Home Blog Page 43

बुर्तिबाङमा बौद्धिक अपांगता भएका बालबालिकाले अध्ययन गर्दे आएको विद्यालय बन्द ।

0

बागलुङको ढोरपाटन नगरपालिका १ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा बौद्धिक अपांगता भएका विद्यार्थीले पठन पाठन गर्दे आएको विद्यालय गत आइतबार देखि बन्द गरिएको छ ।

२०७१ सालमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा विद्यालय भवन, फर्निचर सहित निर्माण गरी सञ्चालन गरिएको विद्यालय विद्यार्थी अभावमा बन्द भएको जनाइएको छ ।   पश्चिम बागलुङका बौद्धिक अपांगता भएका विद्यार्थीले अध्ययन गर्दे आएपनी पछिल्लो समय बालबालिका नभएको हुनाले बन्द गर्नुपरेको  उत्तरगंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक इश्वरी पौडेलले बताउनु भयो ।

विगतका बर्षमा २०÷२२ जना सम्म बालबालिका हुने गरेपनि पछिल्लो समय  संख्या घट्दै गएपछि १ जना मात्र रहेको र  १ जनालाई मात्र पठन पाठन गराउन सम्भव नदेखिएपछि मौखिक रुपमा शिक्षक कर्मचारीलाई सेवा सुविधा उपलब्ध् गराएर बन्द गरिएको प्रध्यानाध्यापक पौडेलको भनाई छ ।  यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालले यस विषयमा आफुलाई कुनै जानकारी प्राप्त नभएको बताउनु भयो ।

त्यस्तै ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत गणेश बहादुर रावलले समेत आफुलाई जानकारी नगराइएको बताउनु भएको छ । संघिय सरकार मार्फत ढोरपाटन नगरपालिकाले प्रति विद्यार्थी मासिक पाँच हजारका दरले बार्षिक रुपमा एकमुष्ठ पचास हजार रुपैयाँ र शिक्षक तलव समेत व्यवस्था गर्दे आएको शिक्षा शाखा अधिकृत रावलले बताउनु भयो ।

केहि महिना अगाडि सम्म ७ जना विद्यार्थी भएपनी हाल १ जना मात्रै रहेको र १६ बर्ष उमेर माथिका विद्यार्थीलाई राख्न नमिल्ने भएका कारण बन्द गर्नुपरेको प्रध्यानाध्यपक पौडलको भनाई छ ।

