Home Blog Page 44

पिकअप दुर्घटनाका घाइतेहरूलाई चौध लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण ।।

0

२०८२ असार १७,बुर्तिबाङ

ढोरपाटन नगरपालिका–५ अस्तुमा गत जेठ ३० गते भएको बोलेरो पिकअप दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उपचार तथा पुनःस्थापनाका लागि रु. १४,५४,५६२(अक्षरेपी चौध लाख चौन्न हजार पाचसय बैसठ्ठी ) सहयोग रकम हस्तान्तरण गरिएको छ ।

समाजसेवी खडक कुँवरको पहलमा भरत कुँवरको खातामार्फत संकलित सो रकम पीडित परिवारलाई प्रदान गरिएको हो । बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेश ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल थियो ।

दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सक्रियतामा उद्धार कार्य सञ्चालन गरिएको थियो। घाइतेहरूलाई बागलुङ अस्पताल हुँदै पोखरा र काठमाडौंस्थित स्वास्थ्य संस्थाहरूमा रिफर गरिएको थियो। केही अझै पनि उपचाररत छन् भने केही घर फर्किसकेका छन्।

घटनापछि समाजसेवी खडक कुँवरले “पीडितका लागि राहत” अभियान सञ्चालन गर्दै सहयोग संकलन सुरु गरेका थिए। भरत कुँवरको खातामार्फत देश–विदेशबाट सहयोग रकम जम्मा गर्न आह्वान गरियो।

अभियानमा विभिन्न पेशा, वर्ग र समुदायका व्यक्तिहरूले उत्साहपूर्वक साथ दिएका थिए।

पारदर्शिता कायम गर्दै सहयोग रकमको विवरण सामाजिक सञ्जालमार्फत नियमित सार्वजनिक गरियो। संकलित रकम हालै पीडित परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा नागरिकहरूको उपस्थिति रहेको थियो।

पीडित परिवारले उपचारमा सहयोग पु¥याउने सबै सहयोगदाताप्रति आभार व्यक्त गरेका छन्। समाजसेवी खडक कुँवरले सहयोग अभियानले विपद्का बेला नागरिक तहबाट पनि प्रभावकारी पहल सम्भव हुने प्रमाणित गरेको बताए। उनले यस्ता मानवीय कार्यहरू भविष्यमा पनि निरन्तर जारी राख्ने प्रतिवद्धता जनाए।

दुर्घटनाले समुदायमा ठूलो पीडा र आघात पु¥याए पनि त्यसपछि देखिएको एकता र सहकार्य प्रेरणादायी बनेको स्थानीयले बताएका छन् ।

 

