाउन प्रतिवर्ष प्रतिएकलाख जनसंख्यामा १ जना भन्दा कम बिरामी हुनुपर्ने प्रावधान छ । त्यसका लागि खोजी अभियात तीब्र भएर उपचारको दायरामा आएपछि मात्र संभव हुने जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।

‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ सोमबार क्षयरोग दिवश समेत मनाईदै छ । परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि बढ्ने संभावना छ । अघिल्लो वर्षको ८ महिनामा २ सय २७ क्षयरोगी भेटिएका थिए ।

चालु वर्ष बडिगाड गाउँपालिकामा खोजी गरेपछि यो संख्या आएको हो । अघिल्लो वर्ष यो पालिका बढी संक्रमित थियो । संक्रमितको परिवार, सम्पर्कमा रहेका नागरिक समेतलाई परीक्षण गरेपछि मात्र यो रोगको वास्तविक तथ्यांक आउने गर्छ ।

गत वर्ष क्षय रोगकै कारण जिल्लाका १० जनाले ज्यान समेत गुमाएका थिए । कार्यालयका अनुसार सबैभन्दा धेरै ढोरपाटनमा ४३ संक्रमित भेटिएका हुन् । त्यसपछि बडिगाडमा ३८ जना, गलकोटमा २८ जना, बागलुङ नगरापलिकामा २७ जना संक्रमित छन् ।

निसीखोलामा १४ जना, जैमिनीमा ७, बरेङमा ४, काठेखोलामा ७ , ताराखोलामा ४ र तमानखोलामा ३ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय खोजपड्ताल पनि बढाइएको छ ।जिल्ला भित्र दुइवटा मेसिन समेत जडान भएकोले परीक्षण पनि सहज बनेको हो ।

‘खोजतलास प्रभावकारी भयो भने क्षयरोगीको संख्या बढ्ने देखिन्छ,’ घिमिरेले भने, ‘छिटो पत्ता लगाइयो भने समयमा उपचार गरेर निवारण गर्न सकिन्छ ।’ अन्य रोगी बढ्नु नराम्रो हो भने क्षयरोगी पत्ता लगाएर संख्या बढ्नुलाई निवारणको प्रयास मानिने उनले बताए ।

अत्याधुनिक मेसिन बागलुङमा जडान भएपछि परीक्षणको दायरा पनि बढेको छ । यस अघि काठमाण्डौ र पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । हाल धौलागिरि अस्पतालमा ‘एक्स्पट एक्सडिआर १० कलर’ र बुतिवाङ अस्पतालमा ‘डिएस ६ कलर’ मेसिन जडान भएको छ ।

हरेक स्वास्थ्य संस्थामा खकार परीक्षणबाट क्षयरोग पत्ता लगाउन सकिन्छ भने खकारबाट पत्ता नलागेको रोग ती मेसिनले पत्ता लाग्छ । घिमिरेका अनुसार फोक्सोको क्षयरोग सिधै खकारबाट पत्ता लगाउन सकिन्छ भने शरिरका अन्य अंगमा लाग्ने क्षयरोग भने मेसिनको सहायताले मात्र पत्ता लगाउन सकिन्छ ।

अध्ययन अनुसार नेपालका मानिसमा रौं र नङ बाहेक सबै अंगमा क्षयरोग लागेको भेटिएको हो । संख्या थपिएपनि उपचारको दायरामा छिटो लैजान ती मेसिन सहयोगी भएका छन् । नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ । बिचैमा छाड्नेबाट क्षयरोगको जटिल संक्रमण बढ्दा थप औषधि र उपचार पद्दति चाहिन्छ ।