 स्थानीय स्रोतको उपयोग गर्दै खुँखानीका चन्द्र  ।।

0

२०८२ असार २९, बुर्तिबाङ ,
शिशिर विश्वकर्मा ,बागलुङको तमानखोला गाउँपालिका खुंखानीका चन्द्र बहादुर सिर्पाली सीपमा पोख्त हुनुहुन्छ ।
उहाँले स्थानीय चोयाबाट  डोको ,लाम्लो, लगायत चोयाबाट बन्ने धेरै स्थानीय स्तरमा उपभोग गरिने सामाग्री बनाउनु हुन्छ । स्थानिय स्रोतको सिर्जनात्मक उपयोग गर्दै तमानखोला गाउँपालिका खुंखानीका चन्द्र सिपालीले चोयाबाट तयार हुने विभिन्न परम्परागत तथा आधुनिक सामग्री निर्माण गर्दै आउनुभएको छ ।
तमानखोला गाँउपालिकाले आयोजना गरेको दलित उद्यमशीलता प्रवर्द्धन तालिममा सहभागी भएपछि सिर्पालीले आफ्नो सीपलाई आधुनिक स्वरूपमा ढाल्दै चोयाबाट र्‍याक 
फोटो फ्रेम, म्याक्सिन टोकरा, झोल झुण्ड्याउने डोरी, भाँडाकुँडा राख्ने सजावटी होल्डर जस्ता सामग्री बनाउँदै आउनुभएको छ ।
“घरभित्र सीमित सिपलाई तालिमले नयाँ बाटो देखायो,” सिपालीले भन्नुभयो, “तर बजार र प्रवर्द्धनको सहारा पाए भने यो सीपबाट राम्रो आम्दानी लिन सकिन्छ ।”
परम्परागत रूपमा डोको, लाम्लो जस्ता वस्तुहरू निर्माण गर्दै आउनुभएका सिर्पाली पछिल्लो समय गाउँपालिकाले सञ्चालन गरेको दलित उद्यमशीलता प्रवद्र्धन तालिममा सहभागी भएपछि अझ विविध र कलात्मक सामग्री बनाउन थालेका छन् । हाल उहाँले चोयाबाट र्याक,  फोटो फ्रेम, भाँडाकुँडा राख्ने होल्डरजस्ता सजावटी तथा उपयोगी सामाग्रीहरू तयार पार्न थालेका छन् ।
फोटो फ्रेम, म्याक्सिन टोकरा, झोल झुण्डयाउने डोरी, भाँडाकुँडा राख्ने सजावटी होल्डर जस्ता सामग्री बनाउँदै आउनुभएको छ ।
उहाँले अहिले सम्म घरायसी प्रयोजनका लागि मात्र बनाएको बताए त्यसलाई अब स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिए यसलाई व्यवसायिक रुपमा रुपान्तरण गर्ने बताए ।
पालिकाले दलित उद्यमशिल तालिम दिए पछि उहाँले अहिले चोयाबाट र्‍याक , फोटो फ्रेम, लगायत अन्य सामाग्रीहरू पनि बनाउनुहुन्छ । उनले स्थानीय वन स्रोत ,चोयाको प्रयोग गर्दै डोको, लाम्लो, पाखा, जस्ता दैनिक उपभोग्य वस्तुहरू निर्माण गर्दै आइरहेका छन्। तर अहिले त्यो सीप केवल परम्परामा सीमित छैन। अब त्यो सृजनामा रूपान्तरण हुँदैछ ।
त्यस्तै तमानखोला गाउपालिका वडा नम्बर एकका धनीराम सुनुवारले पनि स्थानीय चोयाबाट बन्ने धेरै सामाग्रीहरू उत्पादन गरेको बताउनु भयो ।
यसैगरी वडा नम्बर १ का धनीराम सुनुवारले पनि चोयाको सिर्जनात्मक प्रयोग गर्दै घरायसी प्रयोजनका लागि विभिन्न सामाग्रीहरू उत्पादन गर्दै आउनुभएको छ। तर बजार अभाव र स्वास्थ्यका कारणले गर्दा उत्पादनलाई बजारसम्म पुर्‍याउन नसकिएको उहाँको गुनासो छ।
“बजार छैन, र आफ्नो शरीरले पनि साथ दिंदैन” सुनुवारले भन्नुभयो, “यसैले अहिले पनि आफूले बनाएको सामान आफ्नै घरमा प्रयोग हुन्छ, कहिलेकाहीं छरछिमेकीलाई दिएर खुसी मान्छु।”
तर बजारीकरण नहुँदा र अशक्त भएका कारण  टाढा लगेर बिक्री गर्न नसकेका कारण घरायसी प्रयोजनमा मात्र सीमित भएको बताए ।
“पहिले घरको कामका लागि मात्रै बनाउँथे, अहिले त तालिमपछि झन् धेरै किसिमका सामान बनाउन थालेको छु,“ उहाँले भन्नुभयो, “यदि गाउँपालिकाले बजार व्यवस्थापन गरिदिने हो भने यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सक्छु।“
“कसैले खरिद गर्न घरमै आए भने दिन्छु, नत्र त यत्तिकै घरभित्रै सडेर जान्छ,“ सुनुवारले दुखेसो पोख्नुभयो ।
स्थानीय स्रोतको यस्ता सिर्जनात्मक प्रयोगलाई व्यवसायीक स्वरूप दिन सकेमा गाउँमै रोजगारी सृजना हुनुका साथै परम्परागत सीप संरक्षणमा समेत टेवा पुग्ने देखिन्छ ।
चन्द्र सिपाली र धनीराम सुनुवारजस्ता व्यक्तिहरूको प्रयास तमानखोला जस्ता ग्रामीण क्षेत्रमा लुकेका प्रतिभा र स्रोतहरूको उदाहरण हुन्। यदि स्थानीय सरकारले सही नीति र सहयोग प्रदान गर्न सकेमा, चोया जस्ता साधारण स्रोतले पनि आत्मनिर्भरता, रोजगारी र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्छ ।
तमानखोला गाँउपालिका अध्यक्ष जोकलाल बुदाले भन्नुभयो – “हामीले दलित तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन तालिमहरू सञ्चालन गरेका छौँ। आगामी आवमा बजार व्यवस्थापन र प्रदर्शनी मेलाजस्ता कार्यक्रम पनि आयोजना गर्ने योजना छ।”
तमानखोला क्षेत्रमै प्रशस्त मात्रामा पाइने चोया सजिलै संकलन गर्न सकिने स्रोत हो । यसबाट निर्माण गरिएका सामाग्रीहरू टिकाउ, सौन्दर्ययुक्त र पर्यावरणमैत्री हुन्छन्। तर चुनौती भनेको यसलाई बजारसम्म कसरी  पुर्‍याउने  
भन्नेमा छ ।
स्थानीय उत्पादनलाई बजार व्यवस्थापन, उत्पादनको मूल्यांकन, ब्राण्डिङ र डिजिटल प्रवर्द्धन जस्ता पक्षहरूमा तालिम र सरकारी सहजीकरण नहुँदा सृजनशीलता सीमित दायरामा सीमित भएको देखिन्छ ।

