बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार आत्महत्या न्यूनिकरण र दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार देशमै बागलुङ जिल्ला आत्महत्या गर्ने सङ्ख्याको दृष्टिकोणले दोश्रो स्थानमा रहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न र बढि मात्रामा युवा पिँडीमा देखिएको लागूऔषध दुर्व्यसनीलाई न्यूनिकरणका निम्ती यस्तो प्रकारको कार्यक्रम आयोजना गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरीक्षक देव प्रकाश घिमिरेले बताउनु भयो । उहाँका अनुसार बागलुङ जिल्लामा चालु आर्थिक बर्षको चैत्र मसान्त सम्म ४३ जनाले विभिन्न तरिकाले आत्महत्या गरेको पाइएको छ ।
जिल्लामा आर्थिक बर्ष २०७८÷०७९ मा ४४ जना २०७९÷०८० मा ५३ जना, २०८०÷०८१ मा ६२ जना रहेको पाइएको हो । आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि हुँदै जान थालेपछी जनचेतना मूलक कार्यक्रम अगाडि बढाउन थालिएको जनाइएको हो ।

आत्महत्याको कारण अन्र्तगत मानसिक तनाब बढि रहेको पाइएको छ त्यस्तै लागूऔषध दुव्र्यसनीले गर्दा समेत आत्महत्याको संख्या वृद्धि भएको पाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द वस्नेतले बताउनु भयो । मानसिक स्वास्थ्यका सुचक, दृव्र्यसनीको पहिचान र रोकथाम, आत्महत्या बढ्नुका कारण र त्यसको न्यूनिकरणका सन्दर्भमा बुर्तिबाङ अस्पतालका मेडिकल अधिकृत डा. रचना सुवेदी र प्रहरी निरीक्षक आनन्द वस्नेतले सहजिकरण गर्नुभएको हो ।
यस्तो सचेतनामुलक कार्यक्रम विभिन्न संघसंस्था, समाज, आमा समुह लगाएतका क्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा स्वास्थ्य कर्मी प्रहरी, पत्रकार, महिला स्वास्थ्य स्वयमसेवीका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम देव प्रकाश घिमिरेको सञ्चालन , ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक भुमिश्वर शर्माको समापनमा सम्पन्न भएको थियो ।










