बुर्तिबाङमा विभिन्न कार्यक्रमका साथ ट्राफिक सप्ताह सुरु ।

 जेठ २५ गते बुर्तिबाङ

इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजनामा आइतबार देखि एक हप्ते ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको छ ।

ट्राफिक सचेतना फैलाउने उद्देश्य स्वरुप सुरु भएको कार्यक्रमको पहिलो दिन बुर्तिबाङ बजारमा ट्राफिक सचेतना गर्दे ¥याली सहित परिक्रमा गरेर औपचारिक कार्यक्रम सहित सम्पन्न गरिएको हो । ७ दिन सम्म विभिन्न कार्यक्रमका साथ मनाउने उद्देश्य सहित अगाडि बढिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।

बस्नेतको अध्यक्षतामा आयोजीत औपचारीक कार्यक्रममा उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै छन्त्यालले ट्राफिक सचेतना कार्यक्रममा उद्योग वाणिज्य संघको समेत साथ रहेको बताउँदै विभिन्न नागरिक लक्षित सचेतना कार्यक्रमका सरिक भएर हगाडी बढिने बताउनु भयो । बजारमा ट्राफिक व्यवस्थापन अझै आवश्यक देखिएको बताउँदै स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी र प्रहरी विच समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी समितिका महासचिव नर बहादुर क्षेत्रीले बोल्दै बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान नसकेको बताउँदै यातायात व्यवसायीको सक्रियतामा काउन्टर व्यवस्थापन, सचेतना मुलक कार्यक्रम समेत भइरहेको बताउनु भयो ।

कार्यक्रममा गुण्ज बहादुर भण्डारीको समेत मन्तव्य रहेको थियो । उद्योग वाणिन्य संघका पदाधिकारी, यातायात व्यवसायी समितीका पदाधिकारी, पत्रकार, रिभरहेड बोर्डिङका शिक्षक, विद्यार्थी लगाएतको सहभागितामा कार्यक्रम गरिएको हो ।

प्रहरीले विद्यार्थी संग सचेतना, पैदल यात्रु, सवारी चालक, यात्रु संग सचेतना मुलक कार्यक्रम गर्ने, प्रचा पम्प्लेट वितरण लगाएतका कार्यक्रम आयोजना गरिएको बुर्तिबाङ अस्थाई ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकराज न्यौपानेले बताउनु भयो । कार्यक्रम जेठ ३१ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img