ढोरपाटन जेठ १८
निसीभुजी जनता क्याम्पसका प्राध्यापक हिरामणि पौडेलद्वारा लिखित दुई पुस्तकको शनिबार एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । पौडेलद्वारा लिखित प्रयास कथासङ्ग्रह र वर्णविन्यास हाते पुस्तिका २०८१ को विधिवत रुपमा लोकार्पण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घको चौथो साधारण सभाका अवसरमा हिरामणि पौडेल (हिरा सर)द्धारा लेखिएको दुई पुस्तकको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले लोकार्पण गर्नुभएको हो । प्रयास, विधवा आमा र म , नाता, पछुतो, मणि खोसिएको दोभान, धनी को , यौनतृष्णा, धनको तुजुक, प्रेम पुनर्मिलन, नेतृत्व, निवृत्त जीवन सङ्ग्रह सहितको कथासङ्ग्रह पुस्तकमा समेटिएको छ ।
त्यस्तै वर्णविन्यास हाते पुस्तिकामा नेपाली शब्दकोश, परिवर्तित नेपाली भाषा शुद्ध लेखन प्रयोजनका निम्ती पुस्तक महत्वपूर्ण रहेको हो । ३२ वर्षदेखि शिक्षण पेशामा रहनु भएका पौडेल नेपाली विषयका उत्तरगङ्गा माविका शिक्षक समेत हुनुहुन्छ । विभिन्न समयमा पुस्तक, उपन्यास लेख्दै आउनु भएको उहाँले लामो मिहिनेत पछि दुई पुस्तक लोकार्पण गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।

लोकार्पण समारोहमा शिक्षक निम बहादुर जिसीले यहाँको जीवनी, पुस्तक लेखनका अवस्था, पुस्तकमा लेखिएका विषयमा प्रस्ट पर्नुभएको थियो । लेखक पौडेललाई उद्योग वाणिज्य सङ्घले सम्मान समेत गरेको छ ।










