कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

देशका धेरै ठाउँमा रातभर झरी परेकोमा अहिले भने केही कम भएको छ । राति मकवानपुरमा ठूलो पानी परेको थियो ।

अहिले भने ठूलो बाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

लगातार झरी र ठूलो पानी परेका बेला नदी, खोला र तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएको जेठ १५ गते राति कोशी प्रदेशमा भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img