Home Blog Page 45

  तमानखोलाको नीति तथा कार्यक्रम : ३३  करोड ४१ लाख बजेट ।।

0

२०८२ असार ११ गते बुर्तिबाङ
तमानखोला गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट विनियोजन गरेको छ ।
संविधानको व्यवस्था अनुसार असार १० गतेभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरूप, गाउँपालिकाले चालु आर्थिक वर्षको अन्त्यसँगै ३३ करोड ४१ लाख ६ हजार २ सय ६५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
पालीकाले कूल बजेटमध्ये पुँजीगत खर्चतर्फ ७ करोड ९४ लाख १७ हजार र चालू खर्चतर्फ २५ करोड ४६ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले शिक्षामा २ करोड ५२ लाख ५० हजार र स्वास्थ्यकरतर्फ १ करोड ६४ लाख ५५ हजार बराबर र पूर्वाधार विकासतर्फ६ करोड १५ लाख ८४ हजार पालीका र वडामा   विनियोजन गरिएको छ। साथै सङ्घीय सरकार सशर्त अनुदानतर्फ ११ करोड ७५ लाख रुपैयाँ , सङ्घीय सरकार विशेष अनुदान मार्फत ७ लाख ५० हजार रुपैयाँ , सङ्घीय सरकार समपूरक अनुदानतर्फ ८० लाख रुपैयाँ र प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख रुपैयाँ, प्रदेश सरकार विशेष अनुदान ३९ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
विगतमा राखिएका उत्कृष्ट कार्यक्रमहरूलाई निरन्तरता दिँदै पालीकाले सीपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत अमित परियारले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाका अनुसार आगामी वर्षको बजेट शिक्षामा २ करोड ५२ लाख ५० हजार, स्वास्थ्यकरतर्फ १ करोड ६४ लाख ५५ हजार, र पूर्वाधार विकासमा ६ करोड १५ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
अध्यक्ष बुढाका अनुसार नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरणका, पर्यटन प्रवर्द्धन, उद्योग स्थापना, सहकारी र वित्तीय क्षेत्रको विस्तारलाई प्राथमिकतामा राखिएको छ। साथै, प्रविधिमैत्री सिकाइ, मिसन रोजगारी, उद्यमशीलतालाई प्रोत्साहन गर्ने सहुलियत ब्याजदर कार्यक्रम पनि समावेश गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत अमित परियारका अनुसार विगतका उत्कृष्ट कार्यक्रमलाई निरन्तरता दिँदै, सीपमूलक र प्रविधिमैत्री शिक्षामा विशेष जोड दिइएको छ।

