Home Blog Page 46

ढोरपाटन नगरपालिकाको आयोजनामा शैक्षिक सम्मेलन ।

0

ढोरपाटन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार वृहत शैक्षिक सम्मेलन तथा शैक्षिक सत्र २०८१ को आधारभूत तह कक्षा ८ उर्तिण परीक्षाको नतिजामा उत्कृष्ट शिक्षक विद्यार्थी तथा विद्यालय सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरपालिकामा शिक्षा क्षेत्रका विकास र गुणस्तर माथी उकास्ने उदेश्य सहित शिक्षाविद प्राध्यापक डा. विधानाथ कोइरालाले नगरपालिका भरका विभिन्न तहका शिक्षक र जनप्रतिनिधी र व्यवस्थापन समिती पदाधिकारीका निम्ती प्रशिक्षण दिनुभएको हो । कोइरालाले शिक्षाको गुणस्तर सुधारको पाटो, विद्यार्थीमा सिकाउनु पर्ने गुण र अनुसासन, शिक्षले ध्यान दिनुपर्ने विषयवस्तु लगाएतका सन्दर्धमा प्रशिक्षण दिनुभएको हो ।

ढोरपाटन नगरपालिका सामाजिक विकास समिती संयोजक नविन शेरचनको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत लगाएत जनप्रतिनिधी, विभिन्न विद्यालयका प्रध्यानाध्यापक , शिक्षक, व्यवस्थापन समिती पदाधिकारी लगाएतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा कक्षा ८ को उर्तिण परिक्षामा उत्कृष्ट नतिजा ल्याउने, विद्यार्थी, विषयगत शिक्षक र राम्रो नतिजा ल्याउने विद्यालयलाई सम्मान गरिएको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख गणेश बहादुर रावलले बताउनु भयो । कार्यक्रम ज्ञानेन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।

देशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव

0

काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका विभिन्न ठाउँमा अहिले सामान्य पानी परिरहेको छ ।

पछिल्लो एक घण्टामा  काठमाण्डौको साँखुमा सबैभन्दा धेरै २८ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । भक्तपुरको नगरकोटमा १० मिलिमिटर, मकवानपुरको रजैयामा २२ मिलिमिटर र चिसापानीगढीमा ६ दशमलव २ तथा काभ्रेको धुलिखेलमा ४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै काठमाण्डौको दक्षिणकाली, कीर्तिपुर, काभ्रेको खोपासी, मकवानपुरको हेटौँडालगायतका ठाउँमा पनि सामान्य वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेकाले यस क्षेत्रमा राति पनि पानी पर्ने अनुमान रहेको महाशाखाले जनाएको छ । देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर पूर्व, पाल्पा र रुपन्देहीमा रहेका नदी तथा खोलाको जल सतह घटबढ हुनसक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पिकअप दुर्घटनाका घाइतेलाई उपचारमा आर्थिक समस्या ।

0

 

गत जेठ ३० गते साँझ ढोरपाटन नगरपालिका ५ अस्तुमा भएको पिकअप जिप दुर्घटनामा घाइते भएकाहरूको आर्थिक अभावका कारण उपचारमा समस्या पर्न थालेको छ ।

दुर्घटनामा १६ जना सवार रहँदा दुई जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको थियो । घाइते मध्ये ५ जनाको सामान्य उपचार पछि घर फर्किएका छन । चालक प्रहरी नियन्त्रणमा रहेका छन । अन्य ६ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 घाइते मध्ये ढोरपाटन नगरपालिका २ खल्बाङ का लुम्बिनी महतको पोखरा मणिपाल अस्पतालमा उपचार पछि थप उपचारका निम्ती काठमान्डौ स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । महतको छाँतीमेरुदण्डमा समस्या रहेको जनाइएको छ ।

उपचारका क्रममा दैनिक एक लाख खर्च भइरहेको निजका बाबा धन बहादुर महतले बताउनु भयो । त्यस्तै उपचारको क्रममा रहेका ढोरपाटन नगरपालिका ५ मस्ती गैराका इन्द्रा पौडेल कुवँरको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको छ । ,ढोरपाटन २ खल्वाङ का दुर्गी दर्जी, निजकी छोरी अञ्जु दर्जीको पाल्पामा उपचार भइरहेको छ । बुर्तिबाङ घर भएका ११ बर्षिय शिशिर कार्कीको चिवतन मा उपचार भइरहेको हो । ढोरपाटन नगरपालिका ५ का तनमाया कुवँरको समेत उपचार भइरहेको छ । 

