बुर्तिबाङ अस्पतालमा न्यूनतम सेवा मापदण्डका सन्दर्भमा अन्तरक्रिया ।


गत पौष महिनामा गण्डकी प्रदेश मातहत रहने गरी ५० शैया सहित स्तरोन्नति भएको बुर्तिबाङ अस्पतालको न्यूनतम सेवा मापदण्डका सन्दर्भमा सरोकारवाला नागरिकको बिचमा अन्तरक्रिया एवम् भइरहेको प्रगति, भावी लक्ष्य र आवस्यकताको सन्दर्भ जानकारी गराइएको छ ।

पछिल्लो समय अस्पत्ताल व्यवस्थापन हुँदै गर्दा भइरहेका चुनौती सहित प्रदेश सरकारले व्यवस्थापन समिति अध्यक्ष चयन र आगामी कार्यक्रम लगायतका विषयमा जानकारी गराइएको थियो । 


अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत को अध्यक्षतामा आयोजित कार्यक्रममा धौलागिरि प्रादेशिक अस्पतालका डा. संकर लामिछानेले अस्पतालको वर्तमान अवस्था, सुधार गर्नुपर्ने विषय, न्यूनतम सेवा मापदण्डका प्रकृया र व्यवस्थापन समिति र स्थानीय सरोकारवाला निकायले खेल्नुपर्ने सकारात्मक भूमिकाको सन्दर्भमा विवरण प्रस्तुत गर्नुभएको हो ।  त्यस्तै बुर्तिबाङ अस्पतालका निमित्त प्रमुख डा. अविनाश पोख्रेलले अस्पतालका वर्तमान व्यवस्थापन, समस्या र सुधारका पक्षलाई प्रस्तुतीकरण गर्नुभएको हो ।

डा. पोख्रेलले अस्पताललाई व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकार संगै स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउँदै कर्मचारी व्यवस्थापन, औषधि व्यवस्थापन , स्वास्थ्य कर्मी व्यवस्थापन, भौतिक पूर्वाधार लगायतका विषय व्यवस्थापन हुँदै गइरहेका कारण चाँडै नागरिकको अपेक्षा बमोजिम अगाडि बढिने बताउनु भयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समिती अध्यक्ष धन बहादुर कायत ले चाँडै व्यवस्थापन समितिलाई पूर्णता दिएर अबको तिन महिना सम्म धेरै उपलब्धि हुने गरी आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै पश्चिम बागलुङका नागरिकलाई यो अस्पतालले धेरै राहत दिएको बताउँदै यसको सुधार र व्यवस्थापनमा निसीखोला गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । कार्यक्रममा स्वास्थ्य कर्मी, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img