निसिखोलाको नीति तथा कार्यक्रम  : आन्तरिक आयमा विशेष जोड् ।।

0

२०८२ असार १० गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा
बागलुङको निसिखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
निसिखोला गाँउपालिकाको  १६ औं  गाँउसभा तथा अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम निसीखोला गाँउपालिका अध्यक्ष सुर्य बहादुर घर्ती मगरले प्रस्तुत गर्नुभएको हो ।
निसिखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आन्तरिक आय स्रोत वृद्धिलाई प्रमुख प्राथमिकता दिएको छ। गाउँपालिकाले अब स्थानीय स्रोतसाधनको दिगो व्यवसायमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ।
गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा आन्तरिक आय स्रोतको वृद्धिलाई प्रमुख प्राथमिकता दिएको छ। स्थानीय स्रोत र साधनको दिगो व्यवस्थापन गर्दै गाउँपालिकाले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने रणनीति अघि सारेको छ।
अध्यक्ष घर्तीले बताए अनुसार, “अब विकासका योजना बाह्य स्रोतको भर परेर मात्र होइन, आफ्नै स्रोत, साधनको उचित उपयोगमार्फत अघि बढाइनेछ।
पालिकाले आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्न तथा प्रर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न कृषक, कृषि समुह निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरी एकीकृत उत्पादन र बजारीकरणलाई जोड दिने, वितरणमुखी अनुदानलाई निरुत्साहित गर्दै उत्पादनमा आधारित अनुदान प्रणाली विस्तार गर्ने, पशुपन्छी उपचारमा थप जोड दिइनेछ
त्यस्तै गाउँपालिका स्तरीय आधारभुत प्रयोगशाला स्थापना गरी गुणस्तरीय सेवा प्रवाह कायम गर्ने, सहकारी अनुगमनलाई प्रभावकारी बनाउने, पाठ्यपुस्तक पठनपाठन कार्यलाई निरन्तरता दिदैँ आधारभुत तहमा स्वेच्छिक रुपमा स्थानीय भाषाको माध्यमबाट शिक्षण कार्यको सुरुवात गरिने, शिक्षण कार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षकहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम, अध्ययन, अवलोकन, भ्रमणको व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा विद्यार्थी संङ्ख्या न्यून हुदैँ गएको र भौगोलिक रुपमा कठिनाइ भएको कारण एकीकृत  गरिनेछ ।
गुणस्तरीय शिक्षा कायम गर्नको लागि आवासीय विद्यालय निर्माणको लागि पूर्वाधार विकास गर्नुका साथै विद्यालय बस सञ्चालन गर्ने, आधारभूत स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्न दक्ष जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्था गर्ने, ज्येष्ठ नगरीका, अशक्त तथा अपाङ्गहरूलाई घरमा नै नियमित स्वास्थ्य परीक्षण एवम औषधी उपलब्ध गराउने व्यवस्था मिलाउने, सामुदायिक स्वास्थ्य इकाई थप गर्दै लैजाने नीति लिएको छ ।
गाउँसभामा गाउँ सभा सदस्यहरू  चन्द्रसिंह रामजाली, कुविर विश्वकर्मा, तारानाथ  पौडेल, टिकानिधि पौडेल , रमेश विक्रम साहि , राजमोन बुदा ,खिम विक्रम साहि , दिपक कुवर, सुर्यमान मगर लगायतले नीति तथा कार्यक्रमका बारेमा सल्लाह, सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो ।
त्यस्तै गाउपालिका भरका सबैभन्दा बदि राजश्व संकलन गर्ने वडा अध्यक्षलाई सम्मान समेत गरिएको हो ।

 

तमानखोला गाउँपालिका द्वारा आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत ।

0

२०८२ असार १० ।

तामानखोला गाउँपालिकाको नीति तथा कार्यक्रम असार ९ गते मङ्गलबारका दिन प्रस्तुत गरिएको छ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रममा आगामी आ.व. मा शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सामावेशीकरण, गरिबी निवारण तथा कला संस्कृति, कषि, तथा पशुपालन, लघुउद्यम, सहकारी र पर्यटन, श्रम तथा रोजगारी, सडक तथा यातायात, आवास तथा भवन, उर्जा, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन, संस्थागत विकास र सेवा प्रवाहमा विशेष जोड दिइएको छ ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले “सुखी र समान, समुन्नत तमान” भन्ने मूल नाराका साथ तामानखोला गाउँपालिकाको गाउँ सभा, २०७९ को सातौँ अधिवेशनमा आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
जसअन्तर्गत तमानखोला गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक तथा विकासका लागि शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने गाउँपालिका कप सञ्चालन र तमानखोला वर्ष खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिने , त्यस्तै नसर्ने रोगको परीक्षण गरी समयमा नै उपचारमा जोड दिने, मानसिक रोग नियन्त्रणका लागि मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने, स्वास्थ्य सूचना प्रणलीलाई पूर्णरुपमा डिजिटाइजेसन गर्ने तथा स्वास्थ्य प्रोफाइलको अध्यावधिक गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै हरेका नागरिकलाई खानेपानीको उपलब्धता गराउने, लक्षित वर्गका लागि विभिन्न क्षमता विकासका कार्यक्रमको आयोजना गर्ने, बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने, अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकरण गर्ने, बजारीकरणमा व्यवस्थापकीय भूमिका खेल्ने, उत्कृष्ट कृषकलाई सम्मान गर्ने, पशुपंक्षी व्यवसाय गर्ने किसानलाई प्रोत्साहन गर्दै परम्परागत कुषि तथा पशुपालन व्यवसायलाई संरक्षण गरिने भएको छ ।
लघुउद्यम, सहकारी र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरिने, रोजगार आयोजनाहरुको प्रभावकारी कार्यान्यनका लागि शतप्रतिशत लागत साझेदारी कायम गर्ने उल्लेख गरिएको छ भने वैदेशिक रोजगारीमा जान चाहनेका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । सडक नपुगेको ठाउँमा सडम सञ्जाल जोड्ने, विभिन्न सडकलाई कालोपत्रे गर्ने, विभिन्न ठाउँमा कल्भर्ट निर्माण गर्ने, गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई सम्पन्न गर्नका लागि विशेष प्राथमिकता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकाको प्रत्येकक वडामा केन्द्रिय लाइनलाई विस्तार गर्ने, सुशासन, संस्थागत विकास र सेवा प्रवाहका लागि उपभोक्तमा समिति मार्फत क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, न्यायक समिति मेलमिलाप केन्द्रको संरचनागत र क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै सोही कार्यक्रममा लेखा समितिको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । जसमा आ.व. २०७९/०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनबाट गाउँपालिकाको बेरुजु २.०१ प्रतिशत रहेकोमा आ.व. २०८०/०८१ मा बेरुजु १.८६ प्रतिशत कायम रहेको र यसलाई घट्दो क्रममा झारी शून्यमा लैजाने जनाएको छ भने अघिल्लो आर्थिक वर्षमा भए गरेका विभिन्न उपलब्धीहरु समेत प्रस्तुत गरिएको थियो ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत आज असार १० गते  मङ्गलबार प्रस्तुत गरिने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनु भएको छ ।

