ढोरपाटन नगरपालिकाको आयोजनामा शैक्षिक सम्मेलन ।

ढोरपाटन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार वृहत शैक्षिक सम्मेलन तथा शैक्षिक सत्र २०८१ को आधारभूत तह कक्षा ८ उर्तिण परीक्षाको नतिजामा उत्कृष्ट शिक्षक विद्यार्थी तथा विद्यालय सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरपालिकामा शिक्षा क्षेत्रका विकास र गुणस्तर माथी उकास्ने उदेश्य सहित शिक्षाविद प्राध्यापक डा. विधानाथ कोइरालाले नगरपालिका भरका विभिन्न तहका शिक्षक र जनप्रतिनिधी र व्यवस्थापन समिती पदाधिकारीका निम्ती प्रशिक्षण दिनुभएको हो । कोइरालाले शिक्षाको गुणस्तर सुधारको पाटो, विद्यार्थीमा सिकाउनु पर्ने गुण र अनुसासन, शिक्षले ध्यान दिनुपर्ने विषयवस्तु लगाएतका सन्दर्धमा प्रशिक्षण दिनुभएको हो ।

ढोरपाटन नगरपालिका सामाजिक विकास समिती संयोजक नविन शेरचनको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत लगाएत जनप्रतिनिधी, विभिन्न विद्यालयका प्रध्यानाध्यापक , शिक्षक, व्यवस्थापन समिती पदाधिकारी लगाएतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा कक्षा ८ को उर्तिण परिक्षामा उत्कृष्ट नतिजा ल्याउने, विद्यार्थी, विषयगत शिक्षक र राम्रो नतिजा ल्याउने विद्यालयलाई सम्मान गरिएको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख गणेश बहादुर रावलले बताउनु भयो । कार्यक्रम ज्ञानेन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img