 बुर्तिबाङमा भौतिकवादी समाजको प्रथम भेला ।।

0

चैत्र ११ गते बुर्तिबाङ

शिशिर विश्वकर्मा
बागलुङको बुर्तिबाङमा राष्ट्रिय भौतिकवादी समाजको पहिलो भेला आइतबार बसेको हो ।
“अपनाऔं तर्कशीलताको, विज्ञान र मानववाद त्याग गरौँ अन्धविश्वास र रुढिवाद” भन्ने मूल नाराका साथ आइतबार प्रथम जिल्ला एवम् दोस्रो राष्ट्रिय भौतिकवादी दिवस तथा अन्तराष्ट्रिय नास्तिक दिवस भव्य रुपमा मनाइएको हो ।
भौतिकवादी समाजको केन्द्रिय सदस्य अशोक स्मिथको अध्यक्षतामा आयोजित कार्यक्रममा दलित अभियन्ता लोक हर्मेलको स्वागत मन्तव्य, निसिखोला गाँउपालिका उपाध्यक्ष प्रेम घर्ती, निसिखोला दलित सञ्जालको अध्यक्ष रोशन स्मिथ, दलित अभियन्ता ऐ.वि खाती ,दलित अभियन्ता अनिल कुमार विश्वकर्मा, समाजसेवी,बुद्धिजीवी, दलित अगुवाई लागयत स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
निसिखोला गाँउपालिका उपाध्क्षय प्रेम घर्तीले बोल्दै मान्छे जन्मेदेखि मृत्युसम्म र मृत्युपछिसम्म लागि गर्ने, गरिनु पर्ने भनेर बिभिन्न प्रचलन, प्रथा परम्परा, संस्कार फरक फरक धर्म संस्कृति ,सम्प्रदाय ,समूह , समाज, क्षेत्रमा त्यस्ता खालका अधिकांश धर्म सम्प्रदाय ,समुदायमा आज पनि परम्परागत संस्कार नाम अन्धविश्वासमा आधारित अवैज्ञानिक प्रथा कायम रहेको बताउनुभयो ।
कार्यक्रमका अवसरमा घर्तीले थप बोल्दै कतिपय समाज, समप्रदायका यस्ता प्रथा परम्परा समायानुकुल परिर्माजित, संसोधितर परिवर्तन हुनुपर्छ, कतिपय समुदायमा पुरानै, रुढ,  प्रथालाई नै निरन्तरता दिँदै आएको पाइन्छ ।त्यस्ता रुढ, परम्परा धर्म या संस्कार जे सुकै नाममा भए पनि अन्धविश्वासमा टिकेर पुँजीवादी ,उपभोक्तावादी, पुरातन सोचयुक्त समुदाय ,समाज र व्यक्तिले भने अन्धविश्वाजन्य, कसंस्कारजन्य र अवैज्ञानिक प्रथा ,परम्पार संस्कार थप्दै लगेको र देखावाका लागि नै भए पनि भड्किला र अनावश्यक प्रचन बढ्दै गइराखेको छ ।आफ्नो समाज, समुदाय भन्दा बाहिरका अनावश्यक कुसंस्कारहरू भित्र्याउँदै गइराखेको बताउनु भयो । 

धार्मिक सम्प्रदाय, समुदायका अवैज्ञानिक, आत्मविश्वासयुक्त संस्कार ,सुकृति र परम्पराका विषयलाई हटाउनको निम्ति लामो समय सम्म संर्घष गर्नुपर्छ, अन्धविश्वासरहित वैकल्पिक वैज्ञानिक संस्कार निर्माणका लागि महत्वपूर्ण समय दिएर लाग्नुपर्ने , वैज्ञानिक भौतिकवादी, मानविय संस्कार अपनाउन सहजै रुपममा कार्यन्वयनमा ल्याउन र वैज्ञानिक भौतिकवादी संस्कार निर्माण गर्न अत्यावश्यककु देखिएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् ।
उक्त कार्यक्रममा अनिल विश्वकर्माको अध्यक्षतामा भौतिकवादी समाजको चौध (१४) जना नयाँ कार्य समिति गठन भएको हो ।
कार्यक्रम कुशल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटनमा आगलागि पिडितलाई लायन्स क्लब अफ ढोरपाटन र रेडक्रसको सहयोग ।

0

चैत्र १० गते बुर्तिबाङ
शनिबार दिउँसो आगलागिबाट घर जलेर नस्ट हुँदा पिडामा रहेका ढोरपाटन नगरपालिका ४ भाङ्गीका नरेश बुढाको परिवारलाई लायन्स क्लब अफ ढोरपाटन र नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङद्धारा घरमै पुगेर राहात हस्तान्त्रण गरिएको छ ।
घरमा साना बच्चाहरुले आगो खेलाउँदा सुरु भएको आगालागिबाट बुढा बस्दै आएको घरको संरचना पूर्ण रुपमा जलेर नस्ट भएपछि पिडामा रहेको परिवारलाई खाध्यान्ह, लत्ता कपडा, भाँडा कुँडा सहितको सामाग्रि उपलब्ध गराइएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।
नागरिकको समस्या र पिडामा मल्हम लगाउँदै आएको लायन्स क्लबले आगलागीको घटनाबाट पिडित परिवारलाई थोरे भएपनी मल्हम लगाउने उदेश्य सहित खाध्यान्ह, लत्ता कपडा भाँडाकुँडा सहितका सामाग्रि लिएर पुगेको पाण्डेले बताउनु भयो ।
ढोरपाटन नगरपालिका ४ का अध्यक्ष तिलक पुनको विशेष उपश्थितीमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङले समेत म्याट, भाँडाकुँडा सहितका सामाग्रि उपलब्ध गराएको हो , संस्थाका उपसभापती लक्ष्मि वानीयाको उपश्थितीमा सामाग्रि उपलब्ध गराइएको थियो ।
नागरिकलाई दुख र समस्या पर्दा लायन्स क्लब र रेडक्रस सोसाईटीले गरेको सहयोग र सद्भाव महत्वपूर्ण रहेको बताउँदै राज्यबाट दिने सेवा सुविधाका निम्ती आफुले पहल गर्ने वडा अध्यक्ष तिलक पुनले बताउनु भयो , कार्यक्रममा लायन्स क्बल अफ ढोरपाटनका पदाधिकारी, जनप्रतिनिधी, प्रहरी, स्थानीय बासिन्दा लगाएतको उपश्थिती रहेको थियो । घर आगलागिमा नगद सहित खाध्यान्ह, लत्ता कपडा, भाँडा कुँडा पूर्ण रुपमा जलेर नस्ट भएको पाइएको छ ।