लायन्स क्लब अफ ढोरपाटन द्धारा पिकअप दुर्घटनाका घाइतेलाई आर्थिक हस्तान्त्रण ।

0

 

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लब अफ ढोरपाटन बागलुङले गत जेठ ३० गते ढोरपाटन नगरपालिका ५ अस्तुमा भएको पिकअप जीप दुर्घटनामा परि घाइते हुनुभएका र ढोरपाटन नगरपालिका ४ मा रुखबाट लडेर घाइते हुनुभएका घाइतेका परिवारलाई क्बले आर्थिक सहयोग गरेको छ ।

क्लबका पदाधिकारीबाट सङ्कलन गरिएको रकमबाट घाइतेका परिवारलाई जनही आठ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

गम्भिर घाइते ढोरपाटन २ का लुम्बिनी महतका दाजु तुफान महत, ढोरपाटन ४ का भीरबाट लडेर घाइते हुनुभएका राम बहादुर पुनका भाई कृष्ण बहादुर पुन, ढोरपाटन १ का शिविर कार्कीका काका ढालेन्द्र कार्की, ढोरपाटनमा ५ का तनमाया कुवँरका दाजु रमेश कुवँरदुर्गी दर्जीका श्रीमान तथा अञ्जु परियारका बाबा रुद्ध बहादुर दर्जीलाई ८००० रुपैयाँका दरले आर्थिक रकम उपलब्ध गराइएको हो । लायन्स क्लबका अध्यक्ष छविलाल पाण्डे, उपाध्यक्ष तेजेन्द्र के.सी, सदस्य जित बहादुर कुवँर, दोर्ण कुवँर, भीम बहादुर भण्डारी, सरन पाण्डे, सुरेश थापाको उपश्थितीमा संस्थाको कार्यालयमा राहात रकम उपलब्ध गराइएको हो । क्लबले दैवी प्रकोप, विपद, स्वास्थ्य, शिक्षा , वन वातावरण लगायतका कार्यमा हातेमालो गर्दे आएको छ । क्लबका पदाधिकारीबाट रकम संकलन गरेर यस्ता सामाजिक कार्य गर्दे आइरहेको छ ।

जीप दुर्घटनामा घाइते इन्द्रा को उपचारको क्रममा मृत्यु ।

0

 असार ८ गते बुर्तिबाङ

गत जेठ ३० गते ढोरपाटन नगरपालिका ५ मा भएको जीप दुर्घटनामा घाइते एक महिलाको ज्यान गएको छ । दुर्घटनामा गम्भिर घाइते ढोरपाटन ५ की इन्द्रा पौडेल कुँवरको आइतबार दिउँसो निधन भएको हो ।

पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत कुवँर दुर्घटनापछि अचेत अवस्थामा हुनुहुन्थ्यो उहाँको आइतबार निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा घाइते मध्ये अझै ३ जनाको अवस्था गम्भिर रहेको छ । उहाँहरूको समेत उपचार भइरहेको हो ।

उपचार भइरहेकामा ढोरपाटन नगरपालिका २ खल्बाङ की १९ लुम्बिनी महत, ढोरपाटन १ का ११ बषिय शिशिर कार्की ढोरपाटन ५ की तन माया कुवँर उपचाररत हुनुहुन्छ । ८ जना घाइते उपचारपछि डिस्चार्ज भइसक्नु भएको छ भने चालक जिल्ला प्रहरी कार्यालय बागलुङको नियन्त्रणमा रहेका छन ।

