Home Blog Page 50

माओवादी अध्यक्ष प्रचण्ड बुर्तिबाङ आउने भएपछि तयारी स्वरुप सर्वदलीय बैठक ।

1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियान अन्र्तगत जेठ ८ गते बुर्तिबाङ आउने कार्यक्रम तय भइरहँदा माओवादी केन्द्र ढोरपाटन नगरकमिटीले मङ्गलबार सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गर्दे आवश्यक तयारीलाई अगाडि बढाएको हो ।

कार्यक्रमको विषयमा जानकारी गराउँदै यहाँका समस्यालाई पार्टी अध्यक्ष समक्ष पेश गर्ने गरी साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्र अर्यालले बताउनु भयो । जेठ ८ गते बिहान ८ बजे रुकुम हुँदै आउनु भएका प्रचण्डको टिमलाई निसीखोला र रुकुमको सिमाना पाती हाल्नेमा स्वागत गर्ने, ९ बजे निसीमा भेटघाट कार्यक्रम बिहान ११ बजे बुर्तिबाङ बजारमा स्वागत सहित करिब दुई घण्टाको कार्यक्रम सकेर गल्कोटमा भेटघाट कार्यक्रम रहने जनाइएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएको अध्यक्ष प्रचण्ड आउँदै गर्दा यहाँका साझा मुद्दालाई ध्यानाकर्षण गराउनका निम्ती सर्वदलीय सर्वपक्षीय बैठकको आव्हान गर्दे ढोरपाटन सालझण्डी सडक आयोजना निर्माणमा भएको ढिलाई, उत्तरगंगा जलासय युक्त आयोजना निर्माण भइरहेको ढिलाई , पश्चिम बागलुङलाई छुट्टै जिल्लाको माग लगायतका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने निर्णय गरिएको हो ।

यहाँ क्रियाशील राजनैतिक दलका प्रतिनिधिले धारणा राख्दै यहाँको साझा समस्यालाई एक भएर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउँदा उचित हुने बताएका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष हेमेन्द्र घर्तिको अध्यक्षता, केन्द्रिय सदस्य निल बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको हो ।

लायन्स क्लब अफ ढोरपाटन द्धारा निःशुल्क स्वास्थ्य परिक्षण सँगै  विद्यार्थीलाई स्टेसनरी र पोशाक हस्तान्तरण

0

 

लायन्स क्लब अफ ढोरपाटन द्धारा निःशुल्क स्वास्थ्य चेकजाँच सँगै अर्नाकोट माध्यमिक विद्यालय खल्बाङमा विद्यार्थीलाई स्टेसनरी र पोशाक हस्तान्तरण गरिएको छ ।

विद्यालयको ५० औँ वार्षिकोत्सवका अवसरमा क्लबले कपी, कलम, सिसाकलम र अति जेहेन्दार विद्यार्थीका निम्ती विद्यालय पोशाक उपलब्ध गराइएको हो । त्यस्तै विद्यालयमा उपश्थित भएका अभिभावकलाई लक्षित गर्दे प्रेसर सुगर, पिसाब चेक मार्फत सर्ने नसर्ने रोगहरूको समेत परिक्षण गरिएको हो

स्वास्थ्यकर्मीहरूको टोलि द्धारा स्थानीय नागरिकको स्वास्थ्य परिक्षण गर्दे समस्या भएका बिरामीलाई आगामी जेठ १० गते हुने निःशुल्क शिविरमा सेवा लिन आग्रह गरिएको हो । क्लबका अध्यक्ष छविलाल पाण्डेको सक्रियतामा विद्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै अभियानलाई सफल पार्न सहयोग गर्ने व्यक्ति तथा दातालाई अध्यक्ष पाण्डेले धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा कार्यक्रममा लायन्स क्लब अफ ३२५ के का डिस्ट्रीक चियर पर्सन रामप्रसाद आर्चाय, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ति पौडेल, लायन्स क्लब अफ ढोरपाटनका लायन बर्ष २०२५÷०२६ का अध्यक्ष तेजेन्द्र केसि, सचिब हेमेन्द्र घर्ति, कोषाध्यक्ष युवराज कँडेल, लायन सदस्य जित बहादुर कुवँर, किसान शाही, चुडामणि कँडेल र लायन्स कल्ब अफ बुर्तिबाङका सचिव भीम कुमारी क्षेत्रीको उपस्थिति रहेको थियो । 

