बैशाख ३० गते बुर्तिबाङ
शिशिर विश्वकर्मा
तमानखोला गाउँपालिका द्धारा आयोजित पालिका कपमा वडा स्तरीय पुरुष भलिबल तर्फको उपाधि नर्जाले उचालेको छ ।
खेल प्रतिभाको पहिचान , प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले तमानखोलाको बोङगादोभानमा विभिन्न बिधाका खेलहरुको आयोजना गरिएको हो ।
गत बैशाख २७ गते देखि सुरु भएको तमानखोला गाउँपालिका स्तरीय पालिका कपमा विभिन्न १२ वटा ईभेन्टमा सञ्चालित प्रतियोगिता अन्तर्गत वडा स्तरीय पुरुष भलिबलमा प्रथम स्थान हासिल गर्दै वडा नम्बर ६ ले प्रथम पुरस्कार ,पालिका कप , मेडल र प्रमाण पत्र हात पार्न सफल भएको हो ।
त्यस्तै पुरुष भलिबल तर्फ वडा नम्बर १ द्वितीय भएको हो । महिला भलिबल तर्फ वडा १ ले प्रथम र २ ले द्वितीय स्थान हासिल गरेको हो ।
विद्यालय स्तरीय भलिबल शान्ति मा .वि ले प्रथम स्थान हासिल गरेको हो र गोल्डेन लाइफ बोर्डिङ स्कुल तमानले द्वितीय पुरस्कार हासिल गरेको हो ।
तमानखोला गाउँपालिकाको आ . वि २०८१/८२ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सामाजिक विकासतर्फ युवा, खेलकुद तथ नवप्रतिभा अन्तर्रगत “ गाउँपालिका कप ” को आयोजना गरिएको युवा,शिक्षा तथा खेलकुद संयोजक हिक्मत जक्तपुरीले बताउनुभयो ।
आयोजित समापन सत्रको कार्यक्रम तमानखोला गाउँपालिका खेलकुद संयोजक हिक्मत जक्तपुरीको अध्यक्षता, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुदाको प्रमुख आतिथ्यता , प्रमुख प्रसाशकिय अधिकृत अमित परियार , शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख दुर्गादत्त घिमिरे, जनप्रतिनिधि, कर्मचारी ,शिक्षक , विद्यार्थी, सुरक्षाकर्मी ,सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको कार्यक्रम बसन्त बुदाको सञ्चालनमा सम्पन्न भएको थियो ।