 घाइते सबैको अवस्था जटिल रहेको परिवारले जनाएका छन । शरिरका विभिन्न भाग र भित्री भागमा समेत गम्भिर चोट रहेको कारण नियमित उपचार गराउँदा आर्थिक समस्या उत्पन्न भएको र उपचारका निम्ती सहयोग गरिदिन परिवारका सदस्यले बताएका हुन ।

दैनिक एकलाल खर्च आउने भएपछि बिरामीको उपचारमा समस्या सृजना भएको धन बहादुर महतले बताउनु भयो । बिरामीको अवस्थालाई मध्यनजर राख्दै विभिन्न दाताहरूले आर्थिक सङ्कलन अभियान समेत सुरु गरेका छन । सामाजिक अभियन्ता भरत कुवँर सहितको टोलीले आर्थिक सङ्कलन अभियान सुरु गरेको हो । पीडितलाई थोरै भएपनि पीडामा मल्हम लगाउन आर्थिक सङ्कलन अभियान सुरु गरिएको कुवँरले बताउनु भयो ।

सहयोग गर्न चाहनेले सिधै घाइतेका परिवारलाई सम्पर्क गरेर वा आर्थिक सङ्कलन अभियन्ता सँग सहकार्य गरेर सहयोग गर्न सकिने परिवारले जनाएका छन । गत जेठ ३० गते बुर्तिबाङ देखि अर्नाकोट तर्फ जान लागेको  लुम्बिनी प्रदेश ०१–००१ च १७७५ नम्बरको पिकअप जिप दुर्घटना भएको थियो ।    

-उल्लेखित बैँक खातामा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरीएको हो । सहयोगी दाताबाट संकलन भएको राहात रकम सार्वजनिक गरिने जनाईएको छ ।

खेर जाने चोयाँ लाई आम्दानी सँग जोड्न सीप सिकाउँदै तमानखोला गाउँपालिका ।

0

गाउँका अधिकांश स्थानमा पाइने बाँस र निगालो वनमा कुहिएर खेर गइरहेको अवस्थामा तमानखोला गाउँपालिकाले स्थानीय नागरिकलाई सिप सिकाएर लघु उद्यम सँग जोड्न दलित उद्यमशीलता विकास कार्यक्रम मार्फत १२ जना व्यक्तिलाई तालिम उपलब्ध गराएको छ ।

विगतमा चोँया बाट डोको, डालो, थुन्से लगायतका सामाग्री बनाउने गरिएपनि अब सीप सिकेर आफूहरूले फोटो फेरेम, सामान राख्ने र्‍याक, जुत्ता चप्पल राख्ने र्‍याक लगायतका सामाग्री बनाउन सिकिएको स्थानीय नर बहादुर रसाइलीले बताउनु भयो । तालिमले सीप सँगै आत्मनिर्भर बन्न सहयोग गर्ने भएका कारण तालिम लिएर आफूहरूले यसलाई व्यवहारमा उतार्ने उहाँको भनाई छ ।

१५ दिन सम्म सिकाइएको सीपबाट स्थानीय स्तरमै आत्मनिर्भर बन्नका निम्ती सहयोग पुग्ने प्रशिक्षक चन्द्र बहादुर पहारीले बताउनु भयो ।

गाउँपालिकाले नागरिकलाई सिप दिएर लघु उद्यम संग जोड्न र उनिहरु लाई आत्मनिर्भर बनाउनका निम्ती सीप सिकाउने गरिएको बताउँदै सीप सिकेर उत्पादनमा लागेपछि बजारीकरणमा पुऱ्याउनका निम्ती पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

स्थानीय युवा लोक बहादुर विकका अनुसार आफूमा कुनै पनि सीप नहुँदा समस्या हुने गर्दथ्यो अब सीप आर्जन पछि भोलिका दिनमा व्यवसायिक रुपमा आम्दानी हुने गरी चोँया बाट बन्ने सामाग्री बनाउने अभियानमा जोडिने बताउनु हुन्छ ।

युवालाई सीप र रोजगारी सँग जोड्न र विशेष गरी दलित सामुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउनका निम्ती यस्तो कार्यक्रम अगाडि सारिएको कार्यपालिका सदस्य हिक्मत जक्तपुरी ले बताउनु भयो । 

बुर्तिबाङ अस्पतालको अध्यक्षमा ढोरपाटनका कार्यवाहक मेयर कायत ।

0

 

बुर्तिबाङ अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत चयन हुनुभएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार कायत लाई अध्यक्षमा जिम्मेवारी दिइएको हो ।

