Home Blog Page 51

बिहानैदेखि बर्षात संगै उच्च भुभागमा हिमपात भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने

0


फागुन १६ गते ढोरपाटन
शुक्रबार बिहानै देखि बागलुङ सहित आसपासका जिल्लामा निरन्तर बर्षात संगै उच्च भुभागमा हिमपात भइरहेको छ । करिब ५ महिना पछि निरन्तर बर्षात हुँदा कृषक खुसि भएका छन । समयमा बर्षात नहुँदा हिँउदे बालीमा नोक्सानी बेहोरेका कृषकले यस सिजनको बर्षातका कारण खेतबारी जोत्ने, तरकारी उत्पादन गर्ने लगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरेका हुन ।
जिल्लाको ढोरपाटन उपत्यका, निसीखोला गाउँपालिका र रुकुमको सिमाना पातिहाल्ने लगायतका क्षेत्रमा अत्याधिक हिमपात भइरहेको छ । हिमपातका कारण रुकुम तर्फको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । हिउँदको अन्तिममा आज राम्रो वर्षा भइरहेको जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले बताउनुभयो । देशका धेरै ठाउँमा भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने छ ।

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा रक्तदान कार्यक्रम ७० पिन ब्लड सङ्कलन ।

0

 फागुन १६ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बुर्तिबाङमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ७० पिन ब्लड सङ्कलन गरिएको छ । लायन्स क्लब अफ ढोरपाटनको आयोजना, प्रादेशिक रक्तसञ्चार सेवा पोखरा र बुर्तिबाङ अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव राम दत्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

पौडेलले बोल्दै खेर गइरहने ब्लडलाई सही ठाउँमा उपभोग गर्नका निम्ती ब्लड सङ्कलन कार्यक्रमको आयोजना गरिएको बताउँदै लायन्स क्लब अफ ढोरपाटनले यस्ता सामाजिक कार्यमा खेलेको भूमिकाको चर्चा गर्दे नेपाल रेडक्रस सोसाईटी ले गण्डकी प्रदेशभरि सहज रुपमा ब्लड उपलब्ध गराउने गरी ब्लड सङ्कलन अभियानलाई प्राथमिकता दिएको बताउनु भयो ।

कार्यक्रममा नेपाल नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आर्चाय ले बोल्दै नेपाल रेडक्रस सोसाइटी विशुद्ध सामाजिक संस्था रहेको र विभिन्न समयमा हुने विपद, दुर्घटना जस्ता घटनामा सक्रिय भूमिका खेल्दै आएको बताउनु भयो । लायन्स क्लबले यस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा सक्रियता दिँदै जान सुझाब दिनुभयो ।

कार्यक्रममा नेपाल नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश उप महासचिव कृष्ण चन्द्र पाण्डे, ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङका सभापति पुरन पाण्डे, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ति पौडेल ,पत्रकार लोकेन्द्र सुनार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका सभापति छविलाल पाण्डेले कार्यक्रममा बोल्दै विभिन्न सामाजिक कार्य गर्दे आइरहेको लायन्स क्लब अफ ढोरपाटनले वर्षमा ४ हजार सम्म नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य शिविर, आँखा शिविर, विद्यालयमा सचेतना मूलक कार्यक्रम, विपत्तिमा परेका नागरिकलाई सहयोग लगायतका कार्य गर्दे आइरहेको बताउँदै गण्डकी प्रदेश भरका नागरिकले सुविधा प्राप्त गर्न सक्ने गरी ब्लड सङ्कलन गर्ने गरिएको र बुर्तिबाङमा ब्लड आवश्यक परेको खण्डमा लायन्स क्लबले समन्वयकारी भूमिका खेल्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सन्चार केन्द्रका महेन्द्र केसी. सहितको टोली द्धारा ब्लड सङ्कलन गरिएको थियो । कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ बुर्तिबाङको सह आयोजना, ढोरपाटन नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, उद्योग वाणिज्य सङ्घ ढोरपाटन, बुर्तिबाङ राइजिङ युवा क्लब, बुर्तिबाङ फुटवल क्लब लगायत सङ्घसंस्थाको सहभागिता रहेको हो । कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका सचिव हेमेन्द्र घर्तिको सञ्चालनमा सम्पन्न भएको हो । 