विकासमा पछि परेको अर्नाकोट क्षेत्रमा विशेष ध्यान दिएको छु सांसद दोर्ण कुवँर ।

0

जेठ ५ गते बुर्तिबाङ

भौतिक विकास निर्माणमा पछि परेको अर्नाकोट ,खल्बाङ लगायतका क्षेत्रका विकासका निम्ती आफूले ध्यान दिएको गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बताउनु भएको छ ।

सोमबार अर्नाकोट माध्यमिक विद्यालय खलबाङको ५० औँ वार्षिकोत्सव एवम् अभिभावक भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे सांसद कुवँरले अर्नाकोट लगायत ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्तर्रगतका दुई हजार दुई सय घरधुरीलाई खानेपानीको पहुँचमा पुर्याउन, सडक स्तरोन्नति गर्न र विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्नका निम्ती आफ्नो निरन्तर पहल कदमी भइरहेको बताउँनु भयो ।

केही वर्षभित्रै यसक्षेत्रका नागरिकले सहज रुपमा खानेपानीको उपभोग गर्न पाउने बताउँदै आफल बाल्यकालमा अध्ययन गरेको अर्नाकोट मावि खलबाङमा चारकोठे पक्कि भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको हो । त्यस्तै आफ्नो पहुँच नपुगेका कारण अर्नाकोट एअरपोर्ट निर्माणको काम विभिन्न चरण पार गरेर अगाडी बढेपनी निर्माणमा अगाडि बढ्न नसकेको बताउँदै संघ सरकारमा आफु नपुग्दा सम्म त्यस आयोजनाले गति लिन नसक्ने बताउनु भयो ।

अर्नाकोट हुँदै ढोरपाटन पदमार्ग, बुर्तिबाङ अर्नाकोट सडक स्तरोन्नति लगायतका धेरै कामहरू आफुले गरिरहेको र अधुरा काम पुरा गरेर छाड्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै ढोरपाटन नगरपालिका वडा नम्बर २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै जनताका समस्यालाई सम्बोधन गर्न वडा, पालिका र प्रदेश सरकारसँग हातेमालो गरेर श्रोत र साधनले भ्याएसम्म आफूहरूले काम गरिरहेको बताउँदै विद्यालयको शैक्षिक र भौतिक विकासका निम्ती सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार तथा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डे, जनप्रतिनिधि, बिभिन्न सङ्घसंस्थाका प्रतिनिधि , अभिभावक, चन्दादाता लगायतको आतिथ्यता रहेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लायन्स क्लब अफ ढोरपाटनको तर्फदेखि स्टेसनरी, पोशाक वितरण संगै ५० बर्ष माथिका नागरिकका निःशुल्क स्वास्थ्य चेकजाँच समेत गरिएको हो ।

कार्यक्रम लायन्स क्लब अफ ३२५ के का डिस्ट्रिक्ट चियर पर्सन रामप्रसाद आर्चाय, समाजसेवी जित बहादुर कुवँर लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ति पौडेल, विद्यालयका संस्थापक शिक्षक यमलाल पाण्डे, चन्दादाता ,अभिभावक लगायतका आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रध्यानाध्यापक धन बहादुर महतद्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगती प्रतिवेदन, विद्यालयका विद्यार्थीलाई विभिन्न छात्रबृर्ति प्रदान एवम् पुरस्कार वितरण गरिएको हो । कार्यक्रम शिक्षक धनिश्वर तिवारीको स्वागत, शिक्षक जुन बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको हो ।

अर्नाकोट माध्यमिक विद्यालय, देउरालीका विद्यार्थीलाई छात्रवृत्ति हस्तान्त्रण ।

0

निसीखोला गाउँपालिका २ देउरालीमा रहेको अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमकाबिच छत्रवृत्ति हस्तान्त्रण गरिएको छ ।

