छविलाल पाण्डे जेठ ७ गते
बागलुङको ढोरपाटन नगरपालिकालाई बुधबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम सम्पन्न गरिएको छ ।

पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा शून्य देखि १५ महिना उमेर समुहका खोप लगाइरहेका ६०८ जना , १६ देखि २३ महिना उमेर समुहका पूर्ण खोप प्राप्त गरेका ४५४ जना घरधुरी सर्वेक्षणको क्रममा खोपको मात्रा पुरा नगरेका १० जना बालबालिकालाई समेत खोपको दायरामा ल्याउ सफल भएपछि बुधबार औपचारिक रुपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
गत २०८१ माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत्र र बैशाख महिनामा ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि आज पालिका घोषणा गरिएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताउनु भयो ।

ढोरपाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सँगै यसलाई दिगो बनाउन सबैको सहयोग र अपनत्व आवश्यक रहेको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा बुर्तिबाङ अस्पतालका मेडिकल अधिकृत डा. रचना सुवेदी, ढोरपाटन नगरपालिका लेखा अधिकृत सूर्य बहादुर बिक., प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरीक्षक देव प्रकाश घिमिरे, वडा अध्यक्षको तर्फदेखि वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, अस्पताल नर्सिङ निरीक्षक पार्वती अर्याल, महिला स्वास्थ्य स्वयम् सेवीका खगीसरा पाण्डेले बोल्दै सबैको सक्रियताका कारण पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको बताउँदै यसलाई दिगो बनाउन सबै जुट्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रम बेली कुमारी भुजेलको स्वागत केशव थापाको सञ्चालनमा सम्पन्न भएको हो ।