नेपाल मगर सङ्घको ४३ औँ राष्ट्रिय एकता दिवस बुर्तिबाङमा विभिन्न कार्यक्रम गरी मनाइयो ।

0


फागुन १५ गते बुर्तिबाङ
नेपाल मगर सङ्घको ४३औँ राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी बुर्तिबाङमा मनाइएको छ । नेपाल मगर सङ्घ क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ को आयोजनामा बिहीबार विभिन्न कार्यक्रमका साथ बुर्तिबाङ बजारमा मनाइएको छ ।
भलीवल खेल सहित स्थानीय भेषभुषा, कला संस्कृति सहित बुर्तिबाङ बजारमा र्‍याली सहित परिक्रमा गर्दे सुरु भएको कार्यक्रम क्षेत्रीय अध्यक्ष गंग बहादुर घर्तिको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई गण्डकी प्रदेश पूर्व कृषि मन्त्री चन्द्र बहादुर बूढा सागरले उद्‌घाटन गर्नुभएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दे बुढाले आज मगर समुदायको विजय र एकताको दिन भएको बताउँदै यस अवस्था सम्म ल्याउन सफल विभिन्न नेतृत्वलाई सम्झँदै सङ्घर्ष र बलिदानीबाट प्राप्त अवसरलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अब नयाँ सङ्कलनको आवश्यक रहेको जनाउँदै संस्कृति, भाषा, पहिचान र मगर समुदायका मुद्दालाई नयाँ सन्ततीलाई सिकाउन आवश्यक रहेको भइरहेका त्रुटिमा समीक्षा आवश्यक रहेको बताउनु भयो । मगर समुदायको हक अधिकारलाई स्थापित गर्न संविधानले समेत साथ दिएको बताउनु भयो ।


कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ति, मगरात सङ्घर्ष समिति केन्द्रिय सदस्य निल बहादुर पुन, नेपाल मगर संघ ढोरपाटन नगरसमिति अध्यक्ष हेमेन्द्र पुन मगर,  नेपाल मगर सङ्घका पदाधिकारी जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको कार्यक्रम नेपाल मगर संघ क्षेत्रीय उपाध्यक्ष खगेन्द्रमान पुनको स्वागत सचिव टिका रानाको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा मगर संस्कृति झल्कने विभिन्न नृत्य, कला संस्कृतिको प्रस्तुती, कलाकारको प्रस्तुती रहेको थियो । 

सरस्वती आधारभूत विद्यालय भब्रेटाको ३४औं बार्षिकोत्सव सम्पन्न ।।

0

फागुन १५ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ भब्रेटामा रहेको सरस्वती आधारभूत विद्यालयको ३४ औं बार्षिकोत्सव ,अभिभावक दिवश तथा चन्दादाता सम्मान कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष मनलाल भट्टराइको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले कार्यक्रमको प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुभएको हो ।
प्रमुख अतिथी कायतले कार्यक्रमको उद्धघाटन सहित सम्बोधन गर्दे शिक्षाको ज्वती फैलाउँदै आएको सरस्तवी आधारभूत विद्यालयले महिला शिक्षकहरुको नेतृत्वमा राम्रो व्यवस्थापन सहित शिक्षण पद्धतीलाई अगाडी बढाएकोका आभार व्यक्त गर्नुभयो । अन्य सामुदायिक विद्यालयले सरस्वती आधारभुत विद्यालयबाट धेरै कुराहरु सिक्न आवस्यक रहेको बताउँदै विद्यालयको आर्थिक, शैक्षिक, भौतिक व्यवस्थापन पनी महत्वपूर्ण विषय रहेको बताउनु भयो ।

सामुदायिक विद्यालयको गुणस्तर अगाडी बढाउन राज्य संगै विद्यालय व्यवस्थापन समिती र शिक्षकको मिहिनेत समेत उत्तिकै आवस्य पर्ने बताउनु भयो ।
ढोरपाटन नगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो लगानी गरिरहेको तर शिक्षाको गुणस्तर बृद्धिमा अझै मिहिनेत गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, शिक्षा शाखा अधिकृत गणेश बहादुर रावल, स्थानीय समाजसेवी, बुद्धिजिवी लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो । विद्यार्थीको प्रतिभा पहिचान संगै विविध कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रध्यानाध्यापक ढालकुमारी पाण्डेद्धारा विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रगती प्रतिवेदन सहित भावि लक्ष्यको सन्दर्भमा जानकारी गराउनु भएको हो । कार्यक्रम प्रतिभा आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ज्ञानेन्द्र माविका विद्यार्थीलाई दुबैका मामा लैलाको स्टेशनरी सहयोग ।

