नर्जा –भित्रीवन जोड्ने झोलुङ्गे पुलको सांसद कुवँर द्धारा शिल्यान्स ।

जेठ ६ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ६ स्थित नर्जाखानी र भित्री वनका नागरिकलाई जोड्ने गरी दुई सय ८७ मिटर लामो झुलुङ्गे पुल निर्माण सुरु भएको हो ।

भौगोलिक रूपले टाढा रहेका दुई गाउँका नागरिकलाई वडा सम्म जोड्न र टाढा रहेको दूरीलाई नजिक बनाउने उद्देश्य स्वरुप पुल बन्न लागेको हो । गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको पहलमा कुल दुई करोड २० लाख लागतमा बन्ने उक्त पुल आगामी मंसिर महिना सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गत चैत्र महिनामा निर्माणको जिम्मा पाएको गोर्खा कन्ट्रक्सनले अब लगत्तै काम सुरु गर्ने गरी अगाडी बढेको आयोजना प्रमुख हिरामान तामाङ्ग ले बताउनु भयो । पुल निर्माण भएसंगै बर्सातमा ठाडो खोलामा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता र करिब आधा घण्टाको दुरी छोटिने स्थानीय  तम बहादुर छन्त्यालले बताउनु भयो ।

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा, वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्याल जनप्रतिनिधि, स्थानीय नागरिकको विचमा पुलको शिल्यान्स गरिएको हो ।

 त्यस्तै सांसद कुवँर र गाउँपालिका अध्यक्ष सहितको टोलीले सोही वडाको पात्ले गाउँका नागरिकको समस्या र त्यहाँको विकास निर्माणको सन्दर्भमा नागरिक संग अन्र्तक्रिया गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img