।
बागलुङको ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य सवार १४ जना गम्भिर घाइते भएका छन । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका २ का ७२ बर्षिय खिम कुमारी बुढा र निसीखोला गाउँपालिका १ देविस्थानका ७३ बर्षिय नर बहादुर कार्कीको घटना स्थलमै ज्यान गएको हो ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेश ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको छ ।
घाइतेहरुको बुर्तिबाङ अस्पत्तालमा उपचार पछि थप उपचारका निम्ती मणिपाल अस्पत्ताल र पाल्पा प्रभासमा रेफर गरिएको छ । दुर्घटनामा घाइतेहरुको नामावली यस प्रकार रहेको छ । ढोरपाटन नगरपालिका २ बस्ने निरमाया खत्री, ढोरपाटन २ कै लक्ष्मि महत, सोही ठाउँका हितदेवी परियार, ढोरपाटन २ कै दुर्गी दर्जी, ढोरपाटन ५ का डल्लि विक, ढोरपाटन २ का अन्जु परियार, ढोरपाटन २ का वियानो बुढा, ढोरपाटन १ का शिशिर कार्की, ढोरपाटन २ का विनय बुढा, ढोरपाटन २ का गाडी चालक गोपाल थापा, ढोरपाटन ५ का तनमाया कुवँर, ढोरपाटन २ का मनकुमारी थापा, ढोरपाटन २ का टिका कुमारी कुवँर र ढोरपाटन २ का इन्द्र कुवँर गम्भिर घाइते हुनुभएको हो ।

घाइतेहरुको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, प्रहरी, जनप्रतिनिधी, स्थानीयको सक्रियतामा उद्धार गरि बुर्तिबाङ अस्पत्तालमा उपचार पछि अधिकांसको अवस्था जटिल देखिएपछि थप उपचारका निम्ती रेफर गरिएको स्वास्थ्य कर्मीको भनाई छ । घाइतेको टाउको, हात खुट्टा लगाएत शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।