विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लब अफ ढोरपाटन बागलुङले गत जेठ ३० गते ढोरपाटन नगरपालिका ५ अस्तुमा भएको पिकअप जीप दुर्घटनामा परि घाइते हुनुभएका र ढोरपाटन नगरपालिका ४ मा रुखबाट लडेर घाइते हुनुभएका घाइतेका परिवारलाई क्बले आर्थिक सहयोग गरेको छ ।

क्लबका पदाधिकारीबाट सङ्कलन गरिएको रकमबाट घाइतेका परिवारलाई जनही आठ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।
गम्भिर घाइते ढोरपाटन २ का लुम्बिनी महतका दाजु तुफान महत, ढोरपाटन ४ का भीरबाट लडेर घाइते हुनुभएका राम बहादुर पुनका भाई कृष्ण बहादुर पुन, ढोरपाटन १ का शिविर कार्कीका काका ढालेन्द्र कार्की, ढोरपाटनमा ५ का तनमाया कुवँरका दाजु रमेश कुवँर र दुर्गी दर्जीका श्रीमान तथा अञ्जु परियारका बाबा रुद्ध बहादुर दर्जीलाई ८००० रुपैयाँका दरले आर्थिक रकम उपलब्ध गराइएको हो । लायन्स क्लबका अध्यक्ष छविलाल पाण्डे, उपाध्यक्ष तेजेन्द्र के.सी, सदस्य जित बहादुर कुवँर, दोर्ण कुवँर, भीम बहादुर भण्डारी, सरन पाण्डे, सुरेश थापाको उपश्थितीमा संस्थाको कार्यालयमा राहात रकम उपलब्ध गराइएको हो । क्लबले दैवी प्रकोप, विपद, स्वास्थ्य, शिक्षा , वन वातावरण लगायतका कार्यमा हातेमालो गर्दे आएको छ । क्लबका पदाधिकारीबाट रकम संकलन गरेर यस्ता सामाजिक कार्य गर्दे आइरहेको छ ।










