Home Blog Page 42

ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा ।

0

 

टीडीएच बि.एम.जेट.जर्मन सरकारको सहयोग र विवाईसी बागलुङको विकास साझेदारीमा निसिखोला गाउपालिका र ढोरपाटन नगरपालिकामा संचालित दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तर्गत ढोरपाटन नगरपालिका वडा नं. ७ मा स्थापित ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारिम्भक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।


उक्त प्रारिम्भक साधारण सभा कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङमा स्थापित ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री निरिता कुमाई भण्डारीको अध्यक्षता र ढोरपाटन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री धनवहादुर अदैको प्रमुख अथितिविवाईसी बागलुङका उद्यम विकास अधिकृत टेक वहादुर वि.के. को विशेष उपस्थितीमा उक्त कार्यक्रम संचालन भएको थियो । 


कार्यक्रममा विवाईसी बागलुङका सामाजिक परिचालन अधिकृत ओमप्रकास सिर्पाली, सहकारी संस्थाका  सदस्य तथा विभिन्न सरोकारवाला निकायको उपस्थिती रहेको थियो । कार्यक्रममा विशेष गरी सहकारी संस्था दर्ता भएपछि सहकारी संस्थाले गरेका गतिबिधि तथा उपलब्धीहरुको विषयमा संस्थागत प्रस्तुतीकरण संचालक समितिका अध्यक्ष श्री निरिता कुमाई भण्डारी गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन प्रस्तुतीकरण कोषाध्यक्ष श्री अनिता अदैले गर्नुभएको थियो ।


सहकारी संस्थाको संस्थागत प्रतिवेदनमा उल्लेख भएबमोजिम हालसम्म सहकारी संस्थाले ३२ जना शेयर सदस्य निर्माण गरेको उक्त ३२ जनावाट प्रबेश शुल्क १६ हजार, शेयर रकम १६ हजार र मासिक बचत १७ हजार ४ सय गरी जम्मा ४९ हजार ४ सय जम्मा भएको, विवाईसी बागलुङसंगको समन्वय तथा सहजीकरणमा यस वडा नं. ७ को सेलिखोलामा रहेको सार्वजनिक जग्गा सहकारी संस्थाको नाममा लिएको, आलु चिप्स भवन निर्माणको लागि विवाईसी बागलुङसंग भवन माग गरिएको, आलु चिप्स संचालनको लागि निर्माण गरिने भवनको जग्गालाई जेसिबि मार्फत सम्याईनुका साथै उक्त भवन वनाउने जग्गाको लेआउट गरिएको र डिजाई भईरहेको सहकारी  संचालक समितिका अध्यक्षले गराउनु भयो ।

कार्यक्रमका प्रमुख अथितिले अदैले बोल्दै सहकारी संस्थालाई जिल्ला कै नमुना सहकारी बनाउने विशेष गरी आलुलाई बिबिधिकरण गरी आलुको चिप्स, आलुको मस्यौरा, आलुको सोया, आलुको रक्सी, आलुको भुजिया जस्ता वस्तु तथा आईटमहरु बनाउन सकिएमा यहाँको श्रोतहरुको सहि रुपमा सदुपयोग र यहाँका युवाहरुले यही रोजगार पाउने सम्भावना हुने, यहाँको पैसा यही रहने बताउनु भयो  ।


त्यस्तै गरी यस क्षेत्रमा अर्गानिक रुपमा उत्पादन भएको वस्तु तथा सेवालाई सहकारी मार्फत बजारीकरण गर्नुपर्ने र सहकारीको माध्यमबाट आर्थिक उर्पाजन गर्न सकिने विवाईसी बागलुङका सामाजिक परिचालन अधिकृत ओम सिर्पालीले जानकारी गराउनु भयो ।  कार्यक्रमको संचालन सहकारी संस्थाका सचिव तिर्सना अदैले गर्नुभएको थियो ।

ढोरपाटन उद्योग वाणिज्य संघले खरिद गर्यो भवन निर्माणका निम्ती जग्गा ।

0

ढोरपाटन उद्योग वाणिज्य संघले आफनो भवन निर्माणका निम्ती पचास लाख बढि रकममा जग्गा खरिद गरेको छ ।

यसै बर्ष संस्थाको भवन निर्माण गर्ने उद्देश्य सहित ढोरपाटन नगरपालिका २ बगरमा १० आना ३ दाम जग्गा पचास लाख ८१ हजार रुपैयाँमा खरिद गरिएको उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।