0

फागुन १५ गते ढोरपाटन
निसीखोला गाउँपालिका ५ निसीमा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत गरिव विपन्न तथा जेहेन्दार ५० जना विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण गरिएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेम राज सापकोटाको सक्रियतामा दुबैका नागरिक मामा लैलाको जन्मोत्सवका अवसरमा लैलाले उपलब्ध गराउनु भएको सामाग्रि विद्यालयमा अध्यनरत ५० जना छात्र छात्रालाई हस्तान्त्रण गरिएको हो ।

निसीखोला गाउँपालिका ४ हाल रोजगारीको सिलशिलामा दुबैमा रहनु भएका भुपाल रेग्मीको सम्मोन्यमा उक्त सामाग्रि विद्यालयमा हस्तान्त्रण गरिएको जनाइएको छ ।

गतबर्ष पनी लैलाले विद्यालयलाई सहयोग उपलब्ध गराएको बताउँदै यस्तो महत्वपूर्ण सहयोगले विद्यार्थीको पठन पाठनमा सहजता पुग्ने बताउँदै सहयोगी दातालाई विद्यालय व्यवस्थापन समिती अध्यक्ष हेमराज सापकोटाले धन्यबाद ज्ञापन गर्नुभयो ।

निसीखोला गाउँपालिका ५ का अध्यक्ष हर्कमान घर्तिको प्रमुख आतिथ्यता रहेको थियो प्रमुख घर्तिले बोल्दै विदेशि दाताले आफनो जन्मदिनमा यहाँका गरिव, विपन्न, विद्यार्थीका निम्ती गरेको सहयोग अतिनै सर्हाननीय कार्य रहेको जनाउँदै यस्तो सहयोगले विद्यार्थीलाई थप अध्ययनमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रमका अवसरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ५० जना छात्रछात्रालाई स्टेशनरी, एक जना छात्रलाई पोषाक, १ जनालाई जुत्ता सहित दुई विद्यार्थीको परिवारलाई खाध्यान्ह उपलब्ध गराइएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज सापकोटाको अध्यक्षतामा आयोजीत कार्यक्रममा सदस्य भानसिंह बुढाको स्वागत, शिक्षक अभिभावक संघका अध्यक्ष रोविन बुढा मगर, सदस्य निम्बर बुढामगर, भूतपूर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष भरत बुढा मगर, लगाएत विद्यालय व्यवस्थापन समिती पदाधिकारी, अभिभावक विशेष उपश्थितीमा स्टेशनरी र खाध्यान्ह सामाग्रि हस्तान्त्रण गरिएको हो । कार्यक्रम विद्यालयका प्रअ अमृता बुढा मगरले सञ्चालन गर्नुभएको थियो ।

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

0

प्रतीकात्मक तस्बिर

 

हिउँदे अवधि सकिने अन्तिम दुई दिन आज र भोलि पश्चिमी वायु सक्रिय हुने भएको छ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्सिर १६ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । यस अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेकोमा यसपटक झण्डै १० मिलिमिटर मात्रै वर्षा भएको छ ।

हिउँदे वर्षा नहुँदा सुक्खा बढेको छ । यसले वायुमण्डलमा धुवाँ, धुलो थुप्रिँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिएको छ । आज र भोलिको वर्षाले प्रदूषण हटाउन सहयोग पुग्ने मौसमविद्ले बताएका छन् ।

शिक्षक सङ्घ ढोरपाटनको भेला सम्पन्न ।

0

अखिल नेपाल शिक्षक सङ्घ ढोरपाटन नगर समितिको दोस्रो भेला २०८१ फागुन १४ गते बुधबार सम्पन्न भएको छ । शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकालको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।

दिप प्रज्वलन गर्दे कार्यक्रमको उद्घाटन गरेपछि मन्तव्य राख्दै ढकालले शिक्षकका पेसागत हकहितका लागि शिक्षक सङ्घले निरन्तर नेतृत्वदायी भूमिका खेलेको आएको दाबी गर्नुभयो । उहाँले सङ्घीयता खारेजीसँगै शिक्षकका हकहितका लागि सशक्त आन्दोलन उठाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