आर्थिक रुपमा विपन्न रहेका कक्षा १ देखि १० सम्मका २९४ जना विद्यार्थीका निम्ती छात्रवृत्ति हस्तान्त्रण गरिएको विद्यालयले जनाएको छ । नेपाल सरकारबाट प्राप्त हुने छात्रवृत्ति र कर्मफलाईट्स फाउन्डेशन कास्कीबाट प्राप्त भएको छात्रवृत्ति रकमबाट विद्यार्थीलाई छात्रवृत्ति हस्तान्त्रण गरिएको जनाइएको हो ।

विद्यालय व्यवपस्थापन समिती अध्यक्ष राम बहादुर कुवँरको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माको प्रमुख आतित्थ्यता रहेको थियो ।

भने विशिष्ट अतिथिहरुमा सामाजिक कल्यान परिषद काठमाडौको विशेषज्ञ तथा टोली नेतृत्त्व कर्ता शुबेक्षा घिमिरे, सामाजिक कल्यान परिषद काठमाडौको शिक्ष्ााँ अफिसर सुष्मा खड्का, कर्मफलाइट्स फाउन्डेशन कास्की पोखराका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँर, डाटा प्रतिनिदि जुल्स  स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विदेशी पाहुना क्यारी इङल्यान्स निवासी र कोवि अस्ट्रेलीया निवासी को उपस्थिति एवम् मन्तव्य रहेको थियो ।

विद्यालयका शिक्षक लोकेन्द्र बहादुर बुढा स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक हुम बहादुर वि।क ९दिपक० ले गर्नुभएको थियो ।

जन जिवराज सुशीला माविको ७१ औँ वार्षिकोत्सवः शिक्षा सुधारका लागि सबै प्रतिबद्ध हुनुपर्छ सांसद कुवँर ।

0

जेठ ४ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका ४ मा रहेको जन जिवराज सुशीला माध्यमिक विद्यालयका ७१ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिएको छ ।

“हामी सबैको इच्छा , बालमैत्री तथा कम्युप्टर शिक्षा” भन्ने मूल नाराका साथ विद्यालयको वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाईएको हो । बागलुङ जिल्लाको इतिहासमै सबै भन्दा पुरानो विद्यालय मध्ये पन एक विद्यालय हो जन जिवराज सुशीला माध्यामिक विद्यालय ।

जिल्लाको पश्चिम भेगको निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पा अवस्थित जन जिवराज सुशीला माध्यामिक विद्यालयको स्थापना वि.स २०१२ बैशाख ४ गते भएको थियो । उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दे गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले आफू प्रदेश सभामा रहँदै गर्दा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जनताले विकासको आभास गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

विकासका दृष्टिकोणले धेरै काम गर्न बाँकी रहेको र कतिपय कामहरू अगाडि बढिरहेका कारण सडक, पुल, खानेपानी, शिक्षा , स्वास्थ्य ,पर्यटन लगायतका क्षेत्रमा आफूले दिगो परिणाम देखिने गरी काम गर्ने बताउनु भयो । सांसद कुवँरले भन्नुभयो “ शिक्षा मानिसलाई सकारात्मक र सत्कर्मको बाटो देखाउने एउटा मार्ग हो । कतिपय समुदायका व्यक्तिहरू अझै पनि शिक्षाबाट बञ्चित रहेका छन् ” ।

दूरदराजमा रहेका व्यक्तिलाई शिक्षामा आवद्ध गराउन र विद्यालयको शैक्षिक सुधार गर्न हामी सबैको उत्तिकै दायित्त्व रहेका कारण आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. शान्तराज शर्मा न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको विशिष्ट आतिथ्यता रहेको थियो । अध्यक्ष घर्तीले कार्यक्रमलाई सम्बोधन गर्दे शिक्षाको गुणस्तर वृद्धि गर्न स्थानीय सरकारले महत्वपूर्ण लगानी गरिरहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षक, व्यवस्थापन समिति, अभिभावक सँगै स्थानीय सरकारको हातेमालो आवश्यक रहने बताउनु भयो ।

कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नम्बर ४ का अध्यक्ष टिका निधि पौडेल , लगायतको शुभकामना मन्तव्य रहेको थियो । यस विद्यालयलाई आगामी २ वर्षमा सर्वपक्षीय सहयोग र संलग्नता, प्रभावकारी व्यवस्थापन,भौतिक रुपले सम्पन्न, अंग्रेजी माध्यमबाट शिक्षण गरी गुणस्तरीय शिक्षा,विज्ञान र प्रबिधिको प्रचुर विकास , लाइब्रेरीको स्थापना,छात्रबासको व्यवस्था लगायतका कामहरु गरी असल शैक्षिक जनशक्तिको स्रोतका रुपमा रुपान्तरण गरी नमूना विद्यालय बनाउने लक्ष्य रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. शान्तराज शर्मा न्याउपानेले बताउनु भएको हो हाल कक्षा १ मा अङ्गे्रजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ र आगामी बर्षहरुमा क्रमःश कक्षा ५ सम्म नै अङ्गे्रजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने लक्ष्य रहेको छ ।

आयोजित कार्यक्रमका अवसरमा विद्यार्थीको सांस्कृतिक प्रस्तुती, विभिन्न विधामा उत्कृष्ट शिक्षक सम्मान, चन्ददाता सम्मान , छात्रावृत्तिदाता सम्मान लगायतका कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक हिमाकान्त शर्मा द्धारा विद्यालयको स्थापना २०१२ बैशाख ४ गते देखि अहिले सम्मका विभिन्न कालखण्डमा भए गरेका चुनौति , अवरोध , विद्यालयको ,शैक्षिक, भौतिक ,आर्थिक,नैतिक र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कक्षा शिसु देखि १० सम्म पठन पाठन हुँदै आएको विद्यालयमा बाल मैत्री शिक्षाको पठन पाठन हुँदै आएको पाइएको हो। कार्यक्रम सुमित घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

निसीखोला मा सञ्चालित नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न ।।

0

 जेठ ३ गते 

बागलुङको जिल्लाको निसीखोला गाउँपालिका वडा नम्वर ५ शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुर्तिबाङ स्थित हिमाली मेडिकल प्रा.लीको आर्थिक व्यवस्थापनमा दुर्गम गाउँका नागरिकलाई लक्षित गर्दे शिविर सञ्चालन गरिएको हो । आफूहरूले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा निःशुल्क रुपमा शिविर सञ्चालन गर्ने गरिएको र आर्थिक रुपमा निकै विपन्न नागरिकलाई कतिपय अवस्थामा निःशुल्क उपचार सेवा दिने गरिएको संस्थाका अध्यक्ष सहविन अर्गेजा ले बताउनु भयो ।

निसी स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा करिव २०० जना सेवाग्राहीले सेवा लिनु भएको थियो । शिविरमा सुगर , घाटी,नाक कान ,मुख लगायतको चेकजाँज गरिएको थियो ।

निसिखोला गा.पा.वडा न ०५ वडाध्यक्ष हर्कमान घर्ती मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा निसिखोला गा.पा. अध्यक्ष सुर्य बहादुर घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घर्तिले यसरी एउटा संस्थाले दुर्गम गाउँका नागरिकको स्वास्थ्य जस्तो क्षेत्रमा दिइएको सुविधा स्रहानिय रहेको बताउँदै आगामी दिनमा पनी यस्ता कार्यक्रम लिएर जनताको सेवा संगै अगाडि बढ्न सञ्चालकलाई अनुरोध गर्नुभयो ।

 

कार्यक्रमका निसिखोला गा.पा. प्रमुख प्रशासकीय अधिकृत श्री जीवन पुन मगरको उपस्थिति एवम् मन्तव्य रहेको थियो । शिविरमा डा. दीपक थापा लगाएत स्वास्थ्य कर्मीको टिमले उपचार गर्नुभएको थियो । गाउँमा नै राम्रो सेवा सुविधा दिइएपछि स्थानीय बासीले खुसी हुँदै धन्यवाद व्यक्त गरेका थिए ।

बुर्तिबाङ हिमाली पोलिक्लिनिक प्रा. ली को आयोजनामा र निसीखोला गाउँपालिका र वडा नम्बर ५ को समन्वयमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