 

सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार

0

बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुँन नसक्दा दुई गर्भवतीको एक साथ हेलिकप्टरद्वारा उद्दार गरी काठमाण्डौ पु¥याइएको छ । सुत्केरी हुनका लागि आउनुभएको दुई गर्भवतीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि हवाई उद्दार गरिएको हो ।बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–८ निवासी ३८ वर्षीय हुमी विक र ढोरपाटन नगरपालिका–५ निवासी २३ वर्षीया देवि सुनारलाई हवाई उद्दार गरिएको हो ।
दुई गर्भवतीकै नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाण्डौ थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
बागलुङ ÷ सुत्केरी व्यथाले चापी ज्यान जोखिममा रहेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका ५ र ८ का सुत्केरी हुन नसकी ज्यान जोखिममा रहेका दुई जना गर्भवति महिलालाई हेलिकप्टरबाट उद्धार गरी शनिवार काठमाडौ पठाइएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको बिहानैदेखिको निरन्तर प्रयास र पहलमा आज दिउसो नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी एयर लिफ्टिङको माध्यमबाट काठमाडौं स्थित थापाथली प्रसुतीगृहमा पठाइएको जनाइएको छ ।

तमानखोला गाउँपालिकाको आयोजनामा बोङ्गादोभानमा सार्वजनिक सुनुवाइ कार्यक्रम

0

बागलुङको तमानखोला गाउँपालिकाको आयोजनामा शनिबार वडा नम्बर १ को बोङ्गादोभानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०८१÷०८२ को तेश्रो चौमासिक सम्म भएगरेको विकास निर्माण, सेवा प्रवाह, गुणस्तर र शुसासनका सन्दर्भमा स्थानीय नागरिकका बिचमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा सहभागि नागरिकले सडक निर्माण, स्वास्थ्य क्षेत्रको विकास, गुणस्तरीय शिक्षामा जोड्, बोङ्गादोभान बजारमा ढल र सडक व्यवस्थापन, बुर्तिबाङ –बोङ्गादोभान सडक अलपत्र पर्नुका कारण, वडाको भवन निर्माणमा ढिलाई लगायत दर्जनौँ प्रश्न राखेका हुन ।

सहभागीको तर्फदेखि योगेन्द्र कुमार पुन, धर्म बहादुर घर्ति, देव बहादुर विश्वकर्मा, बाबुराम सिर्पाली, गोम बहादुर पुन, वेद बहादुर बुढा, चन्द्र प्रकाश बिक, खिम बहादुर छन्त्याल, लिल बहादुर पून, धुर्व शेरचन, देवानन्द गिरी, भरत छन्त्याल हर्क बहादुर सारासंकर, दुर्गा बहादुर बि.क लगायतले प्रश्न जिज्ञासा र सुझाव सहितको धारणा राख्नु भएको हो । सहभागिले तमान– म्याग्दी सिमा विवादको अवस्था, कृषि उत्पादन र बजारीकरण, स्वरोजगार कार्यक्रमको अवस्था लगाएतका विषयमा चासो गुनासो र प्रश्न राखेका हुन ।

