बुर्तिबाङमा बौद्धिक अपांगता भएका बालबालिकाले अध्ययन गर्दे आएको विद्यालय बन्द ।

बागलुङको ढोरपाटन नगरपालिका १ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा बौद्धिक अपांगता भएका विद्यार्थीले पठन पाठन गर्दे आएको विद्यालय गत आइतबार देखि बन्द गरिएको छ ।

२०७१ सालमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा विद्यालय भवन, फर्निचर सहित निर्माण गरी सञ्चालन गरिएको विद्यालय विद्यार्थी अभावमा बन्द भएको जनाइएको छ ।   पश्चिम बागलुङका बौद्धिक अपांगता भएका विद्यार्थीले अध्ययन गर्दे आएपनी पछिल्लो समय बालबालिका नभएको हुनाले बन्द गर्नुपरेको  उत्तरगंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक इश्वरी पौडेलले बताउनु भयो ।

विगतका बर्षमा २०÷२२ जना सम्म बालबालिका हुने गरेपनि पछिल्लो समय  संख्या घट्दै गएपछि १ जना मात्र रहेको र  १ जनालाई मात्र पठन पाठन गराउन सम्भव नदेखिएपछि मौखिक रुपमा शिक्षक कर्मचारीलाई सेवा सुविधा उपलब्ध् गराएर बन्द गरिएको प्रध्यानाध्यापक पौडेलको भनाई छ ।  यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालले यस विषयमा आफुलाई कुनै जानकारी प्राप्त नभएको बताउनु भयो ।

त्यस्तै ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत गणेश बहादुर रावलले समेत आफुलाई जानकारी नगराइएको बताउनु भएको छ । संघिय सरकार मार्फत ढोरपाटन नगरपालिकाले प्रति विद्यार्थी मासिक पाँच हजारका दरले बार्षिक रुपमा एकमुष्ठ पचास हजार रुपैयाँ र शिक्षक तलव समेत व्यवस्था गर्दे आएको शिक्षा शाखा अधिकृत रावलले बताउनु भयो ।

केहि महिना अगाडि सम्म ७ जना विद्यार्थी भएपनी हाल १ जना मात्रै रहेको र १६ बर्ष उमेर माथिका विद्यार्थीलाई राख्न नमिल्ने भएका कारण बन्द गर्नुपरेको प्रध्यानाध्यपक पौडलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img