दिगो पर्यटन प्रर्वद्धन परियोजना द्धारा पत्रकार सँग अन्तरक्रिया ।

0

छविलाल पाण्डे जेठ ३ गते ढोरपाटन

टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा विवाईसी बागलुङको साझेदारीमा सञ्चालित दिगो पर्यटन प्रर्वद्धन परियोजना कार्यक्रमका विषयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई लक्षित गर्दे पर्यटन विकासको लागी युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने सहित यस क्षेत्रका नागरिकलाई आर्थिक, सामाजिक रुपमा अगाडि बढाउने दिगो पर्यटन प्रर्वद्धन परियोजनाको कार्यसम्पादन र भावी लक्ष्यका सन्दर्भमा छलफल एवम् अन्तरक्रिया गरिएको हो ।

२०२३ सेप्टेम्बर ९ देखि सुरु भई २०२६ अगस्ट ३१ मा समापन हुने उक्त परियोजना मार्फत ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत रहेका १६ वटा वडामा कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रम अगाडि बढाएको हो ।

संस्थाका अनुगमन अधिकृत विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विवरण अनुसार हालसम्म भएका गतिविधिभावी लक्ष्यका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । हालसम्म विभिन्न ४१ वटा कार्यक्रम सम्पन्न गरेको संस्थाले तिन हजार एक सय ८ जना नागरिकको बीचमा प्रत्यक्ष कार्यक्रम गर्दे सचेतना र क्षमता अभिवृद्धिलाई अगाडि बढाएको पाइएको हो ।

संस्थाले लिएको लक्ष्य बमोजिम ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई पर्यटन सँग जोड्नका निम्ती दुई पालिकामा ३० वटा होमस्टे व्यवस्थित बनाउने लक्ष्य अनुरूप हालसम्म ९ वटा होमस्टेलाई तालिम दिई प्रति होमस्टे दुई लाख पचास हजार रुपैयाँका दरले सामाग्री उपलब्ध गराइएको, महिला, युवा र बालबालिकालाई समावेश गरेर विभिन्न ४८ वटा क्लब समुह स्थापना गरि उनिहरु लाई सचेतना मूलक कार्यक्रम, वातावरणीय प्रर्वद्धन, समाजमा हुने कुरिती, बिकृर्ती न्यूनिकरण, बालविवाह जस्ता घटना न्यूनिकरणमा टेवा पुग्ने गरी कार्यक्रम गरिएको पाइएको छ ।

ढोरपाटन क्षेत्रको विकास र प्रर्वद्धन तथा पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन, वातावरण पर्यावरण जोगाउन र यस क्षेत्रको दिगो विकासको अवधारणा अगाडि बढाउँदै विद्यालयका शिक्षकलाई तालिम, विद्यालयमा लाइब्रेरी व्यवस्थापन गर्न विभिन्न १२ विद्यालयलाई प्रोजेक्टर र कम्प्युटर उपलब्ध गराइएको, विद्यार्थीलाई बाल क्लब मार्फत सचेतना मूलक कार्यक्रममा समावेश गरिएको जनाइएको छ ।

कार्यक्रम अवधिभर दश हजार नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने गरी क्षमता विकास, नेतृत्व विकास र सचेतना मूलक कार्यक्रम गरिने पौडेलले बताउनु भयो ।

विशेषगरी महिला र यूवालाई रोजगारी र पर्यटन सँग जोड्नका निम्ती होमस्टे तालिम, यहाँ उत्पादीत भेँडाको उनबाट राडिपाखी बुन्ने तालिम दिई सिप आर्जन, सहकारी स्थापना गरी महिलाहरुलाई सहकार्य र आर्थिक उत्पादन सँग जोडन् सहयोग गर्ने गरी कार्यक्रम गरिएको हो ।

त्यस्तै यूवाहरुलाई होमस्टे, रेष्टुरेन्ट, टुरिजम क्षेत्रमा गाईडको रुपमा काम गर्न सक्ने गरी अगाडि बढाउने उदेश्य सहित तालिम र १५० जनालाई प्रत्यक्ष रोजगारी सँग जोड्न सक्ने बनाउने उदेश्य सहित तालिम र आवस्यक सहयोगका कार्यक्रम अगाडि बढाइएको परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो ।

