बुर्तिबाङ अस्पतालको अध्यक्षमा ढोरपाटनका कार्यवाहक मेयर कायत ।

 

बुर्तिबाङ अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत चयन हुनुभएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार कायत लाई अध्यक्षमा जिम्मेवारी दिइएको हो ।

गत पौष १२ गते बुर्तिबाङ प्राथमिक केन्द्रबाट ५० शैया सहितको प्रदेश मातहतको अस्पताल घोषणा गर्दे उद्‌घाटन गरिएको थियो । स्वास्थ्य मन्त्रालय जेठ ३१ को मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यवाहक मेयरलाई अध्यक्षको जिम्मेवारी दिइए संगै अस्पतालमा स्वास्थ्य क्षेत्रको विकासले गति लिने देखिएको छ ।

मन्त्रालयले गरेको निर्णय सहितको पत्र

प्रदेश सरकारले आर्थिक व्यवहारको जिम्मेवारी लिने गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले अस्पताल उद्धघाटन का क्रममा बताउनु भएको थियो । अस्पताल घोषणा संगै क्रमिक रुपमा कर्मचारी, स्वास्थ्य कर्मी व्यवस्थापन, औषधी र आवश्यक उपकरणको व्यवस्थापन भइरहेको हो । स्थानीय सरकारका प्रमुखले अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि अस्पताल व्यवस्थापनमा थप सहजता हुने स्थानीय नागरिकले अपेक्षा गरेका छन ।

प्रदेश स्वास्थ्य मन्त्रालयबाट आफूलाई दिइएको जिम्मेवारीलाई परिणाम मुखी बनाउने गरी काम गरिने कार्यवाहक मेयर कायत ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img