अध्यक्ष छन्त्यालले भन्नुभयो ‘संस्थामा रहेको कोष, क्यालेन्डर निर्माण र सदस्यता शुल्क लगायतको शिर्षक बाट पन्ध्र लाख रुपैयाँ र ४१ लाख रुपैयाँ कार्यसमितिबाट सङ्कलन गर्ने गरी आर्थिक व्यवस्थापन गरेर जग्गा खरिद गरेका छौँ ।’

खरिद गरिएको जग्गाको लालपूर्जा

अब चाँडै भवन निर्माण गर्ने गरी अगाडि बढिने बताइएको छ । उद्योग वाणिज्य संघको भवन निर्माणका निम्ती ढोरपाटन नगरपालिकाले चालु आर्थिक बर्षका लागी बिसलाख रुपैयाँ बजेट विनियोजन गरेको हो । अन्य श्रोत जुटाएर तिन तला सम्मको भवन निर्माण गरिने अध्यक्ष छन्त्यालले बताउनु भयो । संस्थाले बुर्तिबाङ बजार नजिकै वगर भन्ने स्थानमा ढोरपाटन जाने सडक छेउमा जग्गा खरिद गरेको हो ।

संस्था स्थापना पश्चात भाडाको घरमा बस्दै आएको र बैठक, कार्यक्रम लगायतका गतिविधि गर्नलाई समस्या भएपछि आफ्नै भवन निर्माणमा जग्गा खरिदका निम्ती अध्यक्ष छन्त्याल लगायत पदाधिकारीको सक्रिय भूमिका रहेको हो ।

न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगद्वारा चेतनामूलक बोर्ड सहयोग ।।

0


२०८२ साउन ४ , बुर्तिबाङ,
शिशिर विश्वोकर्मा , बागलुङको ढोरपाटन नगरपालिका –१ स्थित न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगले सडक सुरक्षालाई ध्यानमा राख्दै बागलुङको बुर्तिबाङ क्षेत्रको बतासे डाँडामा चेतनामूलक बोर्ड राखेको छ।
ढोरपाटन नगरपालिका –१ मा सञ्चालित न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगले सामुदायिक सुरक्षामा टेवा पु¥याउने उद्देश्यले बुर्तिबाङ क्षेत्रको बतासे डाँडामा चेतनामूलक बोर्ड स्थापना गरेको छ ।
अत्यधिक दुर्घटना हुने क्षेत्रका रूपमा चिनिने बतासे डाँडामा यात्रु तथा सवारी चालकहरूलाई सचेत गराउने उद्देश्यले उक्त बोर्ड स्थापना गरिएको हो। बोर्डमा ‘दुर्घटना ग्रस्त क्षेत्र – सचेत बनौं, सुरक्षित बनौं’ भन्ने सन्देश उल्लेख गरिएको छ ।
अत्यधिक दुर्घटना हुने क्षेत्रका रूपमा चिनिने बतासे डाँडामा यात्रु तथा सवारी चालकहरूलाई सचेत गराउने उद्देश्यले उक्त बोर्ड स्थापना गरिएको न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगका सञ्चालक सितराम बस्नेतले बताउनुभयो  ।
स्थानीय बासिन्दाहरूले पनि यो कदमको स्वागत गरेका छन्। उनीहरू भन्छन्, “यो सडक खण्ड निकै जोखिमपूर्ण छ। यस्तो चेतनामूलक बोर्डले चालकहरूलाई सचेत गराउनेछ र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ।”
उक्त कार्यमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट बुर्तिबाङको सहकार्य रहेको छ। सुरक्षाको लागि नागरिक र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको जनाउँदै स्थानीयले उद्योगको सामाजिक उत्तरदायित्वलाई सकारात्मक रूपमा लिएका छन् ।
स्थानीयवासीले निजी उद्योगद्वारा गरिएको यो सामाजिक उत्तरदायित्वलाई सकारात्मक पहलका रूपमा लिएका छन्। उनीहरूले भने — “यस्ता कार्यले सवारी सुरक्षा जनचेतनामा योगदान पुग्नेछ ।
यो क्षेत्रमा सवारी दुर्घटनाको सङ्ख्या विगत केही वर्षदेखि बढ्दै आएको छ । झर्रा मोड, तीव्र ओरालो र सडकको कमजोर अवस्थाका कारण बतासे डाँडा जोखिमयुक्त क्षेत्रको रूपमा चिनिँदै आएको छ । स्थानीयको माग र सुरक्षाको आवश्यकता मध्यनजर गर्दै न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगले सडक सुरक्षालाई प्राथमिकता दिँदै बोर्डको स्थापना गरिएको हो ।