त्यस्तै ढोरपाटन सिकार आरक्ष र यहाँको पर्यटनलाई विश्वसामु जोड्नका निम्ती ढोरपाटन उपत्यकामा ६० लाख रकम खर्च गरेर सूचना केन्द्र निर्माणका काम भइरहेको जनाउँदै यहाँका नागरिक, स्थानीय सरकारले सहकार्य गरेर अगाडि बढ्न सकेमा यहाँको विकास र रोजगारीलाई जोड्न प्रचुर सम्भावना रहेको अर्यालको भनाई छ ।कार्यक्रममा परियोजनाका कर्मचारी पत्रकार , क्लबका पदाधिकारीको उपश्थिती रहेको थियो ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )बुर्तिबाङ आउँदै ।

0

 ढोरपाटन जेठ ३ गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जेठ ८ गते बुर्तिबाङ आउनु हुने भएको छ । नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरु गरेको छ ।

हिजोदेखि सुरु भएको अभियान अन्र्तगत प्रचण्ड जेठ ८ गते बिहान ११ बजे बुर्तिबाङ बजारमा कार्यकर्ता भेटघाट सँगै जनसम्बाद कार्यक्रममा सहभागि हुनेहुने जनाइएको छ । शुक्रबार एक बैठक मार्फत आवश्यक तयारी अगाडि बढाइएको ढोरपाटन नगरकमिटी अध्यक्ष हेमेन्द्र घर्तिले बताउनु भयो ।

बागलुङको क्षेत्र नम्बर २ प्रदेश सभा २ अन्तर्रगतको बुर्तिबाङ बजारमा हुने कार्यक्रमका निम्ती आवश्यक तयारी सहित जिम्मेवारी बाँडफाँड गरिएको भइरहेको नगर अध्यक्ष हेमेन्द्र घर्तिले बताउनु भयो ।

माओवादी केन्द्र प्रदेश सदस्य प्रेम घर्तिको अध्यक्षता रहेको कार्यक्रम गण्डकी प्रदेश पूर्व कृषि मन्त्री चन्द्र बूढा सागर, गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम प्रदेश सदस्य छवि सिर्पालीको सञ्चालनमा सम्पन्न भएको हो । यही जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा समापन हुनेछ । 

तमानखोला ४ लाम्मेलाका सार्वजनिक वन क्षेत्रमा फलफूल खेति   ।

0


जेठ २ गते बुर्तिबाङ
बागलुङको तमाखोला गाउँपालिका ४ लाम्मेला गाउँ स्थित विभिन्न सार्वजनिक वन क्षेत्रमा फलफूलका विरुवा लगाइएको छ ।
तमानखोला गाउँपालिकाको आर्थिक लगानीमा वडा नम्बर ४ ले स्याउ, आरु, ओखर लगायतका फलफुल लगाएको हो ।
वडाले गत आर्थिक बर्षदेखि गौ चरणको रुपमा रहेका बयलीको वन र लाम्मेला गाउँदेखि केहि पर सोले नजिक  गोर्जी भन्ने स्थानको वन क्षेत्रमा संरक्षण गर्दे फलफूलका विरुवा लगाउन थालिएको वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो ।
घेराबार सहित रोपिएका फलफूलका विरुवालाई दिगो बनाउन मलजल सहित व्यवस्थापन गरेर विरुवा रोपिएको र केहि बर्षमा विरुवाले फलदिने अपेक्षा लिएको श्रीपालीको भनाई छ ।


