तमानखोला गाउँपालिकालाई गरियो पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा ।

 जेठ २६ गते बागलुङको तमानखोला गाउँपालिकालाई सोमबार एक कार्यक्रमका विच पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।

गाउँपालिकामा रहेका खोप लगाउने उमेर समुहका सबै बालबालिका खोपको शतप्रतिशत पहुँचमा पुगेपछि पालिकाले एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएपछि पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

१६ देखि २३ महिना उमेर समुहका ११४ जना बालबालिकालाई पूर्ण खोपको मात्रा लगाइएको हो । ६ वटै वडामा रहेका सबै बालबालिकाले खोपको मात्रा पुरा गरेका कारण पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनाईएको छ । त्यस्तै पालिका भर बच्चा जन्मेदेखि १५ महिना सम्म १६३ जना बालबालिकाले खोप लगाइरहेका हुन । पालिकाले लिएको पूर्ण खोप सुनिश्चितता दिगोपनालाई सबै बर्ष दिगो बनाउन पालिकाको लक्ष्य संगै सबैको साथ आवश्यक पर्ने गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।

पालिकाले स्वास्थ्य क्षेत्रमा व्यापक लगानी गरिरहेको बताउँदै लगानी अनुसार परिणाम समेत आइरहेको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, सामाजिक विकास समिती संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष झक बहादुर बुढा, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत कुशुमशिला भट्ट , कार्यपालिका सदस्य हिक्मत जक्तपूरी को प्रतिवद्धता सँगै शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रम स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्यालले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img