 

निसीखोलामा शिक्षाको गुणस्तर उकास्न शिक्षकलाई अन्तराष्ट्रिय स्तरको तालिम ।

1

चैत्र १० गते बुर्तिबाङ

निसीखोलामा शिक्षाको गुणस्तर उकास्न शिक्षकलाई अन्तराष्ट्रिय स्तरको तालिम ।
चैत्र १० गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका अन्र्तगत रहेका विभिन्न सामुदायिक विद्यालयका शिक्षकलाई उनिहरुको शिक्षा क्षेत्रको गुणस्तर विकास गर्ने उदेश्य सहित दुई दिने अन्तराष्ट्रिय स्तरको तालिम सुरु गरीएको छ ।

शिक्षा क्षेत्रलाई परिणाम मुखि, व्यवहारीक र नयाँ पद्धतीबाट शिक्षण सिकाई प्रकृयालाई अगाडी बढाउने उदेश्य सहित नेदरल्यान्ड्सको केपिजेड बिश्वबिद्यालय र कर्मफ्लाइट्स पोखराले निसीखोला गाउँपालिका संग सम्मोन्य गर्दे तालिमको सुरुवात गरेको हो ।आइतबार र सोबमबार सञ्चालन हुने तालिममा शिक्षालाइ कसरि समाबेसी बनाउने , हाम्रा बालबालिका को फरक तरिकाले सिक्ने क्षमताको पहिचान गर्न उनीहरुको ब्यबहारको अध्ययन तथा आउट डोर एजुकेसन को बारेमा गहन छलफल गरिने प्रमुख प्रशिक्षक केपिजेड बिश्वबिद्यालयका प्रोफेसर बर्ट टोलले बताउनु भयो ।

समावेशी शिक्षामा सम्भावनाहरूको खोजी गरौँ भन्ने मूल नाराका साथ विशेषज्ञ प्रशिक्षकहरू बर्ट थोले, लिन्डा, रेडियन्ट स्कूलका शिक्षकहरूरल्ँइच्क्म्त् प्रशिक्षकहरूले सत्रहरूको सहजीकरण गरेका छन ।

आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथि गाउँप्ािलका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले नेदरल्यान्ड्सको केपिजेड बिश्वबिद्यालय र कर्मफ्लाइट्स लाइ पालिका संग साझेदारि गर्दै शिक्षकहरुलाई स्थानिय सन्दर्भ मा अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरेकोमा आभारी प्रकट गर्दै पालिकाको शिक्षामा दुरदृष्टि निर्माण मा यो तालिम फलदाई हुने कुरा बताउनु भयो

कार्यक्रममा निसीखोला गाउँ पालिका पूर्व अध्यक्ष तारानाथ पौडेलले सुभकामना मन्तब्य राख्नु भएको थियो गतबर्ष पनी तालिमको आयोजना गरिएको यस्तो प्रकारको तालिमले शिक्षा क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण टेवा पुग्ने कर्मफलाईट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले बताउनु भयो ।

निसीखोला गाउँप्ािलका निमित्त प्रमुख प्रशासकीय अधिकृत भक्ति प्रसाद रेग्मी अध्यक्षता रहेको उद्घाटन सत्रको कार्यक्रम शिक्षा अधिकृत बिष्णु प्रसाद न्यौपाने ले कार्यक्रम संचालन गर्नु भएको थियो |

निसीखोलामा कर्मफलाइट्स फाउन्डेसन र केपीजेड युनिभर्सिटी, नेदरल्यान्ड्सद्वारा गत २ वर्ष देखि विभिन्न चरणमा अन्तर्राष्ट्रिय स्तरको शिक्षक तालिम कार्यक्रम हुदै आएको छ |

तालिममा विभिन्न विद्यालयका ४७ जना शिक्षकको सहभागिता रहेको छ । तालिममा बर्ट थोले, लिन्डा, ५ जना रेडियन्ट स्कूलका शिक्षकहरू,NFORSDT र प्रशिक्षक, कर्मफलाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम कुँवर र आशमाले कार्यक्रमको सहिजकरण गर्नुभएको छ ।