जेठ २ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका अन्तर्रगतका सामुदायिक विद्यालयका प्रधानाध्यापक र माध्यमिक तहका लेखापालका लागी २ दिने आइसिटी र इ लेखा प्रणाली सम्बन्धी क्षमता विकास तालिम शुक्रबार देखि नगरपालिका कार्यालयमा सुरु भएको छ ।
विद्यालयमा आइसिटीको व्यवस्थापन कसरी गर्ने, लेखा व्यवस्थापन र विद्यालयको समग्र क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको हो ।
ढोरपाटन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित तालिममा लेखा अधिकृत सूर्य बहादुर बिक, शिक्षा अधिकृत गणेश बहादुर रावल, जिन्सी शाखा प्रमुख दीपक श्रीपालीले प्रशिक्षण दिनुभएको हो ।

तालिममा विभिन्न विद्यालयका ५६ जना प्रधानाध्यापक र लेखापालको उपस्थिति रहेको हो ।
ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेको अध्यक्षतामा आयोजीत कार्यक्रम शनिबार सम्म तालिम सञ्चालन गरिने शिक्षा शाखा अधिकृत गणेश बहादुर रावलले बताउनु भयो ।