 जलवायु उत्थानशीलता सुदृढीकरणका लागि जनप्रतिनिधिलाई सचेतना ।।

0

२०८२ असार १४ गते बुर्तिबाङ
बागलुङको बुर्तिबाङमा गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा बागलुङको आयोजनामा गण्डकी जलधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी जलवायु उत्थानशील कार्य सुदृढीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा बागलुङको आयोजनामा ,राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य ,राष्ट्रिय सरकारवालाहरु सँगको सहकार्यममा ,हरित जलवायु कोषको सायतामा ,गण्डकी जलधार नेपालका सङ्कटासन्न समुदाय तथा पारिस्थितिकीय प्रणालीको जलवायु उत्थानशिलता सुधारको परियोजना अन्तर्रगतको गण्डकी जलाधारका स्थानीय गण्डकी जलधार  आयोजनाको सहयोगमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी जलवायु उत्थानशील कार्य सुदृढीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा स्थानीय सरकारका वडाध्यक्ष, गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई जलवायु परिवर्तनका असरहरू, त्यसविरुद्धको स्थानीय तहको भूमिका, अनुकूलन रणनीति तथा दिगो विकासमा जलवायु सुदृढ कार्यहरूको आवश्यकताका विषयमा  तालिम दिइएको थियो ।
कार्यक्रममा बोल्दै महासङ्घका जिल्ला अध्यक्षले जलवायु परिवर्तनको असर पहाडी क्षेत्रमै बढी महसुस भइरहेको भन्दै स्थानीय तहले नीतिगत रूपमा पनि जलवायु अनुकूल योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। सहभागीहरूले प्रशिक्षणबाट जलवायु मुद्दाप्रति गहिरो समझ र भविष्यका रणनीति बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।
स्थानीय जनप्रतिनिधिमा जलवायु परिवर्तनप्रतिको चेतना अभिवृद्धि गर्ने ,स्थानीय सरकारलाई जलवायु उत्थानशील नीति तथा कार्यक्रम निर्माणमा सक्षम बनाउने , विकास योजना तथा पूर्वाधारमा जलवायु अनुकूलन समावेश गराउन प्रोत्साहन कसरी गर्न सकिन्छ, स्थानीय स्तरमा वातावरण संरक्षण र दिगो विकासमा नेतृत्वदायी भूमिका विकास ,जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि समुदायस्तरीय पहल सुदृढ लगायतका विषयमा गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखा बागलुङका उपाध्यक्ष मणिभद्र शर्माले प्रशिक्षण दिनुभएको हो ।
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षणमा स्थानीय तहको भूमिका सुदृढ बनाउने उद्देश्यले  ढोरपाटन नगरपालिकाका  लगायत बागलुङका १० वटै पालिकाका स्थानीय जनप्रतिनिधिहरूलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम गरिएको गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकारका प्रतिनिधिहरूमा जलवायु परिवर्तनप्रतिको चेतना अभिवृद्धि गर्नु, जलवायु अनुकूल नीति निर्माणमा उनीहरूलाई सक्षम बनाउनु, र विकास योजनामा दिगो वातावरणीय दृष्टिकोण समावेश गराउनु रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रमपछि सार्वजनिक निष्कर्षहरूमा जनप्रतिनिधिहरूमा चेतना अभिवृद्धि भए पनि व्यवहारमा त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ। साथै, दीगो विकासमा जलवायु अनुकूल योजना आवश्यक भएको धारणा प्रस्टिएको छ ।
कार्यक्रम गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा बागलुङको सञ्चालनमा सम्पन्न भएको थियो ।


 

 

भिमगिठेमा बस र पिकअप ठोक्किँदा ५ घाइते

0

बडिगाड गाँउपालिका ७ भिमगिठेमा बस र पिकअप जिप एक आपसमा ठोकिदा ५ जना घाईते भएका छन ।

बस र पिकअप जिप एक आपसमा ठोकिदा गलकोट नगरपालिका ८ का स्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाईते भएका हुन । उनिहरुको अनुहार र हातमा सामान्य चोट लागेको र स्थानिय मेडिकलमा उपचार चलिरहेको बडिगाड गाँउपालिकाका पालिका हवलदार कमल रानाले जनाकारी दिए ।

बुर्तिबाङबाट बुटवल जादै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङ् दुरन फर्काउन जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप एक आपसमा ठोकिएका हुन ।

प्रहरीले पिकअप चालक कृष्ण बहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा ९ जना र जिपमा ७ जना सवार रहेका थिए ।