 


 

 

 

 

 

  पर्यटकको गन्तव्य बन्दै ढोरपाटनको जलजला : प्रचारप्रचारको अभावले ओझेलमा ।।

0

०८२ साउन ३, बुर्तिबाङ,
शिशिर विश्वोकर्मा , बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा अवस्थित जलजला क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
अग्ला डाँडा, फाँट, हरियाली र हिमश्रृङ्खलाको मनोरम दृश्यले सजिएको जलजला पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तर, प्रचार–प्रसारको अभावले यो रमणीय स्थल अझै पनि ओझेलमा परेको छ ।
स्थानीय बासिन्दाका अनुसार गर्मी याममा हिमाली फाँटमा फुल्ने विभिन्न जातका जडीबुटी, वनस्पति र रङ्गीचङ्गी फूलहरूले जलजलालाई थप आकर्षक बनाउँछन्। त्यहाँबाट देखिने धौलागिरी, गुर्जा, पुथा, छुरेन हिमालको दृश्यले जो–कोहीलाई मोहित बनाउँछ। तर पहुँच मार्गको अपुग, पूर्वाधारको कमी र प्रसारको कमजोरीले जलजला अझैसम्म पनि गन्तव्यको रूपमा स्थापित हुन सकेको छैन ।
“यहाँको दृश्य एक पटक हेर्नेबित्तिकै फर्केर जान मन लाग्दैन,“ स्थानीय युवा गंगा बुढाले भन्नुभयो, “तर सरकार वा पर्यटन निकायले खास चासो नदिएकाले यसको प्रचार कम भएको छ ।
हालैका वर्षहरूमा केही ट्राभल ब्लगर र युवा घुमन्ते समूहहरूले जलजलाको तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्न थालेपछि यसको चर्चा विस्तार भएको छ । यद्यपि, जलजलासम्म पुग्ने बाटो अझै पनि जोखिमपूर्ण र अव्यवस्थित छ ।
विशेष गरी प्राकृतिक दृश्यावलोकन, हिमाली जैविक विविधता, गोठ संस्कृति र ट्रेकिङ अनुभवका लागि जलजला उपयुक्त मानिन्छ। पर्यटकीय सम्भावना भए पनि जलजला अझै प्राथमिकतामा पर्न सकेको छैन। स्थानीय सरकार र सरोकारवाला निकायहरूबाट आवश्यक लगानी र योजनाबद्ध प्रचार अभियान भए जलजला बागलुङको एक प्रमुख पर्यटन केन्द्र बन्न सक्ने सम्भावना प्रवल छ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ र म्याग्दीको सिमानामा अवस्थित जलजला क्षेत्र पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । समुद्री सतहदेखि करिब ३२९० मिटरको उचाइमा रहेको यस क्षेत्रले हिउँदको समयमा हजारौं पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
हालै सडक विस्तारपछि जलजला पुग्न झन सहज भएको छ । ढोरपाटनको गुर्जाघाटदेखि करिब १२ किलोमिटरको दूरीमा पर्ने जलजलासम्म सवारी साधनले पुग्न सक्ने भएपछि हिउँदका दिनहरूमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेको स्थानीयले बताएका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रबाट हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ भने हरियाली फाँट, वनस्पति र मौसमी हिउँले सजिएको डाँडाकाँडा पर्यटकलाई लोभ्याउने प्रमुख कारण हुन्।
तर, पर्याप्त प्रचारप्रसार नहुँदा जलजला क्षेत्र अझै पनि धेरैको जानकारीभन्दा बाहिरै रहेको छ । स्थानियको भनाइ अनुसार, वर्षायाममा ठाउँ–ठाउँमा खोलाहरू टार्नुपर्ने, सवारी साधन नपुग्ने अवस्था हुने भएकाले यो मौसममा जलजला पुग्न कठिनाइ हुने गरेको छ ।
पर्यटन विकासको सम्भावना उच्च रहेको जलजलालाई समुचित प्रचार, पूर्वाधार सुधार र नियमित यातायात सुविधा मिलाउन सके यसले ढोरपाटन क्षेत्रको पर्यटन र स्थानीय आर्थिक विकासमा टेवा पु¥याउने स्थानीय सरोकारवालाहरूको भनाइ छ ।