वडा कार्यालय र स्थानीय समुदायले हेरचाह र अपनत्व लिने गरी काम गरिएको जनाउँदै संघ सरकारबाट गतबर्ष एकलाख पचास हजार बजेटबाट विरुवा खरिद गरिएको र वडा र पालिकाबाट बजेट विनीयोजन गरेर दुई स्थानमा दुईसय ६० विरुवा रोपण गरिएको जनाइएको छ । विरुवालाई संरक्षण गर्न घेराबार, सिँचाई व्यवस्थापन लगायतका संरचनामा पालिका र वडाबाट २० लाख बढि रकम खर्च गरिएको जनाइएको छ ।
पाँचबर्षमा उत्पादन दिन सुरु गर्ने गरी सञ्चालन गरिएको फलफूल रोपन कार्यक्रमलाई दिगो बनाउन आफुले यस्तो प्रयास गरेको अध्यक्ष श्रीपालीको भनाई छ । लाखौँ खर्च गरिएर बनाइएको सार्वजनिक क्षेत्रमा फलफूल खेति रोपणमा गाउँपालिकाबाट भने हालसम्म कार्यविधी नबनाई अगाडि बढाइएको हो ।
बयलिमा १८ लाखमा घेराबार गरिएको र यसवर्ष पाँचलाख बजेटमा काम भइरहेको हो । गतबर्ष  गोर्जी  मा वडा र पालिकाबाट दुई लाख ३० हजार रुपैयाँ खर्च गरेर घेराबार गरिएको थियो । 

ढोरपाटन नगरलाई पोषणमैत्री बनाउन बिभिन्न अभियान ।

0


जेठ 
२१ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकालाई पोषण मैत्री पालिका बनाउने उद्देश्य स्वरुप विभिन्न सूचकका आधारमा कार्यक्रम अगाडि बढाइएको छ । आगामी दुई वर्ष भित्र नगरपालिकालाई पोषण मैत्री पालिका बनाउने गरी कार्यक्रम अगाडि बढाइएको ढोरपाटन नगरपालिका बहुक्षेत्रीय पोषण मैत्री कार्यक्रम फोकल पर्सन केशव थापाले बताउनु भयो ।

नगरपालिकाले आथिर्क वर्ष २०८१÷०८२ को सरकारले लिएको लक्ष्य अनुरूप स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, कृषि, पशु, महिला सचेतना र शुसासन सम्बन्धी क्षेत्रमा रहेर काम गरिरहेको पाइएको छ ।
अझैपनि चेतनाको अभावका कारण स्वास्थ्यको पहुँचमा नरहेका, सरसफाइ सम्बन्धी चेतना नभएका नागरिकलाई सचेतना गराउने, एक हजार दिन भित्रका आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर राख्दै पौष्टिक आहारको प्रयोग, गर्भ अवस्थामा नियमित परिक्षण, बालबालिकालाई दिइने पूर्ण खोपको सुनिश्चितता संगै खानपान जीवनशैली, वातावरण संरक्षण र सरसफाइमा समेत ध्यान दिएर कार्यक्रम अगाडि बढाइएको थापाको भनाई छ ।

यस बर्ष बजार क्षेत्रमा जोखिम खानेपानी ट्याङ्कीमा पानी शुद्धिकरण विधि अपनाइएको, विद्यालयमा अध्ययनरत किशोरीहरूलाई बालविवाह रोकथाम सचेतना, महिनावारी स्वच्छता सम्बन्धी अभिभुखिकरण, सरसफाइ सम्बन्धी सूचकलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रमा घरघरमा सूचक टाँस गरी सचेतना मूलक कार्यक्रम गरिएको पाइएको छ । दुई बर्ष सम्म सञ्चालन हुने कार्यक्रम अन्र्तगत कृषि, स्वास्थ्य, शिक्षा संगै एक हजार दिने आमाहरूलाई कुखुराको चल्ला वितरण, अण्डा वितरण, टनेल निर्माण कार्यक्रममा सहजिकरण, बिउबिजन वितरण लगायतका कार्यक्रम अगाडि बढाइएको जनाइएको छ ।


त्यस्तै बजार क्षेत्रमा सरसफाइ कार्यक्रमलाई व्यवस्थित बनाउन फोहोर मलाई लेखिएको बाल्टी राख्ने काम लगायतका गतिविधि भएको हो ।  यो कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउँदै जाँदा चेतना वृद्धि, सरसफाइ, कुपोषणको अन्त्य र स्वास्थ्य संस्थामा पुग्ने दरमा बृद्धि भइरहेको पाइएको हो ।