जग्गा खरिद विवाद लिएर आफनो चरित्र हत्या गर्न खोजीयो दिपक अदै ।

0


बुर्तिबाङ क्षेत्रका निर्माण व्यवसायी दिपक कुमार अदैले आफुले खरिद गरिएको जग्गालाई आफनो चरित्र हत्या गर्ने गरी अतिरञ्जित गर्न खोजीएको आरोप लगाउनु भएको छ ।
एक भिडियो सन्देश मार्फत अदैले आफुले हालै बन्न लागेको बुर्तिबाङ बसपार्क नजिक रहेको जग्गा नापि नक्साले देखाएको नसांकन बमोजिम जग्गा धनिबाट जग्गा खरिद गरिएको बताउँदै आफुले जग्गा खरिदमा जग्गाधनिसंग कुनै प्रकारको जालसाँझी नगरिएको बताउनु भयो ।
सामान्य विषयमा तिललाई पहाड बनाउन खोजीएको र आफनो चरित्र हत्या गर्न खोजीएको बताउँदै संचार माध्यम मार्फत आएका समाचार एकतर्फी मात्र भएको र आफु न्याय खोज्न सम्बन्धित निकायमा पुग्ने बताउनु भयो ।
लालपुर्जामा १० आना जग्गा भएपनी मध्यपहाडी लोकमार्गले गर्दा अधिकांस जग्गा सडकमा परेको र फिल्डमा जम्मा २ आना जती मात्र भएका कारण जग्गा धनि दिल कुमारी कुमाल र निजका छेठा छोरा बोम बहादुर कुमाल संग सरसल्लाह गरेर मात्रै सहमती बमोजिम जग्गा खरिद गरिएको बताउनु भयो । 

जग्गा खरिदमा जग्गा धनिलाई सहमती वमोजिम नगद बुझाएको बताउँदै मालपोत रेट अनुसार दोब्बर दस्तुर राखेर ७३ लाख रुपैँया थैलीमा अदैको श्रीमती खिम कुमारी अदैको नाममा जग्गा पास भएको पाइएको छ । 

जग्गा धनिले मञ्जुरले दिएका कारण आफुबाट कुनै ढाँटछल गल्ति कमजोरी नभएको र कानुनी रुपमा अगाडि बढ्नुपर्ने अवस्था आएमा कानुन बमोजिम अगाडि बढ्न आफु तयार रहेको समेत बताउनु भएको छ । व्याक्तिगत विषयलाई लिएर पार्टी संग जोड्नु गलत भएको उहाँको भनाई छ ।

उता  दिल कुमारीका कान्छा छोरा तेज बहादुर कुमालले आफुसंग कुनै सल्लाह नगरी जग्गाको कारोबार भएका कारण अन्यायमा परेको महसुस गरिएको बताउनु भएको छ ।

जग्गा किनवेचमा  घरमा पनी छलफल नहुनु र खरिद गर्ने व्याक्तिले समेत आफुलाई जानकारी नगराएका कारण जग्गा किनबेच सस्तो मूल्यमा भयो र आफुलाई जानकारी नगराउँदा बुढाबुढीलाई झुक्याउन खोजीएको भन्दै न्याय खोज्न हिँडेको बताउनु भएको छ । 

व्याक्तिगत लेनदेनको विषयलाई लिएर पार्टी संग जोड्नु गलत रहेको र दुई आना जग्गा आफनो साँध सिमानमा पर्ने भएका कारण भविष्यमा कुनै प्रयोजन हुने आशामा ७२ बर्षिय दिलकुमारी कुमालबाट उहाँको नाममा रहेको जग्गा खरिद गरिएको जनाइएको छ ।

 

बुर्तिबाङ अस्पतालमा न्यूनतम सेवा मापदण्डका सन्दर्भमा अन्तरक्रिया ।

0


गत पौष महिनामा गण्डकी प्रदेश मातहत रहने गरी ५० शैया सहित स्तरोन्नति भएको बुर्तिबाङ अस्पतालको न्यूनतम सेवा मापदण्डका सन्दर्भमा सरोकारवाला नागरिकको बिचमा अन्तरक्रिया एवम् भइरहेको प्रगति, भावी लक्ष्य र आवस्यकताको सन्दर्भ जानकारी गराइएको छ ।

पछिल्लो समय अस्पत्ताल व्यवस्थापन हुँदै गर्दा भइरहेका चुनौती सहित प्रदेश सरकारले व्यवस्थापन समिति अध्यक्ष चयन र आगामी कार्यक्रम लगायतका विषयमा जानकारी गराइएको थियो । 


अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत को अध्यक्षतामा आयोजित कार्यक्रममा धौलागिरि प्रादेशिक अस्पतालका डा. संकर लामिछानेले अस्पतालको वर्तमान अवस्था, सुधार गर्नुपर्ने विषय, न्यूनतम सेवा मापदण्डका प्रकृया र व्यवस्थापन समिति र स्थानीय सरोकारवाला निकायले खेल्नुपर्ने सकारात्मक भूमिकाको सन्दर्भमा विवरण प्रस्तुत गर्नुभएको हो ।  त्यस्तै बुर्तिबाङ अस्पतालका निमित्त प्रमुख डा. अविनाश पोख्रेलले अस्पतालका वर्तमान व्यवस्थापन, समस्या र सुधारका पक्षलाई प्रस्तुतीकरण गर्नुभएको हो ।

डा. पोख्रेलले अस्पताललाई व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकार संगै स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउँदै कर्मचारी व्यवस्थापन, औषधि व्यवस्थापन , स्वास्थ्य कर्मी व्यवस्थापन, भौतिक पूर्वाधार लगायतका विषय व्यवस्थापन हुँदै गइरहेका कारण चाँडै नागरिकको अपेक्षा बमोजिम अगाडि बढिने बताउनु भयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समिती अध्यक्ष धन बहादुर कायत ले चाँडै व्यवस्थापन समितिलाई पूर्णता दिएर अबको तिन महिना सम्म धेरै उपलब्धि हुने गरी आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै पश्चिम बागलुङका नागरिकलाई यो अस्पतालले धेरै राहत दिएको बताउँदै यसको सुधार र व्यवस्थापनमा निसीखोला गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । कार्यक्रममा स्वास्थ्य कर्मी, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो । 

बुर्तिबाङका सुनचाँदी व्यवसायीद्वारा अनिश्चित कालिन व्यवसाय बन्द ।

0

 सरकारले सुनचाँदीका गरगहनामा लगाएको करको विरोधमा बुर्तिबाङका सुनचाँदी व्यवसायीले शुक्रबारदेखि लागुहुनेगरि अनिश्चतकालीन व्यवसाय बन्द गरेका छन ।

बुर्तिबाङ सुन चाँदी व्यवसायी संघको सक्रियतामा बुर्तिबाङका सबै सुनचाँदी पसल व्यवसाय ठप्प पारेर आन्दोलन अगाडी बढाएका हुन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको निर्देशन अनुसार आन्दोलनलाई अगाडि बढाइएको र सरकारले आफूहरूको माग पुरा नगर्दा सम्म आन्दोलन जारी रहने सुनचाँदी व्यवसायी कृष्ण घतानले बताउनु भयो ।

असार १३ गतेदेखि लागु हुने गरी अनिश्चतकालीन व्यवसाय बन्द गरिएको बुर्तिबाङका सुनचाँदी व्यवसायी समितिका महासचिव सोम बहादुर पौवी (यामु) ले बताउनु भयो ।

सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिराका पत्थरहरू मा लगाइएको १३ प्रतिशत कर खारेज गरिनुपर्ने, सुनको भन्सारमा ६ प्रतिशत कर कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारको लागी प्रस्ट निती नियमावली बनाइनुपर्ने व्यवसायीको माग रहँदै आएको छ ।

आजदेखि बुर्तिबाङ सहित देशभरका सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन ।