 

उत्तरगंगा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा हरिचन पाण्डे ।

0


ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा हरिचन पाण्डे चयन हुनुभएको छ ।
निवर्तमान प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलले स्वेच्छिक रुपमा राजिनामा दिएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले बरिष्ठताको आधारमा प्रधानाध्यापकको रुपमा शुक्रबार हरिचन पाण्डेलाई चयन गरिएको जनाईएको हो ।

आफूले प्रधानाध्यापकको जिम्मेवारी पाएसँगै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक व्यवस्थापनमा सबैलाई मिलाएर अगाडि बढ्ने प्रधानाध्यापक हरिचन पाण्डेले बताउनु भयो । 

विज्ञापन मार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको चयन गरिनुपर्ने प्रावधान रहेपनि शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयको प्रशासनिक र आर्थिक अधिकार सहित चयन गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल महतले बताउनु भयो । 

इलाका प्रशासन बुर्तिबाङबाट नयाँ नागरिकता लिने र राहदानी लिनेको सङ्ख्या करिब उस्तै ।

0

इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट आर्थिक बर्ष २०८१÷०८२ मा दुई हजार ९ सय ७६ जना व्यक्तिले नयाँ नागरिकता लिँदा दुई हजार ६ सय ९४ जनाले नयाँ राहदानी लिएका छन ।

कार्यालयबाट वार्षिक रुपमा दिइएको सेवा अन्तरगत राहदानी लिने र नागरिकता लिनेको सङ्ख्या नजिक नजिक रहेको पाइएको हो । कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने ७ हजार १७५ जना व्यक्तिलाई सेवा दिएको छ ।

नाबालक परिचय पत्र लिने १७३ जना, नागरिकता प्रतिलिपि लिने २ हजार ९५ जना रहेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख सरोज सिग्देलले बताउनु भयो । त्यस्तै कार्यालयबाट दलित, जनजाति, खस, आर्य तथा अन्य सिफारिस लिनेको सङ्ख्या ६७६ जना रहेको पाइएको हो ।

कार्यालयले गत आर्थिक वर्षमा १ करोड ४४ लाख ६७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू तर्फ ८१।१८ प्रतिशत र पुँजीगत तर्फ ९५।५७ प्रतिशत खर्च गर्न सफल भएको जनाइएको हो ।

इलाका प्रशासन कार्यालय हालसम्म पनी भाडाको घरमा रहँदै आएको हो । भाडाको घरमा रहँदा कार्यालय अत्यन्तै साँघुरो हुँदा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न नसकिएको बताउँदै बैकल्पिक व्यवस्था गर्न आवस्यक रहेको कार्यालय प्रमुख सिग्देलको भनाई छ । कार्यालयका कोठा र बाहिर बस्ने ठाउँ साँघुरो हुनु र सेवा ग्राहीको अत्याधिक चाप हुने हुँदा पालो कुरेर बस्न समेत समस्या हुने गरेको सेवाग्राही नागरिकको गुनासो रहेको छ ।

निसीखोला स्थित सेलावगरमा भ्यान र ट्याक्सी ठोक्किँदा दुर्घटना ।। 

0

२०८२ साउन १ गते बुर्तिबाङ ,
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका , ३ स्थित सेलावगरमा आज भ्यान र ट्याक्सी एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
दुर्घनामा सवारी चालक  मान बहादुर कुवँर ,रस्मी रोका ,सारिका रोका , हिमला रेग्मी, रेसुमा घर्ती,भावना अधिकारी , एमुना घर्ति घाईते भएका छन् भने अन्य समान्य घाईते भएका छन् । घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेका अनुसार बुर्तिबाङबाट निसीखोला जाँदै गरेको ध १ ज ९०२० नम्बरको भ्यानलाई  ध १ ज ९०२  नम्बरको ट्याक्सीले मोडमा अचानक बुर्तिबाङबाट आइरहेको भ्यानसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर दुवै सवारी साधनमा क्षति पुगेको छ भने केही यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार गरिएको छ  ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । घाईतेहरुले मोडमा स्पीड नियन्त्रण नगर्नु र सडकको अवस्थालाई दुर्घटनाको कारण भनेका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