सहभागिताबाट उठेका प्रश्न र जिज्ञासाको सन्दर्भमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, प्राविधिक राजन जि.सी., वडा अध्यक्ष थम बहादुर रोका, वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले प्रस्ट पार्नुभएको हो । गाउँपालिका अध्यक्ष जोक लाल बुढाले सहभागीको प्रश्नको जवाफ दिँदै स्थानीय सरकारले गर्ने कार्यमा पालिकाको आर्थिक अवस्था बमोजिम शिक्षा, स्वास्थ्य सडक, कृषि, पर्यटन, भौतिक पूर्वाधार लगायतका कार्यमा श्रोतले भ्याएसम्म काम गरिएको बताउनु भयो ।

शिक्षा क्षेत्रमा भौतिक प्रगति भइरहेको र अब सबै पक्षको सहभागितामा शिक्षाको गुणस्तर उकास्न अगाडि बढ्नुपर्ने समय आएकोमा जोड दिनुभयो । बजेट अभावका कारण ठूला योजना पालिकाले अगाडि बढाउन नसक्ने बताउँदै संघ, प्रदेश सरकारबाट भइरहेका विकास निर्माणमा पालिकाले थप ध्यानाकर्षण गराउने, समयमा काम सक्न ताकेता गर्ने गरिएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत अमित परियारले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८१÷०८२ को प्रतिवेदन अनुसार चालू तर्फ ७७.०३ प्रतिशत र पूजीगत तर्फ ७३.१४ प्रतिशत गरी समग्रमा ७५.८९ प्रतिशत प्रगती भएको बताउनु भयो ।

त्यस्तै गाउँपालिकाले ३२ लाख १३ हजार ९ सय ६४ रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको छ । कार्यक्रम गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत, जिल्ला समोन्य समिती सदस्य टेक बहादुर अर्गेजा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका प्रतिनिधी, शिक्षक, टोल विकास समिती पदाधिकारी, उपभोक्ता समिती पदाधिकारी , स्थानीय सेवाग्राही नागरिकको सहभागिता रहेको हो ।

कार्यक्रम सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।

  हिमालयन युवा क्लब हिलेको १२औं वार्षिक उत्सवको तयारी सम्पन्न ।।

0

२०८२ असार २६ , बुर्तिबाङ ,
तमानखोला गाउँपालिका, हिलेस्थित हिमालयन युवा क्लब हिलेको १२औं वार्षिक उत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको छ।
हरेक वर्ष साउने संक्रान्तिको अवसरमा आयोजना हुने मेला, यस वर्ष विविध कारणवश साउन १८ गतेबाट सुरु हुने भएको क्लबले जानकारी दिएको छ । कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका सचिव तिलक सिर्पालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उत्सवलाई भव्य र सान्दर्भिक बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ ।
सम्पूर्ण कार्यक्रमको लागि दर्ता कार्य  असार १८ गतेसम्म सम्पन्न गरिनुपर्ने छ। विगतमा मेला तथा महोत्सवहरु निर्धारित तालिका अनुसार संचालन नहुने समस्या देखिएकाले, यसपटकको  साउने संक्राती मेला समयको पालना गरी सभ्य र भव्य रूपमा सम्पन्न गरिनेछ ।
कार्यक्रममा स्थानीय उत्पादन प्रदर्शनी, कला र संस्कृति झल्किने विविध प्रस्तुति सहित स्थानीयस्तरका कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। आयोजकले मेलामा सक्रिय सहभागिता जनाउन सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ।

श्रीमतीको जन्मदिनमा मुसिकोटका तिल बहादुर द्धारा बीमा पोलिसी उपहार ।

0


गुल्मीको मुसीकोट नगरपालिका २ का तिल बहादुर राना कुमालले आफ्नो श्रीमतीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिनुभएको छ ।

