बुर्तिबाङ बजारवासीलाई शुद्ध खानेपानी खुवाउन शुद्धिकरण विधि अपनाइयो ।

 बैशाख २७ बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा बस्ने करिब दश हजार नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्य सहित खानेपानी शुद्धिकरण विधि अपनाइएको छ ।

ढोरपाटन नगरपालिकाको पोषण मैत्री पालिका अन्र्तगत बढि बस्ती भएका स्थानमा खानेपानी शुद्धिकरण प्रविधि जडान गर्ने उद्देश्य अनुरूप बजारमा आउने खानेपानी ट्याङ्कीमा पानी शुद्धिकरण प्रविधि जडान गरिएको ढोरपाटन नगरपालिका जनस्वास्थ्य निरीक्षक केशव थापाले बताउनु भयो ।

यो प्रविधिबाट पानी शुद्धिकरण हुने र दुषित पानीबाट हुनसक्ने रोगहरूबाट बच्न सकिने बताउनु भयो । बुर्तिबाङ खानेपानी आयोजनाका अध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार बजारमा आउने खानेपानीको मुहानमा दुषित पानी समेत मिसिन सक्ने र दुषित पानीले नागरिकलाई प्रत्यक्ष असर गर्न सक्ने भएका कारण आफूहरूले नगरपालिकामा पानी शुद्धिकरण प्रणाली जडानका निम्ती माग गरिएको बताउनु भयो ।

नगरपालिकाले पोषण मैत्री पालिका अन्र्तगत ९ वटै वडाका विभिन्न स्थानमा उक्त प्रविधि जडान गर्ने लक्ष्य लिइएको जनस्वास्थ्य निरीक्षक केशव थापाले बताउनु भयो । प्राविधिक र पानी शुद्धिकरण गर्ने मेसिन मगाएर बुर्तिबाङ बजारमा आउने छरछरेमा रहेको ट्याङ्कीमा जडान गरिएको हो । करिब तिन लाख पर्ने उक्त क्लोरिनेसन पानी कीटाणुनाशक प्रविधि जडान गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img