ढोरपाटन नगरपालिका ५ अस्तुमा भएको पिकअप जीप दुर्घटनामा घाइते थप एक जनाको ज्यान गएको छ । बुर्तिबाङ अस्पत्तालमा उपचार पछि थप उपचारका निम्ती पोखरा लैजाँदै गरेको अवस्थामा ढोरपाटन नगरपालिका २ अर्नाकोटकी २१ बर्षिय टिका कुमारी कुवँरको ज्यान गएको गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।
सामुदायिक रेडियो ढोरपाटनका पूर्व संचारकर्मी समेत रहेकि कुवँर हाल विवाईसी संस्थामा कार्यरहत रहनु भएको थियो । दुर्घटनामा घाइते मध्ये ढोरपाटन नगरपालिका २ का निरमाया खत्री बुर्तिबाङ अस्पत्तालमा उपचार पछि डिस्चार्ज हुनुभएको छ । अन्य १२ जना घाइतेलाई पोखरा र पाल्पा रेफर गरिएको हो ।
ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको थियो । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका २ का ७२ बर्षिय खिम कुमारी बुढा र निसीखोला गाउँपालिका १ देविस्थानका ७३ बर्षिय नर बहादुर कार्कीको घटना स्थलमै ज्यान गएको हो ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेश ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको छ ।