 ढोरपाटनद्वारा बजार क्षेत्रका गैरसरकारी स्वास्थ्य संस्थाहरूको अनुगमन ।।

0

२०८२ असार १२ गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा , ढोरपाटन नगरपालिकाले बजार क्षेत्रका गैरसरकारी स्वास्थ्य सङ्घसंस्थाहरूको अनुगमन कार्य सुरु गरेको छ ।
नगरपालिकाको सामाजिक विकास शाखाको समन्वयमा गरिएको अनुगमनमा नगर क्षेत्रभित्र दर्ता भएका र सेवा सञ्चालन गरिरहेका गैरसरकारी स्वास्थ्य सङ्घसंस्थाहरूको कार्यप्रगति, कार्यक्रम, पारदर्शिता र समन्वय अवस्थाबारे अवलोकन गरिएको हो।
नगरपालिकाले गैरसरकारी स्वास्थ्य संस्थाहरूको नियमितता, आर्थिक लेनदेन, लक्षित समूहमा प्रभाव, तथा सरकारसँगको सहकार्यजस्ता पक्षहरूलाई प्राथमिकतामा राखेर अनुगमन गरिरहेको जनाइएको छ ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतका अनुसार, “गैरसरकारी स्वास्थ्य सङ्घसंस्थाहरूले जनहितका कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै पारदर्शिता र जवाफदेहितामा जोड दिन आवश्यक रहेको बताए । अनुगमनले सुधारका क्षेत्र पहिचान गर्न मद्दत गर्ने थमाई छ ।
स्वास्थ्य सेवा प्रणालीमा गुणस्तर, पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्न नगरपालिकाको नेतृत्वमा अनुगमन कार्य अघि बढाइएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा गरिएको अनुगमनमा निजी क्लिनिक, फार्मेसी, ल्याब, उपचार केन्द्रलगायतका संस्थाहरूको दर्ता, नवीकरण, सेवा मापदण्ड, औषधि भण्डारण अवस्था, विशेषज्ञ जनशक्तिको उपस्थिति र मूल्यसूची लगायतका पक्षमा जाँच गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख भुमेश्वर शर्माका अनुसार, “अनियमित, अवैज्ञानिक र नियमविपरीत सेवा प्रवाह गरिरहेका गैरसरकारी स्वास्थ्य संस्थाहरूलाई सचेत गराउनुका साथै आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।
अनुगमन टोलीमा नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत , अनुगमन समितिका अध्यक्ष खिम बहादुर घर्ती , वडा नम्बर १ का अडाध्यक्ष भान बहादुर छन्त्याल ,कार्यपालिका सदस्य दिलिप थापा, स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा , इलाका प्रहरी कार्यलयको बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेत, सुरक्षाकर्मी ,सञ्चारकर्मी  र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।
ढोरपाटन नगरपालिकाले आगामी दिनमा सबै वडाका स्वास्थ्य संस्थाहरूलाई समेट्दै चरणबद्ध रूपमा अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

 

 

 लायन्स क्लब अफ बुर्तिबाङद्वारा जनज्योति विद्यालयलाई स्टेसनरी तथा झोला हस्तान्तरण ।।