अस्तु जिप दुर्घटनाका घाइतेलाई स्वदेश विदेशबाट आर्थिक सहयोग ।

0

 असार ८ गते बुर्तिबाङ

गत जेठ ३० गते ढोरपाटन नगरपालिका ५ अस्तु बतासेडाँडामा भएको पिकअप जिप दुर्घटनाका ६ जना घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्य सहित विभिन्न सहयोगी दाताहरूले स्वदेश विदेशबाट आर्थिक सहयोग गरेका छन ।

अस्पतालको शैयामा उपचार संगै छटपटाई रहेका बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्य स्वरुप आर्थिक सङ्कलन अभियान अगाडि बढाइएको र हालसम्म ६ लाख सङ्कलन भइसकेको आर्थिक सङ्कलन अभियन्ता खडक कुवँरले बताउनु भयो । घाइते भएका बिरामीको निम्ती संकलन भएको ४ लाख रकम आज हस्तान्तरण गरिने र बाँकी अभियानलाई जारी राख्दै दोश्रो चरणमा हस्तान्त्रण गर्ने तयारी रहेको कुवँरको भनाई छ ।

उहाँका अनुसार पहिलो चरणमा शक्त घाइते लुम्बिनी महत, शिसिर कार्की , इन्द्रा पौडेल कुवँर, तन माया कुवँरलाई जनही १ लाख रुपैयाँका दरले र र दुर्गि दर्जी , अञ्जु परियारलाई पच्चीस हजार रुपैयाँका दरले अािर्थक हस्तान्तरण गर्न थालिएको बताउनु भयो । दर्जी र परियार अस्पतालबाट डिस्चार्ज भएर घर फर्कनु भएको छ ।

उहाँहरूको हात लगायत शरीरका विभिन्न भागमा गम्भिर समस्या रहेको छ । आफ्नो पहलमा दुवैबाट शेर बहादुर कुवँर, जापानमा खगेन्द्रमान कुवँर, पोर्चुगलमा दिपक पुन मगर, कोरियामा लोकनाथ भुषाल, र नेपालमा भरत कुवँरको सक्रियतामा अभियान अगाडि बढाइएको खडक बहादुर कुवँरले बताउनु भयो ।

त्यस्तै कतिपय सहयोगी दाताले घाइतेका परिवारलाई व्याक्तिगत रुपमा आर्थिक सहयोग गरिरहनु भएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

0

देशका धेरै ठाउँमा रातभर झरी परेकोमा अहिले भने केही कम भएको छ । राति मकवानपुरमा ठूलो पानी परेको थियो ।

अहिले भने ठूलो बाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

लगातार झरी र ठूलो पानी परेका बेला नदी, खोला र तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएको जेठ १५ गते राति कोशी प्रदेशमा भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको छ ।

ढोरपाटन नगरपालिकाले गर्यो उत्कृष्ट ३ व्यवसायी सम्मान ।

0

ढोरपाटन नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट ३ जना व्यवसायलाई नगद सहित सम्मान गरेको छ ।

नगरपालिकाको बिहीबार नगरसभाको १७ औँ अधिवेशनका क्रममा  कृषि क्षेत्रतर्फ उत्कृष्ट गर्नुहुने ढोरपाटन १ भब्रेटा का चन्द्रलाल पाण्डे , उत्कृष्ट व्यवसायी तथा ढोरपाटन नगरपालिकामा सबैभन्दा बढि कर तिर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्याल र पश पालक कृषक तर्फ बाख्रा पकेट कार्यक्रममा उत्कृष्ट बाख्राको खोर निर्माण गर्ने ढोरपाटन ६ का कमल भण्डारीलाई सम्मान गरिएको हो ।

दोसल्ला, नगद र सम्मान पत्र सहित सम्मान गरिएको हो ।  

ढोरपाटन नगरले ल्यायो आर्थिक बर्ष २०८२÷०८३ को निती कार्यक्रम तथा बजेट

0


ढोरपाटन नगरपालिकाले बिहीबार नगरसभाको १७ औँ अधिवेशनबाट आर्थिक बर्ष २०८२÷०८३ को निती कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