संगै जिउने सँगै मर्ने कसम खाएका कुमाल दम्पतीले श्रीमतीको सुरक्षा र बचतका निम्ती अन्य फजुल खर्च कटाएर पाँचलाख विमाँकको सिटिजन लाईफ इन्स्युरेन्स बागलुङमा जीवन बीमा गरिदिनुभएको हो । 


बीमाले बचत सँगै सुरक्षा दिने भएका कारण आफूले श्रीमती अनिता राना कुमालको  जन्मदिनको अवसर पारेर बीमा खरिद गरेको बताउनु भयो । पछिल्लो समय जन्मदिन, विवाह लगायत शुभ कार्यमा आफन्त, परिवारको जीवन बीमा गरिदिने प्रचलन बद्दै गएको छ ।

सुरक्षा र बचत दुबै हुने भएपछि बीमा तर्फ नागरिकको आर्कषण बढेको सिटिजन लाइफ इन्स्युरेन्स बागलुङका शाखा प्रबन्धक कमला शर्माले बताउनु भयो । एजेन्सी म्यानेजर मार्फत बिमितलाई पोलिसी हस्तान्तरण गरिएको हो । 

बागलुङको बुर्तिबाङमा ई.भी. गाडी चार्जिङ सेवा सञ्चालन ।।

0

०८२ असार २६ ,बुर्तिबाङ ,बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा पहिलो पटक विद्युतीय सवारिसाधन (ई.भी.) चार्ज गर्न मिल्ने सेवा सुरु गरिएको छ ।
हरित प्रविधिको प्रवर्द्धन तथा वातावरणमैत्री यातायात सेवा विकास गर्ने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायीको पहलमा सञ्चालित चार्जिङ स्टेशनले अबदेखि बुर्तिबाङ आसपासका क्षेत्रका ई.भी. प्रयोगकर्तालाई सहज सेवा प्रदान गर्नेछ ।
चार्जिङ सेवा सञ्चालनमा आएसँगै दीर्घकालीन रूपमा स्वच्छ ऊर्जाको प्रयोग बढ्ने र पेट्रोलियममा निर्भरता घट्ने अपेक्षा गरिएको छ । सेवा प्रदायक संस्थाका अनुसार सो स्टेशनमा एकैपटक २ देखि ४ वटासम्म सवारी चार्ज गर्न सकिने सुविधा छ । चार्जिङ शुल्क पनि न्यून राखिएको बताइएको छ, जसले उपभोक्तालाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
यसअघि बागलुङ जिल्लामा ई.भी. चार्जिङ सेवा मुख्य बजार क्षेत्र र राजमार्ग आसपास सीमित थियो। बुर्तिबाङ जस्तो दुर्गम क्षेत्रमै यस्तो सेवा सुरु हुनु स्थानीयवासी तथा व्यवसायीका लागि सकारात्मक पहलका रूपमा हेरिएको छ ।
बुर्तिबाङमा पहिलो पटक विद्युतीय सवारीसाधन (ई.भी.) चार्ज गर्न मिल्ने सेवा सञ्चालनमा आएको छ। हरित प्रविधिको प्रवद्र्धन तथा वातावरणमैत्री यातायात प्रणाली निर्माण गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो। सेवा सञ्चालनसँगै स्थानीय स्तरमै आधुनिक प्रविधिको उपयोगको सुरुवात भएको छ।
स्थानीय तह, सरोकारवाला निकाय र नागरिक स्तरबाट समेत यो सेवालाई समर्थन दिइएको छ। आगामी दिनमा अन्य स्थानमा पनि यस्ता सेवा विस्तार गरिने योजना रहेको सञ्चालकको भनाइ छ
बुर्तिबाङमा पहिलो पटक विद्युतीय सवारीसाधन (ई.भी.) चार्ज गर्न मिल्ने सेवा सञ्चालनमा आएको छ। हरित प्रविधिको प्रवर्द्धन तथा वातावरणमैत्री यातायात प्रणाली निर्माण गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो। सेवा सञ्चालनसँगै स्थानीय स्तरमै आधुनिक प्रविधिको उपयोगको सुरुवात भएको छ।
स्थानीय उद्यमीहरूको लगानीमा स्थापना गरिएको उक्त चार्जिङ स्टेशनले प्रारम्भमा ४ वटा गाडी एकैपटक चार्ज गर्न सक्ने क्षमता राखेको छ। निकट भविष्यमै क्षमता विस्तार गर्दै मोटरसाइकल, रिक्सा तथा अन्य साना विद्युतीय साधन चार्ज गर्न मिल्ने सुविधा थपिने सञ्चालकको भनाइ छ।