त्यस्तै, विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले शिक्षक सचेत तप्का भएका कारण सामाजिक रूपान्तरणका अग्रणी भूमिका खेल्न आग्रह गर्नुभएको थियो । सङ्घका नगर अध्यक्ष पदमबहादुर छन्त्यालको अध्यक्षमा सुरु भएको सो कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका धनबहादुर कुँवर र केशव सापकोटालाई सम्मान गरिएको थियो ।

रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजा, ढोरपाटन नगर कार्यपालिका सदस्य कुलबहादुर छन्त्याल, अखिल ९छैठौं० बागलुङका अध्यक्ष विमल खरेल, शिक्षकहरू दुर्गा भण्डारी, सुनमाया घर्ती, चकबहादुर अदै, दीपक छन्त्याल, राजमो नेता दीपक थापा, अभिनन्दित व्यक्तित्व कुवर, सापकोटा लगायतले भेलामा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन इन्द्रमणि पाण्डे र स्वागत धनवीर भण्डारीले गर्नुभएको थियो ।

भेलाले सुनमायाँ घर्ती अध्यक्ष रहनुभएको दुई रिक्तसहित १५ पूर्ण र एक रिक्तसहित छ सल्लाहकार रहनुभएको २१ सदस्यीय शिक्षक सङ्घको ढोरपाटन नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धनवीर भण्डारी, सचिवमा इन्द्रमणि पाण्डे, सहसचिवमा श्यामकुमार विक र कोषाध्यक्षमा प्रियासी पुनघर्ती रहनुभएको छ ।

त्यस्तै, सदस्यमा विनिता खरेल, चकबहादुर अदै, इन्द्रकुमारी बुढाकुँवर, विशाल छन्त्याल, देवेन्द्र घर्ती, प्रेमलाल अर्गेजा, रिमाकुमारी छन्त्याल र हेमलाल पौडेल रहनुभएको छ । भेलाले टीकाबहादुर पुन, पदमबहादुर छन्त्याल, दीपककुमार छन्त्याल, नन्दराम गौतम र धनबहादुर महतलाई सल्लाहकारमा चयन गरेको छ ।

उत्तरगंगा माविमा व्यवस्थापन समिति बैठक: प्रअ व्यवस्थापन देखि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारी ।

0

फागुन १४ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ स्थित उत्तरगंगा माध्यमिक विद्यालय व्यवस्थापन समितिको बैठक फागुन १३ गते बसेको छ ।

गतवर्ष पौष महिनामा गठन भएको समितिले लामो समयदेखि व्यवस्थापन समिति र शिक्षक अभिभावक बिहिन बन्दा शैक्षिक, आर्थिक, भौतिक रुपमा भद्रगोल अवस्थामा रहेको विद्यालयलाई सहि लिकमा ल्याउने प्रयास अगाडि बढाइरहेको हो । जसअनुरूप समितिको हिँजो बसेको बैठकले आगामी फागुन २३ गते अभिभावक भेला गराएर विद्यालयको लेखा परिक्षण प्रतिवेदन अभिभावकको बिचमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

विद्यालयको गत २०७१÷०७२ देखि हुन नसकेको लेखा परिक्षण एकैपटक यसवर्ष गरिएको थियो । १० बर्ष पछि भएको लेखा परिक्षण रिर्पाेट आइसकेको जनाउँदै प्रतिवेदन अनुसार धेरै मात्रामा बेरुजु र असुल उपर जस्ता समस्या देखिएको बताउँदै २३ गते नै अभिभावकको बिचमा सबै विवरण प्रस्तुत गरिने व्यवस्थापन समितिका एक पदाधिकारीले बताएका छन ।

त्यस्तै बैठकले विद्यालयका प्रधानाध्यापक करारमा रहेका कारण पूर्णकालिक प्रधानाध्यापक नियूक्ति प्रकृयालाई अगाडि बढाउनका निम्ती ३ सदस्य विद्यालय योजना प्रस्ताव मूल्याड्कन समितिको गठन गर्ने विषयमा समेत छलफल सहित निर्णय गरिएको जनाइएको छ ।