पालिकाले कुल ६० करोड ७८ लाख २ हजार रुपैयाँको अनुमानीत बजेट ल्याएको छ । कार्यवाहक मेयर धन बहादुर कायतद्धारा प्रस्तुत बजेट वक्तव्यमा संघिय सरकारबाट वित्तिय समानिकरणमा १० करोड ६७ लाख, संघिय सरकार सर्शत अनुदान २८ करोड ९ लाख, संघ समपुरक अनुदान ८७ लाख, संघिय सरकार विशेष अनुदान १ करोड ९० लाख प्राप्त भएको बजेट प्रस्तुत गरिएको हो ।

त्यस्तै संघीय सरकार राजश्व बाँडफाँड ११ करोड २२ लाख प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान १ करोड २६ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख , प्रदेश समुपुरक ६० लाख, प्रदेश सवारी साधन कर तर्फ १ करोड १९ लाख १५ हजार बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

त्यस्तै ढोरपाटन नगरपालिकाको राजश्व अनुमान २ करोड १५ लाख चालु बर्षको बैँक मोज्दान १ करोड ७० लाख ४९ हजार घरजग्गा रजिष्ट्रेशन शुल्क ५५ लाख अुनमान सहित बजेट प्रस्तुत गरिएको हो । । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगाएतका कार्यक्रमलाई प्राथमिकता दिइएको पाइएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य नवीन शेरचनद्धारा निती तथा कार्यक्रम, वडा अध्यक्ष खीम बहादुर घर्तीद्धारा आर्थिक वियेयक , वडा अध्यक्ष धन बहादुर अदैद्धारा नितिगत निर्णय प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सभाका सदस्यहरु वान बहादुर छन्त्याल, गोपाल महत, तम बहादुर घर्ति, कुल बहादुर छन्त्याल द्धारा निती कार्यक्रममा छुट भएका विषय र थप गर्नुपर्ने प्रस्तावका विषयमा धारणा राख्नु भएको हो । सभामा उठेका विषयलाई छलफलका माध्यमबाट अगाडी बढाएर पास गर्ने गरी कार्यक्रम सकिएको हो
कार्यवाहक मेयर धन बहादुर कायत को अध्यक्षतामा आयोजित कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले सञ्चालन गर्नुभएको हो । कार्यक्रममा कार्यपालिका सदस्य नगरसभा सदस्य, शिक्षक, कर्मचारी लगायतको उपश्थिती रहेको थियो । 

 

ऋण मुक्त देश निर्माणमा ढोरपाटन नगरपालिकाले योगदान गर्ने ।

0

 छविलाल पाण्डे बागलुङ

देशमा २६ खर्ब बढि ऋण रहेको अवस्थामा बागलुङको ढोरपाटन नगरपालिकाले ऋण मुक्त देश बनाउने अभियानमा सहयोग गर्ने भएको छ । नगरपालिकाले आफ्नो दायित्व बोध गर्दे नेपाललाई ऋण विनाको देश बनाउने अभियानमा हातेमालो गर्ने गरी कुल पाँच लाख बजेट विनियोजन गरेको हो ।

बिहीबार १७ औँ नगरसभाबाट आर्थिक बर्ष २०८२÷०८३ को निती कार्यक्रम तथा बजेटमा नगरपालिकाले सरकारी गैर सरकारी संस्थालाई अपिल गर्दे ऋण मुक्त देश बनाउने अभियानमा हातेमालो गर्न अपिल गर्दे पालिकाको तर्फदेखि पाँचलाख बजेट विनियोजन गरिएको कार्यवाहक मेयर धन बहादुर कायत ले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख छ ।

त्यस्तै कार्यपालिका सदस्य नविन शेरचनले प्रस्तुत गर्नुभएको निती कार्यक्रममा समेत प्राथमिकता दिँदै यस्तो महान अभियानमा सबैको साथ भएमा देश चाँडै ऋण मूक्त हुने जनाउँदै कार्यविधि लगायत कानुन बनाएर यो कार्यक्रमलाई कार्यान्वयन गरिने जनाइएको छ । सरकारको पछिल्लो तथ्याङ्क अनुसार १२ खर्ब ७२ अर्ब आन्तरीक र १३ खर्ब ८२ अर्ब बाह्य गरी कुल २६ खर्ब ५४ अर्ब ऋण रहेको पाइएको छ ।