 

 

 

ढोरपाटनमा दिगो पर्यटन प्रवर्द्धन परियोजनाको समिक्षा कार्यक्रम सम्पन्न

0

बागलुङ, असार २४ – जर्मन सरकारको सहयोगमा, विवाईसी बागलुङको विकास साझेदारी र ढोरपाटन नगरपालिका तथा निसिखोला गाउँपालिकामा सञ्चालित दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तर्गत ढोरपाटन नगरपालिकामा सरोकारवालाबीच समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यता, परियोजना टिम लिडर अमर थापाको स्वागत मन्तव्य र सचिव विक्रम शर्माको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तीराम सापकोटा, ढोरपाटन शिकार आरक्षका रेन्जर पदमबहादुर रोकाया, सोलो ट्रेकर तथा डकुमेन्ट्री निर्माता सिर्जना ओली, सेनाका सह(सेनानी प्रनव झा, विवाईसीका कोषाध्यक्ष राजु निउरे, स्थानीय होमस्टे सञ्चालकहरू लगायत ३९ जना सरोकारवालाको उपस्थिति रहेको थियो।

परियोजनाका संयोजक उत्तम अर्यालले परियोजनाबाट सम्पन्न कार्यक्रमहरूको बारेमा प्रस्तुति दिंदै, स्थानीय रोजगारी सृजनासँगै समुदायको आर्थिक अवस्था उकास्ने लक्ष्य रहेको बताए। परियोजनाले होमस्टे, होटल व्यवस्थापन, कफी बेकरी, महिला तथा युवा समूह, बाल क्लबहरू मार्फत सचेतना, सीप विकास तालिम, ऊनजन्य उद्योग, सूचना केन्द्र स्थापना आदि कार्यक्रम सञ्चालन गरेको छ।

जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले ढोरपाटन क्षेत्रलाई केवल चरीचरण वा गोठ क्षेत्रमा सीमित नबनाई, यहाँको शिक्षा, स्वास्थ्य, यातायात लगायत आधारभूत पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए। उनले ढोरपाटन वरिपरिका समुदायलाई समेटेर छुट्टै पालिका गठनको मागलाई समेत तर्कसंगत ठहर गरे।
सोलो ट्रेकर सिर्जना ओलीले ढोरपाटनलाई सोलुखुम्बुको नाम्चे बजार सरह पर्यटनको आधार शिविरको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै, मौलिकता र प्रकृति जोगाउँदै आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने धारणा राखिन्। उनले फूलको बगैंचा, साइकल मार्ग, पदमार्ग, अनुसन्धान गन्तव्य, आध्यात्मिक क्षेत्र विकास, र स्थानीय गाइड तालिम जस्ता उपायहरू सुझाइन्।
विवाईसी बागलुङका अध्यक्ष गौतमले ढोरपाटन बुकिमा पर्यटकका लागि गोठस्टे सञ्चालन गर्ने सन्देश पुनलाई दुई थान फ्रेम टेन्ट, एक थान शौचालय टेन्टसहित रु। १,९८,९०० बराबरको सामग्री हस्तान्तरण गरे। सामग्री हस्तान्तरण सामाजिक परिचालन अधिकृत ओम सिर्पालीको संयोजनमा सम्पन्न भएको थियो।

