अस्तु जिप दुर्घटनाका घाइतेलाई स्वदेश विदेशबाट आर्थिक सहयोग ।

 असार ८ गते बुर्तिबाङ

गत जेठ ३० गते ढोरपाटन नगरपालिका ५ अस्तु बतासेडाँडामा भएको पिकअप जिप दुर्घटनाका ६ जना घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्य सहित विभिन्न सहयोगी दाताहरूले स्वदेश विदेशबाट आर्थिक सहयोग गरेका छन ।

अस्पतालको शैयामा उपचार संगै छटपटाई रहेका बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्य स्वरुप आर्थिक सङ्कलन अभियान अगाडि बढाइएको र हालसम्म ६ लाख सङ्कलन भइसकेको आर्थिक सङ्कलन अभियन्ता खडक कुवँरले बताउनु भयो । घाइते भएका बिरामीको निम्ती संकलन भएको ४ लाख रकम आज हस्तान्तरण गरिने र बाँकी अभियानलाई जारी राख्दै दोश्रो चरणमा हस्तान्त्रण गर्ने तयारी रहेको कुवँरको भनाई छ ।

उहाँका अनुसार पहिलो चरणमा शक्त घाइते लुम्बिनी महत, शिसिर कार्की , इन्द्रा पौडेल कुवँर, तन माया कुवँरलाई जनही १ लाख रुपैयाँका दरले र र दुर्गि दर्जी , अञ्जु परियारलाई पच्चीस हजार रुपैयाँका दरले अािर्थक हस्तान्तरण गर्न थालिएको बताउनु भयो । दर्जी र परियार अस्पतालबाट डिस्चार्ज भएर घर फर्कनु भएको छ ।

उहाँहरूको हात लगायत शरीरका विभिन्न भागमा गम्भिर समस्या रहेको छ । आफ्नो पहलमा दुवैबाट शेर बहादुर कुवँर, जापानमा खगेन्द्रमान कुवँर, पोर्चुगलमा दिपक पुन मगर, कोरियामा लोकनाथ भुषाल, र नेपालमा भरत कुवँरको सक्रियतामा अभियान अगाडि बढाइएको खडक बहादुर कुवँरले बताउनु भयो ।

त्यस्तै कतिपय सहयोगी दाताले घाइतेका परिवारलाई व्याक्तिगत रुपमा आर्थिक सहयोग गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img