गत पौष १२ गते बुर्तिबाङ प्राथमिक केन्द्रबाट ५० शैया सहितको प्रदेश मातहतको अस्पताल घोषणा गर्दे उद्‌घाटन गरिएको थियो । स्वास्थ्य मन्त्रालय जेठ ३१ को मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यवाहक मेयरलाई अध्यक्षको जिम्मेवारी दिइए संगै अस्पतालमा स्वास्थ्य क्षेत्रको विकासले गति लिने देखिएको छ ।

मन्त्रालयले गरेको निर्णय सहितको पत्र

प्रदेश सरकारले आर्थिक व्यवहारको जिम्मेवारी लिने गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले अस्पताल उद्धघाटन का क्रममा बताउनु भएको थियो । अस्पताल घोषणा संगै क्रमिक रुपमा कर्मचारी, स्वास्थ्य कर्मी व्यवस्थापन, औषधी र आवश्यक उपकरणको व्यवस्थापन भइरहेको हो । स्थानीय सरकारका प्रमुखले अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि अस्पताल व्यवस्थापनमा थप सहजता हुने स्थानीय नागरिकले अपेक्षा गरेका छन ।

प्रदेश स्वास्थ्य मन्त्रालयबाट आफूलाई दिइएको जिम्मेवारीलाई परिणाम मुखी बनाउने गरी काम गरिने कार्यवाहक मेयर कायत ले बताउनु भयो ।

ढोरपाटन पिकअप दुर्घटना मृतकको संख्या ४ पुग्यो ।

0

 

बागलुङको ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ भएको पिकअप जिप दुर्घटनामा मृत्यु हुनेको सँख्या ४ पुगेको छ ।
मृत्यु हुनेमा ढोरपाटन नगरपालिका २ का ७२ बर्षिय खिम कुमारी बुढा , निसीखोला गाउँपालिका १ देविस्थानका ७३ बर्षिय नर बहादुर कार्की, ढोरपाटन नगरपालिका २ का टिका कुमारी कुवँर र निसीखोला १ देविस्थानका ७५ बर्षिय मन कुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । खिम कुमारी बुढा र नर बहादुर कार्कीको घटना स्थलमै ज्यान गएको थियो ।

टिका कुमारी कुवँरको उपचारका निम्ती पोखरा लैजाने क्रममा शुक्रबार साँझ र मन कुमारी कार्कीको शनिबार बिहान पोखरा मणिपाल अस्पत्तालमा उपचारको क्रममा मृत्यु भएको जनाईको हो ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेश ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते ढोरपाटन नगरपालिका २ का निरमाया खत्री शुक्रबार साँझ बुर्तिबाङ अस्पत्तालमा उपचार पछि डिस्चार्ज हुनुभएको थियो ।
अन्य घाइतेहरुको बुर्तिबाङ अस्पत्तालमा उपचार पछि थप उपचारका निम्ती मणिपाल अस्पताल पोखरा र पाल्पा प्रबासमा रेफर पछि उपचार भइरहेको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा ढोरपाटन २ का लुम्बीनी महत, सोही ठाउँका हितदेवी परियार, ढोरपाटन २ का दुर्गी दर्जी, ढोरपाटन ५ का डल्लि विक, ढोरपाटन २ का अन्जु परियार, ढोरपाटन २ का बिहान बुढा, ढोरपाटन १ का शिशिर कार्की, ढोरपाटन २ का विनय बुढा, ढोरपाटन २ का गाडी चालक गोबिन्द थापा, ढोरपाटन ५ का तनमाया कुवँर, ढोरपाटन २ की मनकुमारी कार्की र ढोरपाटन २ का इन्द्र कुवँर गम्भिर घाइते हुनुभएको हो ।

ढोरपाटन पिकअप दुर्घटना : थप १ जनाको ज्यान गयो १ जना डिस्चार्ज ।

0

 

