विकासमा पछि परेको अर्नाकोट क्षेत्रमा विशेष ध्यान दिएको छु सांसद दोर्ण कुवँर ।

जेठ ५ गते बुर्तिबाङ

भौतिक विकास निर्माणमा पछि परेको अर्नाकोट ,खल्बाङ लगायतका क्षेत्रका विकासका निम्ती आफूले ध्यान दिएको गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बताउनु भएको छ ।

सोमबार अर्नाकोट माध्यमिक विद्यालय खलबाङको ५० औँ वार्षिकोत्सव एवम् अभिभावक भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे सांसद कुवँरले अर्नाकोट लगायत ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्तर्रगतका दुई हजार दुई सय घरधुरीलाई खानेपानीको पहुँचमा पुर्याउन, सडक स्तरोन्नति गर्न र विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्नका निम्ती आफ्नो निरन्तर पहल कदमी भइरहेको बताउँनु भयो ।

केही वर्षभित्रै यसक्षेत्रका नागरिकले सहज रुपमा खानेपानीको उपभोग गर्न पाउने बताउँदै आफल बाल्यकालमा अध्ययन गरेको अर्नाकोट मावि खलबाङमा चारकोठे पक्कि भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको हो । त्यस्तै आफ्नो पहुँच नपुगेका कारण अर्नाकोट एअरपोर्ट निर्माणको काम विभिन्न चरण पार गरेर अगाडी बढेपनी निर्माणमा अगाडि बढ्न नसकेको बताउँदै संघ सरकारमा आफु नपुग्दा सम्म त्यस आयोजनाले गति लिन नसक्ने बताउनु भयो ।

अर्नाकोट हुँदै ढोरपाटन पदमार्ग, बुर्तिबाङ अर्नाकोट सडक स्तरोन्नति लगायतका धेरै कामहरू आफुले गरिरहेको र अधुरा काम पुरा गरेर छाड्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै ढोरपाटन नगरपालिका वडा नम्बर २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै जनताका समस्यालाई सम्बोधन गर्न वडा, पालिका र प्रदेश सरकारसँग हातेमालो गरेर श्रोत र साधनले भ्याएसम्म आफूहरूले काम गरिरहेको बताउँदै विद्यालयको शैक्षिक र भौतिक विकासका निम्ती सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार तथा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डे, जनप्रतिनिधि, बिभिन्न सङ्घसंस्थाका प्रतिनिधि , अभिभावक, चन्दादाता लगायतको आतिथ्यता रहेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लायन्स क्लब अफ ढोरपाटनको तर्फदेखि स्टेसनरी, पोशाक वितरण संगै ५० बर्ष माथिका नागरिकका निःशुल्क स्वास्थ्य चेकजाँच समेत गरिएको हो ।

कार्यक्रम लायन्स क्लब अफ ३२५ के का डिस्ट्रिक्ट चियर पर्सन रामप्रसाद आर्चाय, समाजसेवी जित बहादुर कुवँर लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ति पौडेल, विद्यालयका संस्थापक शिक्षक यमलाल पाण्डे, चन्दादाता ,अभिभावक लगायतका आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रध्यानाध्यापक धन बहादुर महतद्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगती प्रतिवेदन, विद्यालयका विद्यार्थीलाई विभिन्न छात्रबृर्ति प्रदान एवम् पुरस्कार वितरण गरिएको हो । कार्यक्रम शिक्षक धनिश्वर तिवारीको स्वागत, शिक्षक जुन बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img