विद्यालयमा हाल प्रधानाध्यापकको रुपमा इश्वरी प्रसाद पौडेलले कार्यसम्पादन गर्दे आउनु भएको छ । कानून बमोजिम प्रधानाध्यापक नियुक्ति प्रकृयाका निम्ती विद्यालय व्यवस्थापन समिति अध्यक्षले छनौट गरेको एक पदाधिकारी, स्थानीय सरकारका शिक्षा अधिकृत र शिक्षा विकास तथा सम्मोन्य इकाइबाट १ जना प्रतिनिधि चयन गरि ३ सदस्य समिति मार्फत प्रकृया अगाडि बढ्ने श्रोतले जनाएको हो ।

विद्यालयको आर्थिक हरहिसाब र लेखा व्यवस्थापनलाई व्यवस्थित गर्न विद्यालय प्रशासन र लेखा प्रशासनलाई निर्देशन दिने , लेखा व्यवस्थापनमा आवश्यक सहयोग र सहजिकरण गर्न तथा मासिक आर्थिक रिर्पाेट समितिमा ल्याउनका लागि शिक्षक प्रतिनिधि सहित ३ जना सदस्यलाई विशेष जिम्मेवारी प्रदान गर्ने लगायतका विषयमा छलफल एवम् निर्णय गरिएको जनाइएको छ । बैठक विद्यालय व्यवस्थापन समिती अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको हो । 

 

बागलुङको वडिगाडमा पिकअप दुर्घटना दुईजनाको ज्यान गयो ४ घाइते ।

0


फागुन १२ बुर्तिबाङ
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ मा सोमबार साँझ पिकअप जिप दुर्घटना हुँदा जिपमा सवार  दुई जना यात्रुको ज्यान जानुका साथै ४ जना घाइते भएका छन ।
बडिगाड ७ भिमगिठे देखि यात्रु लिएर वडा नम्बर १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप दुर्घटना हुँदा सवार निसीखोला गाउँपालिका ७ चोलाङ बस्ने ७५ बर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ बर्षिया जुना कँडेलको ज्यान गएको हो ।
साँझपख यात्रु लिएर जाँदै गरेको जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक हुँदा दुर्घटना भएको सवार यात्रुको भनाई छ । दुर्घटनामा बडिगाड ९ बस्ने ६३ बर्षिया तेज कुमारी बूढा, सोही ठाउँका ५० बर्षिया निमसरा बुढा, ५२ बर्षिय थम कुमारी पौडेल घाइते हुनुभएको छ । एक घाइतेको सनाखत हुन सकेको छैन । घाइते मध्ये तेज कुमारी बुढालाई थप उपचारका निम्ती रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना लगत्तै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङ, भिमगिठे प्रहरी, स्थानीय बासिन्दा लगायतको सक्रियतामा उद्धार गरिएको हो । जिपमा १२ जना जती सवार रहेपनि अन्यको अवस्था सामान्य रहेको जनाइएको छ । घाइेतको उद्धार भइरहेको प्रह्रीले जनाएको छ । 

ढोरपाटनस्थित ज्योति विकास माविमा सुबिधा सम्पन्न आइसीटी ल्याबको उद्घाटन

0

ढोरपाटन, फाल्गुन १२ –

ढोरपाटनस्थित ज्योति विकास माध्यमिक विद्यालयमा एक नयाँ, सुबिधा सम्पन्न आइसीटी कम्प्युटर ल्याबको आइतबार उद्घाटन गरिएको छ।

ग्रामीण नेपालमा डिजिटल खाडल पुर्ने उद्देश्यले गरिएको यो पहल एडुटेक नेपाल, कर्माफ्लाइट्स फाउन्डेसन र ढोरपाटन नगरपालिका बीचको सहकार्यबाट सम्भव भएको हो। दात्रि निकाय, अभिभावक, शिक्षक र समुदायका अगुवाहरूको उपस्थितिमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि एडुटेक नेपालका संस्थापक र दाता न्युजिल्याण्ड निबासी माइक चिसोल्मले विद्यार्थी, शिक्षक र समुदायलाई ल्याब उपहार दिन पाउँदा खुशी व्यक्त गरे।