0

२०८२ असार ११ गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा ,लायन्स क्लब अफ बुर्तिबाङले ढोरपाटन नगरपालिका –४ भङ्गीमा रहेको जनज्योति आधारभूत विद्यालयलाई स्टेसनरी सामग्री र झोला हस्तान्तरण गरेको छ ।
ग्रामीण क्षेत्रका धेरै विद्यार्थीहरू आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री बिना विद्यालय जान विवश छन् । यस्ता विद्यार्थीहरूलाई लक्षित गर्दै क्लबले झोला, कापी, पेन्सिल,लगायतका सामग्री वितरण गरेको हो ।
शैक्षिक सामग्री अभावमा रहेका विद्यार्थीहरूको सहयोगका लागि क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष शान्ति पौडेले बालबालिकाको शिक्षा सहज बनाउने उद्देश्यले यस्तो सहयोग गरिएको बताएका हुन् ।
विद्यालय प्रशासनले क्लबप्रति धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूका लागि प्राप्त सामग्रीले सिकाइमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ । स्थानीय तहसँग समन्वय गर्दै क्लबले गरिब, विपन्न तथा टाढा क्षेत्रका बालबालिकामा केन्द्रीत गरेर काम गर्दै आएको छ ।
लायन्स क्लब अफ बुर्तिबाङले शिक्षा क्षेत्रमा देखाएको सक्रियता पछिल्लो समय उल्लेखनीय बन्दै गएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री सहयोग, स्वास्थ्य कार्यक्रम, सरसफाइ अभियान लगायतका कार्य गर्दै आएको छ ।
विद्यालय प्रशासन र अभिभावकहरूले क्लबको प्रयासलाई सकारात्मक ठहर गरेका छन्। विद्यालयका प्रधानाध्यापकले भने, “सामग्री पाउँदा विद्यार्थीको अनुहारमा देखिएको खुसी नै हामीलाई प्रेरणा हो ।
लायन्स क्लबले यसअघि पनि विभिन्न पालिकामा शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण, वृक्षारोपण, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच जस्ता कार्य गर्दै आएको छ।
सामाजिक अभियानमा अग्रसर लायन्स क्लबको यस्तो पहलले समुदायमा सकारात्मक प्रभाव पारेको छ भने अन्य सङ्घसंस्थालाई पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिलेको छ।
जनज्योति आधारभूत विद्यालयका उपप्राध्यापक गिता कार्कीले लायन्स क्लब अफ बुर्तिबाङको सहयोगले विद्यालय समुदायलाई ठूलो राहत मिलेको बताउनुभयो ।
“हाम्रा धेरै विद्यार्थीहरू शैक्षिक सामग्री अभावका कारण समस्या भोगिरहेका थिए। क्लबको यस्तो सहयोगले उनीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाएको छ,“ प्रधानाध्यापक  कार्कीले भन्नुभयो। उहाँले यस्ता सहयोगले विद्यालयलाई थप जिम्मेवार र क्रियाशील बन्न प्रेरणा दिएको समेत बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा स्थानीय जनप्रतिनिधिहरूले समेत क्लबको सामाजिक भावना र सहकार्यको खुलेर प्रशंसा गरेका छन्।
लायन्स क्लब अफ बुर्तिबाङले आगामी दिनहरूमा अझ व्यवस्थित र दीर्घकालीन सामाजिक योजनाहरू कार्यान्वयन गर्ने तयारी गरिरहेको छ। क्लब अध्यक्ष शान्ति पौडेलका अनुसार, “शिक्षा, स्वास्थ्य र वातावरणलाई प्राथमिकतामा राखेर आगामी वर्षभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेछौं।“
हालै मात्र क्लबले ढोरपाटन नगरपालिका –४ स्थित भाङगीको जनज्योति आधारभूत विद्यालयमा स्टेसनरी सामग्री तथा झोला हस्तान्तरण गर्दै शैक्षिक सहयोगलाई निरन्तरता दिएको लायन्स क्लब अफ बुर्तिबाङकी सचिव भिमू क्षेत्रीले जानकारी दिनुभयो ।

