२०८२ असार २६ , बुर्तिबाङ ,
तमानखोला गाउँपालिका, हिलेस्थित हिमालयन युवा क्लब हिलेको १२औं वार्षिक उत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको छ।
हरेक वर्ष साउने संक्रान्तिको अवसरमा आयोजना हुने मेला, यस वर्ष विविध कारणवश साउन १८ गतेबाट सुरु हुने भएको क्लबले जानकारी दिएको छ । कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका सचिव तिलक सिर्पालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उत्सवलाई भव्य र सान्दर्भिक बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ ।
सम्पूर्ण कार्यक्रमको लागि दर्ता कार्य असार १८ गतेसम्म सम्पन्न गरिनुपर्ने छ। विगतमा मेला तथा महोत्सवहरु निर्धारित तालिका अनुसार संचालन नहुने समस्या देखिएकाले, यसपटकको साउने संक्राती मेला समयको पालना गरी सभ्य र भव्य रूपमा सम्पन्न गरिनेछ ।
कार्यक्रममा स्थानीय उत्पादन प्रदर्शनी, कला र संस्कृति झल्किने विविध प्रस्तुति सहित स्थानीयस्तरका कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। आयोजकले मेलामा सक्रिय सहभागिता जनाउन सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ।
हिमालयन युवा क्लब हिलेको १२औं वार्षिक उत्सवको तयारी सम्पन्न ।।