  निसीखोला–२ मा खेलकुद सामग्री वितरण तथा खेलाडी प्रोत्साहन कार्यक्रम सम्पन्न ।।

0

२०८२ असार २१ ,बुतिबाङ

निसीखोला गाउँपालिका–२ मा स्थानीय विद्यालय, क्लब र खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आयोजित खेलकुद सामग्री वितरण तथा खेलाडी प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ शिवशक्ति आधारभूत विद्यालयकी शिक्षिका श्रीमती छमकला बलालको स्वागत मन्तव्यबाट गरिएको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कुबिर विश्वकर्माले गर्नुभएको थियो भने तामबहादुर कुँवर, रामबहादुर कार्की र निमकुमारी विक विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
विद्यालय प्रतिनिधिहरूलाई भलिबल वितरण ,राष्ट्रपति रनिङ शिल्ड विजयी खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गर्दै ,क्लब प्रतिनिधिहरूलाई नेत्र स्पेशल बल हस्तान्तरण ,वडा अन्तर्गतका सबै विद्यालयलाई एक÷एक थान भलिबल र स्किपिङ डोरी वितरण ,राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्रद्वारा सम्मान ,वडा भित्रका ५ वटा क्लबलाई नेत्र स्पेशल बल वितरण।
कार्यक्रममा शुभकामना मन्तव्य शिक्षिका छमकला बलाल, नीलकुमारी खत्री, र प्रेमबहादुर भण्डारीले राख्नुभएको थियो। वक्ताहरूले यस्तो कार्यक्रमले गाउँस्तरमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमले खेलकुदको महत्त्व झल्काएको मात्र होइन, स्थानीय सरकारको शिक्षा र युवा सशक्तिकरणप्रति प्रतिबद्धता पनि देखाएको छ। सहभागीहरूको अनुहारमा देखिएको उत्साहले कार्यक्रमको सफलताको पुष्टि गरेको छ।

बुर्तिबाङमा EDU.ZOON को नयाँ शाखा सञ्चालनमा ।।

0

२०८२ असार १७,बुर्तिबाङ
बागलुङको बुर्तिबाङमा इ.दि.यू. जोनले नयाँ  शाखा सञ्चालनमा ल्याएको छ ।
मंगलबार एक औपचारिक कार्यक्रम समारोहबीच शाखाको उद्घाटन गरिएको हो । अब बुर्तिबाङ क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूले वैदेशिक अध्ययनसम्बन्धी परामर्श र भिसा सेवाहरू स्थानमै बसेर पाउनेछन्।
उद्घाटन समारोहमा ढोरपाटन उद्योग बाणिज्य संघका अध्यक्ष दालेन्द्र छन्त्याल, समाजसेवी, शिक्षक, विद्यार्थी, र अभिभावकहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष छन्त्यालले भने, “विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई अब सहर धाउनु नपर्ने भएको छ । यो सेवा ग्रामीण भेगमा ज्ञान, सीप र अवसर विस्तार गर्ने ठोस कदम हो।”
इ.दि.यू. जोनका अध्यक्ष दिल रानाले जानकारी दिँदै भने, “हामीले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिन यस शाखाको स्थापना गरेका हौं। अब यहींबाट पठनपाठनका लागि आवश्यक विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, भर्ना, भाषा तयारीदेखि भिसासम्म सम्पूर्ण सेवा उपलब्ध हुनेछ।”
शाखामा अष्ट्रेलिया, जापान, क्यानडा, युके, र युरोपेली मुलुकहरूका लागि आवश्यक परामर्श तथा भिसा आवेदन सेवा सञ्चालन हुनेछ।
स्थानीय बासिन्दा र विद्यार्थीहरूले यस्ता सेवा बुर्तिबाङमै सुरु भएकोमा खुसी व्यक्त गर्दै प्रविधि र शिक्षामा सहज पहुँचको अपेक्षा व्यक्त गरेका छन् ।
विद्यार्थीको रुचि, क्षमता र शैक्षिक योग्यता अनुसार उपयुक्त देश, विश्वविद्यालय र कोर्सको सिफारिस ,विश्वविद्यालय आवेदन प्रक्रिया, कागजात तयारी र स्कलरशिप सम्बन्धी मार्गदर्शन,भिसा आवेदन प्रक्रिया ,अष्ट्रेलिया, क्यानडा, जापान, युके, युरोपियन मुलुकहरू लगायतका लागि भिसा आवेदन सहायता लगायतको सेवाहरु प्रवाह बताएको हो ।