मालपोत कार्यालय बुर्तिबाङले संकलन गर्यो दुई करोड ३४ लाख बढि राजश्व ।

1

ढोरपाटन साउन १ गते
मालपोत कार्यालय बुर्तिबाङले आर्थिक बर्ष २०८१÷०८२ मा घरजग्गा पूँजिगत र अन्य करबाट कुल दुई करोड ३४ लाख २० हजार चारसय छयासी रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।
कार्यालयले गत आर्थिक बर्ष २०८०÷०८१ को तुलनामा ४३.७३ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको हो ।

पालिकागत रुपमा ढोरपाटन नगरपालिका ९१ लाख ३६ हजार १ सय ९१, निसीखोला गाउँपालिका १४ लाख ६६ हजार २ सय ६२, बडिगाड गाउँपालिका १२ लाख ९५ हजार ५५८ र तमानखोला गाउँपालिकाको ३ लाख १४ हजार ५०९ रुपैयाँ राजश्व सँकलन भएको मालपोत कार्यालय बुर्तिबाङका प्रमुख काशीराम खड्काले बताउनु भयो ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिका कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक बर्ष २०८१÷०८२ मा पूँजिगत कर ६३ लाख ५३ हजार ७५९ रुपैयाँ र अन्य मोठ, मुद्धा, धितो बापत ४८ लाख ५४ हजार २०७ रुपैयाँ गरी कुल १ करोड १२ लाख सात हजार ९ सय ६६ रुपैयाँ संकलन भएको छ ।

संकलित रकममध्ये पालिकागत राजश्वको ६० प्रतिशत सम्बन्धित पालिकालाई र ४० प्रतिशत गण्डकी प्रदेश सरकारमा जाने भएको हो । त्यस्तै पुँजिगत कर संघिय सरकार र मोठ, मुद्धा, धितो वापत संकलित रकम प्रदेश सरकारलाई जाने गरेको हो ।

आज साउने संक्रान्ति मनाइँदै

0

१ साउन

आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।

साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।

ढोरपाटन उपत्यकामा फोहोर बढेपछि सरसफाइमा सक्रियता ।

0

 

यतिबेला ढोरपाटन पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । लहलह ढोरपाटनका फाँट र बुकिमा फुलिरहेका फूल र नजिकै देखिने हिमशृङखला हेर्न तथा बर्सातका सिजनमा जताततै देखिने हरियाली फाँट हेर्नका निम्ती समेत पर्यटकहरू ढोरपाटन पुग्ने गरेका छन ।

ढोरपाटनको प्रचार प्रसार र ब्याख्या जति गरेपनी कम हुने प्राकृतिक मोहले मानिसलाई रनभुल्ल बनाउने गर्दछ । यौ सँगै पछिल्लो समय ढोरपाटनमा प्लास्टिक जन्य फोहोरले उपत्यका, नदि, मन्दिर लगाएत विभिन्न प्राकृतिकसंस्कृतिक सम्पदालाई गिज्याउन थालिरहेको हो ।

ढोरपाटन पुग्ने पर्यटक संगै स्थानीय नागरिकले समेत सरसफाइमा ध्यान दिन नसक्दा फोहोरको थुप्रो बढ्न थालेको स्थानीय रमिता पुन मगरले बताउनु भयो । आज बिहान स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा लगायतको सक्रियतामा ढोरपाटन उपत्यका, ढोरबराह  मन्दिर आसपासमा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

केही महिना अगाडि यस्तै सरसफाइ कार्यक्रम गरिएपनि पुनः उस्तै प्लास्टिक जन्य फोहोरले दुर्गन्धित बन्दै जाँदा पर्यटक र स्थानीय नागरिकले सरसफाइमा ध्यानदिनुपर्ने अवस्था सृजना भएको हो ।

 गिफ्ट ढोरपाटन नामक संस्थाको स्थापना गर्दे ढोरपाटनको सौन्दर्यता लाई कम हुन नदिने गरी सरसफाइ अभियानमा लागिएको रमिता पुन मगरको भनाई छ । संस्थाले “प्लास्टिक हटाऔँ, ढोरपाटन बचाऔँ ”भन्ने नाराका साथ ढोरपाटन उपत्यका क्षेत्रमा सरसफाई तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको हो । 

ढोरपाटन नगरपालिका ९ का वडा सदस्य मोहन पुन, निवर्तमान वडा सदस्य यम बहादुर वि.क. लगायत स्थानीय सामाजिक व्यक्तिहरूको सक्रियतामा सरसफाइ कार्यक्रम गरिएको जनाइएको हो ।