दिगो पर्यटन प्रर्वद्धन परियोजना द्धारा पत्रकार सँग अन्तरक्रिया ।

छविलाल पाण्डे जेठ ३ गते ढोरपाटन

टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा विवाईसी बागलुङको साझेदारीमा सञ्चालित दिगो पर्यटन प्रर्वद्धन परियोजना कार्यक्रमका विषयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई लक्षित गर्दे पर्यटन विकासको लागी युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने सहित यस क्षेत्रका नागरिकलाई आर्थिक, सामाजिक रुपमा अगाडि बढाउने दिगो पर्यटन प्रर्वद्धन परियोजनाको कार्यसम्पादन र भावी लक्ष्यका सन्दर्भमा छलफल एवम् अन्तरक्रिया गरिएको हो ।

२०२३ सेप्टेम्बर ९ देखि सुरु भई २०२६ अगस्ट ३१ मा समापन हुने उक्त परियोजना मार्फत ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत रहेका १६ वटा वडामा कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रम अगाडि बढाएको हो ।

संस्थाका अनुगमन अधिकृत विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विवरण अनुसार हालसम्म भएका गतिविधिभावी लक्ष्यका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । हालसम्म विभिन्न ४१ वटा कार्यक्रम सम्पन्न गरेको संस्थाले तिन हजार एक सय ८ जना नागरिकको बीचमा प्रत्यक्ष कार्यक्रम गर्दे सचेतना र क्षमता अभिवृद्धिलाई अगाडि बढाएको पाइएको हो ।

संस्थाले लिएको लक्ष्य बमोजिम ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई पर्यटन सँग जोड्नका निम्ती दुई पालिकामा ३० वटा होमस्टे व्यवस्थित बनाउने लक्ष्य अनुरूप हालसम्म ९ वटा होमस्टेलाई तालिम दिई प्रति होमस्टे दुई लाख पचास हजार रुपैयाँका दरले सामाग्री उपलब्ध गराइएको, महिला, युवा र बालबालिकालाई समावेश गरेर विभिन्न ४८ वटा क्लब समुह स्थापना गरि उनिहरु लाई सचेतना मूलक कार्यक्रम, वातावरणीय प्रर्वद्धन, समाजमा हुने कुरिती, बिकृर्ती न्यूनिकरण, बालविवाह जस्ता घटना न्यूनिकरणमा टेवा पुग्ने गरी कार्यक्रम गरिएको पाइएको छ ।

ढोरपाटन क्षेत्रको विकास र प्रर्वद्धन तथा पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन, वातावरण पर्यावरण जोगाउन र यस क्षेत्रको दिगो विकासको अवधारणा अगाडि बढाउँदै विद्यालयका शिक्षकलाई तालिम, विद्यालयमा लाइब्रेरी व्यवस्थापन गर्न विभिन्न १२ विद्यालयलाई प्रोजेक्टर र कम्प्युटर उपलब्ध गराइएको, विद्यार्थीलाई बाल क्लब मार्फत सचेतना मूलक कार्यक्रममा समावेश गरिएको जनाइएको छ ।

कार्यक्रम अवधिभर दश हजार नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने गरी क्षमता विकास, नेतृत्व विकास र सचेतना मूलक कार्यक्रम गरिने पौडेलले बताउनु भयो ।

विशेषगरी महिला र यूवालाई रोजगारी र पर्यटन सँग जोड्नका निम्ती होमस्टे तालिम, यहाँ उत्पादीत भेँडाको उनबाट राडिपाखी बुन्ने तालिम दिई सिप आर्जन, सहकारी स्थापना गरी महिलाहरुलाई सहकार्य र आर्थिक उत्पादन सँग जोडन् सहयोग गर्ने गरी कार्यक्रम गरिएको हो ।

त्यस्तै यूवाहरुलाई होमस्टे, रेष्टुरेन्ट, टुरिजम क्षेत्रमा गाईडको रुपमा काम गर्न सक्ने गरी अगाडि बढाउने उदेश्य सहित तालिम र १५० जनालाई प्रत्यक्ष रोजगारी सँग जोड्न सक्ने बनाउने उदेश्य सहित तालिम र आवस्यक सहयोगका कार्यक्रम अगाडि बढाइएको परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो ।

त्यस्तै ढोरपाटन सिकार आरक्ष र यहाँको पर्यटनलाई विश्वसामु जोड्नका निम्ती ढोरपाटन उपत्यकामा ६० लाख रकम खर्च गरेर सूचना केन्द्र निर्माणका काम भइरहेको जनाउँदै यहाँका नागरिक, स्थानीय सरकारले सहकार्य गरेर अगाडि बढ्न सकेमा यहाँको विकास र रोजगारीलाई जोड्न प्रचुर सम्भावना रहेको अर्यालको भनाई छ ।कार्यक्रममा परियोजनाका कर्मचारी पत्रकार , क्लबका पदाधिकारीको उपश्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img