नेपालसँगको आफ्नो सम्बन्धको सम्झना गर्दै चिसोल्मले लगभग ४० वर्षअघि आइएनएफ पोखरामा आफ्नो सेवालाई सम्झिए र आफ्नो कान्छो बच्चा नेपालमा जन्मिएको र न्युजिल्याण्ड र नेपालबीचको मित्रताको लामो विरासत बोकेको भन्दै जुन १९५३ (२०१०) मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ऐतिहासिक सगरमाथा आरोहणदेखि सुरु भएको जुरा स्मरण गराए।

चिसोल्मले प्रविधि र शिक्षा गरिबी हटाउने कुञ्जी हो भन्ने कुरामा जोड दिए। संसार को धनी एलोन मस्कको उदाहरण उद्धृत गर्दै उनले कसरी सानै उमेरमा एउटा कम्प्युटरमा पहुँचले मस्कको भविष्यलाई रूपान्तरण गर्‍यो भन्ने कुरामा प्रकाश पारे। ूयो प्रयोगशाला नेपालका शहरहरू र मेरो आफ्नै देशमा पनि धेरै भन्दा राम्रो छ। यस्ता स्रोतहरू भएकाले, प्रत्येक बच्चामा प्रविधिमा अग्रणी बन्ने क्षमता छ उनले थपे।

एडुटेक नेपालका सीईओ अशोक डल्लीले अभिभावक र शिक्षकहरूलाई शिक्षालाई रूपान्तरण गर्न प्रयोगशालालाई सक्रिय रूपमा प्रयोग गर्न प्रोत्साहित गरे। कम्प्युटर प्रयोगशाला प्राप्त गर्नु मात्र पर्याप्त छैन। बालबालिकाको सिकाइमा वास्तविक प्रभाव पार्न यसलाई उचित रूपमा प्रयोग गर्नुपर्छू, उनले अभिभावकहरूलाई विद्यालय भ्रमण गर्न र आधुनिक शिक्षा उपकरणहरूसँग संलग्न हुन आग्रह गर्दै भने।

यस परियोजनाको एक प्रमुख साझेदार कर्मफ्लाइट्स फाउन्डेसनले नेपालभरका ग्रामीण विद्यालयहरूमा आईसीटी प्रयोगशालाहरू स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेम बहादुर कुँवरले प्रयोगशाला कुशलतापूर्वक स्थापना गरेकोमा विद्यालयको प्रशंसा गरे र शिक्षामा प्रविधिलाई एकीकृत गर्ने महत्त्वमा जोड दिए। ूहामी प्रविधिलाई बेवास्ता गर्न सक्दैनौंस शिक्षालाई रूपान्तरण गर्न र जीवनको गुणस्तर सुधार गर्न हामीले यसलाई अँगाल्नुपर्छ कुँवरले भने।

ढोरपाटन नगरपालिका वडा नम्बर ७ का पूर्व अध्यक्ष दीपक थापा, ढोरपाटन शिकार आरक्ष संरक्षण अधिकृत पशुपति अधिकारी र ढोरपाटन तिब्बती शरणार्थी शिविरका अध्यक्ष रिन्चिन ताशी लगायत धेरै विशिष्ट अतिथिहरूले कार्यक्रममा बोल्दै आधुनिक शिक्षामा डिजिटल साक्षरताको महत्त्वलाई जोड दिए।
ढोरपाटन उपत्यकामा बसोबास गर्ने तिब्बती शरणार्थी बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न बि स २०१७ सालमा श्री ज्योति विकास विद्यालय स्थापना गरिएको थियो। यो आईसीटी प्रयोगशाला जम्मा १४ लाख मध्ये ढोरपाटन नगरपालिकाले कुल लागतको एक तिहाइ र एडुटेक नेपाल र कर्मफ्लाइट्सले बाँकी दुई तिहाइ म्याचिङ्ग कोष प्रयासबाट सम्भव भएको हो।

प्रयोगशाला २१ वटा कम्प्युटर र अफ लाइन एआई सफ्टवयर सहित शैक्षिक सामग्रीहरूको विशाल संग्रहले सुसज्जित छ। यो प्रकार को पहल कदमी ले ग्रामीण नेपालमा शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने, विद्यार्थीहरूलाई २१औ सताप्दीको विश्वनागरिक बनाउन कोशेढुंगा साबित हुने कुरा अपेक्षा गरिएको छ।