ढोरपाटन नगरपालिका ५ अस्तुमा भएको पिकअप जीप दुर्घटनामा घाइते थप एक जनाको ज्यान गएको छ । बुर्तिबाङ अस्पत्तालमा उपचार पछि थप उपचारका निम्ती पोखरा लैजाँदै गरेको अवस्थामा ढोरपाटन नगरपालिका २ अर्नाकोटकी २१ बर्षिय टिका कुमारी कुवँरको ज्यान गएको गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।
सामुदायिक रेडियो ढोरपाटनका पूर्व संचारकर्मी समेत रहेकि कुवँर हाल विवाईसी संस्थामा कार्यरहत रहनु भएको थियो । दुर्घटनामा घाइते मध्ये ढोरपाटन नगरपालिका २ का निरमाया खत्री बुर्तिबाङ अस्पत्तालमा उपचार पछि डिस्चार्ज हुनुभएको छ । अन्य १२ जना घाइतेलाई पोखरा र पाल्पा रेफर गरिएको हो ।
ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको थियो । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका २ का ७२ बर्षिय खिम कुमारी बुढा र निसीखोला गाउँपालिका १ देविस्थानका ७३ बर्षिय नर बहादुर कार्कीको घटना स्थलमै ज्यान गएको हो ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेश ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको छ ।

ढोरपाटन पिकअप दुर्घटना मृतकको पहिचान खुल्यो । दुई जनाको ज्यान गयो १४ गम्भिर घाइते

0

बागलुङको ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य सवार १४ जना गम्भिर घाइते भएका छन । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका २ का ७२ बर्षिय खिम कुमारी बुढा र निसीखोला गाउँपालिका १ देविस्थानका ७३ बर्षिय नर बहादुर कार्कीको घटना स्थलमै ज्यान गएको हो ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेश ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको छ ।
घाइतेहरुको बुर्तिबाङ अस्पत्तालमा उपचार पछि थप उपचारका निम्ती मणिपाल अस्पत्ताल र पाल्पा प्रभासमा रेफर गरिएको छ । दुर्घटनामा घाइतेहरुको नामावली यस प्रकार रहेको छ । ढोरपाटन नगरपालिका २ बस्ने निरमाया खत्री, ढोरपाटन २ कै लक्ष्मि महत, सोही ठाउँका हितदेवी परियार, ढोरपाटन २ कै दुर्गी दर्जी, ढोरपाटन ५ का डल्लि विक, ढोरपाटन २ का अन्जु परियार, ढोरपाटन २ का वियानो बुढा, ढोरपाटन १ का शिशिर कार्की, ढोरपाटन २ का विनय बुढा, ढोरपाटन २ का गाडी चालक गोपाल थापा, ढोरपाटन ५ का तनमाया कुवँर, ढोरपाटन २ का मनकुमारी थापा, ढोरपाटन २ का टिका कुमारी कुवँर र ढोरपाटन २ का इन्द्र कुवँर गम्भिर घाइते हुनुभएको हो ।

घाइतेहरुको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, प्रहरी, जनप्रतिनिधी, स्थानीयको सक्रियतामा उद्धार गरि बुर्तिबाङ अस्पत्तालमा उपचार पछि अधिकांसको अवस्था जटिल देखिएपछि थप उपचारका निम्ती रेफर गरिएको स्वास्थ्य कर्मीको भनाई छ । घाइतेको टाउको, हात खुट्टा लगाएत शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।

ढोरपाटन पिकअप दुर्घटना: अपडेट

0

 

बागलुङको ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य सवार १४ जना गम्भिर घाइते भएका छन ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेशको ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको छ ।
घाइतेहरुको बुर्तिबाङ अस्पत्तालमा उपचार भइरहेको छ । घाइतेहरुको नामावली यस प्रकार रहेको छ । ढोरपाटन नगरपालिका २ बस्ने निरमाया खत्री, ढोरपाटन २ कै लक्ष्मि महत, सोही ठाउँका हितदेवी ,परियार, ढोरपाटन २ कै दुर्गी दर्जी, ढोरपाटन ५ का डल्लि विक, ढोरपाटन २ का अन्जु परियार, ढोरपाटन २ का वियानो बुढा, ढोरपाटन १ का शिशिर कार्की, ढोरपाटन २ का विनय बुढा, ढोरपाटन २ का गाडी चालक गोपाल थापा, ढोरपाटन ५ का तनमाया कुवँर, ढोरपाटन २ का मनकुमारी थापा, ढोरपाटन २ का टिका कुमारी कुवँर गम्भिर घाइते हुनुभएको हो ।

मृतक दुई जना सहित १ जना घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेहरुको उद्धार र उपचार सुरु भएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका ५ मा पिकअप दुर्घटना : दुई जनाको ज्यान गयो १४ गम्भिर घाइते ।

0

 

बागलुङको ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य सवार १४ जना गम्भिर घाइते भएका छन ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेशको ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको छ ।
घाइतेहरुको बुर्तिबाङ अस्पत्तालमा उपचार भइरहेको छ । घाइते र मृतकको पहिचान खुल्न नसकेको हो । थप विववरण केहि समयमा