बडिगाडको बजेट : ७१ करोड ९५ लाख ।।

0

२०८२ असार ११ बुर्तिबाङ,

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ७१ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले १६ औँ गाउँसभा मार्फत आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक राजस्व स्रोतबाट १ करोड ६० लाख १५ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ । सङ्घीय सरकारबाट २५ करोड ५४ लाख ६७ हजार र प्रदेश सरकारबाट ११ करोड ८६ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, समपूरक अनुदानमार्फत ७ करोड ९५ लाख ७० हजार, सशर्त अनुदानबाट ११ करोड ७९ लाख ८३ हजार र विशेष अनुदानबाट २ करोड ९९ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। साथै, अन्य स्रोत तथा दातृ निकायबाट १० करोड ९ लाख ९० हजार रुपैयाँ जुटाउने योजना बजेटमा उल्लेख गरिएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय संरक्षण र सुशासनमा विशेष प्राथमिकता दिइएको छ।
उपाध्यक्ष वनका अनुसार बजेट विनियोजन गर्दा दिगो विकासका आधार तयार पार्नतर्फ ध्यान दिइएको छ।
बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ को लागि सार्वजनिक गरेको ७१ करोड ९५ लाख रुपैयाँको बजेटमा विभिन्न क्षेत्रगत प्राथमिकता निर्धारण गरिएको छ। गाउँपालिकाले समावेशी, दिगो र विकासमुखी कार्यलाई प्राथमिकता दिँदै निम्न क्षेत्रहरूलाई मुख्य रूपमा ध्यानमा राखेको छ सडक सञ्जाल विस्तार, पुल निर्माण, खानेपानी तथा सिँचाइ परियोजनामा ठुलो लगानी गर्ने घोषणा गरिएको छ ।
ग्रामीण क्षेत्रका पहुँचविहीन वस्तीलाई सडक सञ्जालमा जोड्ने योजना प्राथमिकतामा परेको छ। शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा आवश्यक संरचना निर्माण, छात्रवृत्ति कार्यक्रम र डिजिटल शिक्षाको प्रवद्र्धनमा बजेट विनियोजन गरिएको छ।
सामुदायिक स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह सुधार, औषधि उपलब्धता र सुरक्षित मातृत्व कार्यक्रमलाई सशक्त पार्ने योजना प्रस्तुत गरिएको छ । व्यावसायिक कृषि, आधुनिक कृषि उपकरण प्रवद्र्धन, पशुपालन तथा मल, बीउबिजनमा अनुदान दिइने उल्लेख गरिएको छ ।स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धन, सफा वातावरणका लागि सरसफाइ कार्यक्रम र वातावरणीय सचेतना कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।
त्यस्तै गाउँपालिका सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै गभर्नेन्स प्रणाली कार्यान्वयन गर्ने योजना प्राथमिकता सूचीमा राखिएको छ । विपन्न, अपाङ्गता भएका, एकल महिला तथा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षालाई बलियो बनाउने कार्यक्रम प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले सन्तुलित, समावेशी र दिगो विकासमा आधारित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, जसले जनताको आधारभूत आवश्यकता सम्बोधन गर्दै समृद्ध बडिगाड निर्माणमा टेवा र्पुयाउने अपेक्षा गरिएको छ ।
गतवर्ष भन्दा कुल बजेटमा १ करोड कमी रहेपनि पुँजीगत तर्फ गतवर्ष भन्दा ४ करोड कमीको बजेट सार्वजनिक गरेको हो। अघिल्लो वर्षको मौजाद कम भएको र प्रशासनिक खर्च बढेका कारण पुँजीगत खर्चमा कमी आएको हो ।

 निसीखोलाले ल्यायो ५२ करोड २४ लाख बजेट ।।

0

२०८२ असार ११ गते बुर्तिबाङ,
बागलुङको निसीखोला गाउँपालिकाले ५२ करोड २४ लाख २१ हजार आठ सय ५२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १६ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरद्वारा प्रस्तुत बजेटमा ७ वटा वडाहरूलाई २ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले  आगामी चालु आर्थिक वर्ष २०८२/८३ का लागि ५२ करोड २४ लाख २१ हजार आठ सय ५२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
जसमा वडा नम्बर १ लाई ३८ लाख ७१ हजार, वडा नम्बर २ मा ३५ लाख ११ हजार, वडा नम्बर ३ का लागि ३५ लाख ६८ हजार, वडा नम्बर ४ का लागि ३० लाख ८२ हजार, वडा नम्बर ५ का लागि ४१ लाख १९ हजार, वडा नम्बर ६ का लागि ४५ लाख १९ हजार र वडा नम्बर ७ का लागि ३२ लाख ८४ हजार रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाको १६ औं गाउँसभा बैठकमा गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमा गाउँपालिकाका सातै वडाहरूका लागि जम्मा दुई करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।  

पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गर्ने नीति ल्याएको छ ।